मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जनसम्पर्क समिति, क्यानडा : प्रेस-बिज्ञप्ति

सम्पूर्ण प्रजातन्त्रप्रेमी साथीहरु,

नेपाली जनसम्पर्क समिति क्यानाडाको अधिबेशन उद्घाटन समेत भैसकेर  बिबिध कारणबस सम्पन्न हुन नसकेको अबस्था हामी सबैलाई सर्व बिधितै छ। यस सन्दर्भमा नेपाली जनसम्पर्क समितिको बोर्ड/कार्यसमिति नरहेको यथार्थता तपाईं हामी सामु  छर्लंग छ। पूर्व मन्त्रि ओमकार श्रेष्ठज्यू समेतलाई यहाको बस्तु स्थितिको यथार्थ  जानकारी नगराई अप्रजातान्त्रिक तबरले सम्पन्न गरेको प्रथम अधिबेशन विभागीय प्रमुख माननीय अर्जुन जोशीको प्रमुख आथित्यमा खारेज गरि पुन अधिबेशनको उदघाटन गर्नुभएको कुरा क्यानाडा स्थित नेपाली राजदुताबास, एन. आर. एन  नेतृव लगाएत  सम्पूर्ण जनमानसमा जानकारी नै छ । उद्घाटन मात्र भएको तर संस्थाका बहुमत सदस्यहरु द्वारा अधिबेशन सार्बजनिक रुपमा बहिस्कार गरिएकोले  १८/२० जनाको मात्र उपस्थिति भएकोले निर्बाचनको कुनै पनि प्रक्रिया अघि बढेको थिएन ।

“जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुन जोशीको प्रमुख आतिथ्य बाट २८ नोभेम्वर २०१५ मा ग्रेटर टोरोन्टोको मिसिसागा सहरमा भएको दोश्रो चरनको अधिबेशन तथा अन्तरकृया कार्यक्रम मार्फत निर्वाचित बोर्डअफ डाइरेक्टरको अनुमोदन गरि कार्यसमिति गठन गर्न निर्देशन दिनु भएको थियो” भन्दै सामाजिक संजालमा प्रेषित बिज्ञप्ति १००% झुट भएकोले यस्ता किसिमका मनोगढन्ते एबं कपोकल्पित भ्रामक समाचार समाजमा प्रेसित नगर्नुहुन समाजका जिम्बेबार साथीहरुलाई आग्रह गरिन्छ । खारेज  समेत भैसकेको उक्त समितिबाटै संस्थाको विधानमै नभएको प्रक्रिया अबलम्बन गरि  तत्कालिन विभागीय प्रमुखको आदेशमा  बोर्ड बनाईयो भन्नुमा  कुनै तात्विक औचित्व छैन साथै कुनै सामाजिक तथा नैतिक अर्थ राख्न सक्दैन। 

तपाईहामी संस्थामा संलग्न हुँ वा नहुँ, तर हाम्रो समेत विचार समेट्ने सार्बजनिक संस्था भएकोले संस्थामा भैरहेका अप्रजातान्त्रिक क्रियाकलाप प्रति असहमति जनाई संस्था संचालनलाई प्रभाबकारी बनाउनु  हाम्रो दायित्व हो ।ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थाको हितका  लागी आफ्नो राय, सल्लाह, सुझाब र संस्थागत बिकासमा दिर्घकालिन प्रभाव पार्ने ठोस नीति  सहित बृहत छलफल तथा निर्णयमा सहभागी हुनु हाम्रो कर्तब्य हो। 

लामो समय देखिको अन्योलको यस अबस्थाले गर्दा केन्द्रसंगको  समन्वयमा सम्पूर्ण प्रजातन्त्रप्रेमी साथीहरुको उपस्थितिमा यथासक्य चाडो उचित कदम चालिने  कुरा यहाहरुलाई जानकारी गरिन्छ।

जयनेपाल !

जनसम्पर्क समिति क्यानडा

बोधार्थ:
१. मुख्य सचिब, केन्द्रिय कार्यालय, नेपाली कांग्रेस
२. महामन्त्री डा. शशांक कोइराला
३. जी टी.ए.स्थित सम्पूर्ण संघसंस्थाहरु

पुनश्च: अप्रजातान्त्रिक तबरले गठित समिति सदस्यद्वारा हालसालै उठाइएका बिरोधका कदमहरु सार्बजनिक जानकारीको लागि तल संलग्न गरिएको छ । 

अादरणिय साथिहरू,

यो मिटिङ कसले कुन नियत ले, कुन अधिकार र हैसियत ले, किन के ऊपलब्धिदका लागि बोलाएको हो मलाई जानाकारि भएन । क्यानाडामा दर्ताभएको ८८२७८१-८ को नेपलिज पिपुल कोअर्डिनेसन कमिटी क्यानडा जसको अन्तिम भेला क्यानेडियन बुक अनुसार २०१५-८-३ मा भएको थियो तेसमा मपनि बोर्डमा कम्तिमा ३ बर्षकालागि छानिएको थियाँ। 

मेरो जानाकारि अनुसार त्यो बोर्ड सबैसाथिलाई मिलाएर अघिलान नसक्दासम्म खालि कर्पोरेसन क्यानाडाको दर्ताबाट नहटोस भनि गठन गरिएको हो। अब यसको काम भनेको असन्तुष्ट साथिहरूलाई बिश्बासमा लिन अाबस्यक परे सम्पुर्ण पददिन र पुर्णसहयोग गर्नसमेत गर्नेबाचा गरि अघिबड्ने भन्नेहो। प्रजातन्त्रमा गुन होस बा बैगुन ऊसका बिरूद्द गुनमात्र गरिने चरित्र अटाऊन पर्छ । हाम्रा दुबै पक्षमा ति गुण हरू रहेकाले हाम्रो जिम्बेबारि सबैलाई बिश्बासमा लिनुहो। 

यसकाममा बोर्डमा बसेका हरूको बढिजिम्मेबारि हुनेकुरा बिर्सेर प्रचलित कानुन लाई बिर्सेर कुनै १ -२ बोर्डका ब्याक्तिले पदाधिकारि छनौट गर्ने भन्ने एेजेण्डा राखेर बैठक बस्ने ठाऊसमेत नखुलाई गरिएको बैठकको मैले कुनै बैधानिकता र अौचित्य नदेखेकालि फेरि यस्तो सँगठन एकता बिरोधि काममा मेरो सहभागिताको कल्पना समेत नगर्न यहाहरूलाई अनुरोध छ। 

माथि ऊल्लेखित मेरा तर्कहरू कानुनि हिसाबबाट त्रुटिपुर्ण नहोला भन्ने मेरो बिश्वास छ/

जय नेपाल!

WRITE COMMENTS FOR THIS ARTICLE