मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

टेक्नोलजी र आध्यात्मको सन्तुलनबारे धाराप्रबाह प्रबचनदिने ओशो तपोबनका संस्थापक “बोधिसत्व स्वामी आनन्द अरुण” टोरोन्टो आउदै

ओशो वा तपोवन आश्रम नेपालीहरुका लागि अपरिचित होइन । तपोवन आश्रमका संस्थापक एवं ओशो गुरु “बोधिसत्व स्वामी आनन्द अरुण”  जुलाई २० मा टोरोन्टो आउने समाचारले ध्यान प्रेमी क्यानाडा बासी र नेपाली-कनेदियन हरुमा नया तरङ्ग र उतशाह पैदा गरेको छ l स्वामी जी जुलाई २१ देखि २४ सम्म  टोरोन्टोको कुबोर्गमा सम्पन्न हुन गैरहेको ३ दिने आवासीय ओशो ध्यान शिबिरमा भाग लिने गरि टोरोन्टो आउने हुनु भएको बुजिएको छ ।

xxx

स्वामी आनन्द अरुणका अनुसार  जिब र जगतको सम्बन्धलाई बैज्ञानिक आधारमा व्याख्या गर्नु पर्दछ। प्रेम, करूना र क्षमा यी तीन गुणले युक्त भएको ब्यक्ती सदा सुखी रहने र सुख खोज्न धेरै भौंतारिरहनु नपर्ने हुन्छन। नेपाल, भारत, बर्मा, भुटान र तिब्बत जस्ता मुलूकहरूले अध्यात्मबादमा धेरै प्रगति गरिसकेको भएतापनि  बस्तु र भौतिक बिकाशमा धेरै पछाडि परेको कारण गरिबी र अशिक्षाले आक्रान्त हुन पुगेको उहालाई लाग्दछ। क्रयशक्तीको ब्रीद्धीले मात्र पनि ब्यक्ति सुखी नहुने उदाहरण आज अमेरिकी र यूरोपेली जिवनशैलीले देखाइसकेको मान्नुहुने आनन्द अरुणका विचारमा पूर्बिय दर्शनको कमी हुनुनै पश्चिमाहरूले तनाबको जिवन जिउनुपरेको र सूखको लागि भौतारिरनुपर्नाको कारण भएको तर्क गर्नु हुन्छ । पूर्बिय दर्शनमा आधारित अध्यात्मबाद र पश्चिमी दर्शनमा आधारित भौतिकबादको बिकास आजको सन्तुलित आवश्यकता हो। यसो गर्न सकेमा मान्छे सुखी हुने र सूखले खुशी र अनि मोक्ष प्राप्त हुने कुरा वहाँ विश्वास गर्नु हुन्छ।

टेक्नोलजी र आध्यात्मको सामन्जस्यता नभैदिएको कारण बिश्वमा बिभिन्न समस्याहरु आइपरेको, युद्धहरु भएको र समाज अस्थिर र अस्वस्थ भएको दाबी गर्ने स्वामी आनन्द अरुण ओशो सिद्धान्त अनुसार टेक्नोलजी र आध्यात्मबादका बीच सामन्जस्यता हुनु पर्ने मान्यता राख्दछन् । टेक्नोलजी र बिज्ञानले जतीसुकै बिकाश गरे पनि मानब सभ्यतामा यदी खुसी र हाँसो छैन भने त्यसले ब्यक्ति, समाज र पुरै सभ्यतालाइ रोगी बनाइ दिन्छ र ब्यक्तिहरु दुब्र्यसन तिर लाग्दछन् । ओशो आफुहरु समाजलाइ दुब्र्यसनबाट बचाउने, समाजलाइ खुसी राख्ने र स्वस्थ्य राख्ने उद्धेश्यका निम्ति अघि बढेको बताउने स्वामी आनन्द अरुणका अनुसार उपरोक्त उद्धेश्यहरु पुरा गर्न योग र ध्यानबाट मात्र सम्भव हुने ओशोको विश्वास भएको दाबी गर्नु हुन्छ ।

fff

अहिले सम्म भएका कुनै पनि क्रान्तिबाट समाज सुखि हुन सकेन । बरु अरु समस्या थपिए।  येसले संसारमा आध्यात्म बिनाको क्रान्ति असफल हुनेछ भन्ने प्रमाणित गरिदिएको छ। हामी भित्र जुन गुलामी छ यसलाइ हटाउन कुनै पनि राजनैतिक क्रान्तिले सक्दैन। नेपालकै कुरा गरौ भने पनि पछिल्ला बर्षहरुमा यति धेरै परिवर्तनहरु भए जसले राज्य ब्यवस्था र सम्बिधान परिवर्तन भयो होला तर मनुष्यका सुख सुबिधामा परिवर्तन भएन। मानसिक र सामाजिक अवस्थामा कुनै खास परिवर्तन भएन । कारण हाम्रो मूल बिषय आध्यात्मबाट बिमुख हुनु हो । जव सम्म हामीले आध्यात्मलाइ स्वीकार गर्दैनौ तब सम्म हामी हाम्रा तमाम बन्धनबाट मुक्त हुन सक्दैन ।

बिश्वका मुलुकहरुमा  भ्रमणका क्रममा बोधिसत्व स्वामी आनन्द अरुण प्राय भन्ने गर्नुहुन्छ – चाहे हामी टेक्नोलजीका कुरा गरौं , चाहे अर्थतन्त्र वा राजनिती, जव सम्म हामीले आध्यात्मलाइ स्वीकार गर्दैनौ ती सबै अपुरा हुनेछन् ।यसै कारणले म ओशोको बिचार लिएर संसार घुमिरहेको छु । म हरेक बर्ष बिश्वका २० मुलुकहरुका प्रमुख शहरहरुमा ओशोको सिद्धान्त एवं बिचारको शन्देश लिएर पुगेको हुन्छु । त्यसै सिलसिलामा म अहिले तपाइहरुको सामु छु । यसरी घुम्ने क्रममा म बिकसित मुलुकहरुमा पुग्छु र त्यहाँको अवस्था देखेर मलाइ दुख लाग्छ । मैले देख्छु कि मुलुक जति बिकसित छ त्यहाँका जनता त्यति दुखि र निराश छन् । र त्यहाँनै बढी आत्म हत्याहरु भएको पाईन्छ । बिकसित मुलुकहरुमा डिप्रेशन हुनु निराश हुनु र मानशिक रोग एक महामारीको रुपमा देखा परेको छ । त्यहाँका मानिशहरुले भौतिकरुपमा सबै प्रकारका सुबिधाहरु प्राप्त गरिसकेका छन् । उनिहरुसंग गाडी छ, ठूलो घर छ, बैकमा आफूलाइ आवश्यक पर्ने पैसा छ तर उनिहरुसंग उत्साह छैन । खुसी छैन । रात्रीमा निंद लाग्दैन । कुनै चिजमा स्वाद लाग्दैन । त्यस हिसावले म भन्ने गर्छु कि हामी भाग्यशाली छौ , नेपाल भौतिक रुपमा गरीव भएकाले होला , हामी भौतिक रुपमा गरीव भएपनि आध्यात्मका निम्ति सम्पन्न र धनी छौ ।

xxyy

अहिले बिकसित मुलुकहरुमा लगभग हरेक ब्यक्तिको वा परिवारको पारिवारिक चिकित्सक छन् त्यस्तै पारिवारिक मनोबैज्ञानिक थेरापिस्टहरु पनि छन् । उनिहरुले अझ गौरवकासाथ भन्ने गर्दछन् कि मेरो भोली मनोबैज्ञानिक थेरापिस्टसंग भेट छ । लगभग दुइसय वर्ष अघि सम्म मानिशहरुको के धारणा थियो भने मानिसलाई खान, लाउन, बस्नका निम्ति सबै भौतिक सुबिधा प्राप्त भयो भने सबै दुख जान्छ । त्यो सोचाइको लगभग दुइ सताब्दी पछि पश्चिमा मुलुकहरुले ती सबै प्राप्त गरे । झण्डै १०० प्रतिशत जनता साक्षार भए । प्रति क्यापिटा बार्षिक आम्दानी ४० हजारका दरमा कमाउँछन् । उनिहरुले १९औं सताव्दीमा गरेको सुखको कल्पना आज उनिहरुसंग प्राप्त छ । यी सव प्राप्त भएपछि मानिस सुखि हुन्छ भन्ने थियो उनिहरुलाइ तर मानिस सुखि भएनन् । बरु अरु उदाश भए । दुखि भए ।

स्वामी आनन्द अरुणका अनुसार पश्चिमा मुलुकको बिज्ञान र टेक्नोलजी अनि हाम्रो स्प्रिटीचुआलीटी अर्थात आध्यात्मको सम्मिलन भयो भने यो पृथ्वीलाइ स्वर्ग बनाउन सकिने छ । हामीसंग स्प्रिटीचुआलीटी अर्थात आध्यात्मको खानी छ । हाम्रा उपनिशद, योगशुत्र आदी छन् । हाम्रो स्प्रिटीचुआलीटी अर्थात आध्यात्म पश्चिमा मुलुकमा एक आकर्षण भएको छ । त्यसैले हामीले हाम्रो स्प्रिटीचुआलीटी अर्थात आध्यात्मलाइ निर्यात गर्न सक्नु पर्छ । यदि हामीले हाम्रो स्प्रिटीचुआलीटी अर्थात आध्यात्मलाइ निर्यात गर्न सक्यौं भने यसले बिश्व समुदायको रक्षा गर्ने छ । हाम्रो प्रतिष्ठा बढ्ने छ र हाम्रो मुलुकमा डलर पनि भित्रिने छ । यसरी हाम्रो आध्यात्मको सहयोगले मर्न चाहेका मान्छेलाइ हँसाउन सक्छौं र नेपाललाइ बिश्व सामु एक स्प्रिटीचुआलीटी अर्थात आध्यात्मीक राजधानी बनाउन सक्छौं ।

xxfab

जीवन, दर्शन्, पदार्थ र आध्यात्मको सन्तुलनमा धाराप्रबाह प्रबचन दिने अदीतीय कला भएका सत्संगकर्मी अरुणको प्रबचनले शिछित र प्रबुद्धजनहरुलाई लट्ठ बनाउने गरेको छ । स्वामी आनन्द अरूणलाई नेपालमा रहेर विश्वो समुदायमा समेत गहिरो आध्यात्मिक छाप विकास गर्न सफल एक मात्र जीवित आध्यात्मिक महापुरुषको रुपमा विश्वो समुदायले लिने गरेको छ  । सन् १९४६ जुन १६ मा  जनकपुरको लोहनामा जन्मिनु भएका बोधिसत्व स्वामी ओशो तपोबन नेपालका प्रमुख र संस्थापक आचार्य हुनुहुन्छ।  शुरुमा गंगा किनारमा ध्यान गर्न बसनु भएका नेपाली किशोर आनन्द अरूण लाई सानै देखिको साधना र अध्यात्मको खोजले अनेकौ गुरुहरू र आश्रमहरूमा पुर्यायो। येसैबिच ओशो भगवानबाट सन् १९७४ मा दीक्षित  हुने सौभाग्य पाउनु भएका आचार्य अरूण ओशो तपोवन नार्गाजुन संचालन गर्दै विश्वमा ओशोको माध्यमबाट ध्यान र अध्यात्म फैलाउनने क्रममा बोधिसत्व प्राप्त गर्न सफल हुनु भएको मानिन्छ ।

apmf

टोरोन्टो निवासी ओशो भक्त अनुपमा बरालका अनुसार स्वामी आनन्द अरुणको ध्यान शिविरमा सहभागी हुन चाहनुहुनेहरुले अनुपमा बरालको मोबाइल नम्बर ६४७-४०५-२७६८ मा सम्पर्कगरि भागलिने बेवस्ता मिलाउन सकिने भन्ने जानकारी आएको छ । हुनत आचार्य अरूणको ध्यान शिविरमा नेपाली जस्तै बिदेशीहरुपनि सहभागी हुन भुतुक्क हुने  पायीयेकाले सिबिरमा सहभागी हुन सहज  नहुन सक्छ । बोधिसत्व स्वामी आनन्द अरुणले अहिलेसम्म चारसय भन्दा धेरै ध्यान शिविरहरु संचालन गरि हजारौंलाई ध्यान सिकाइसक्नुभएको छ । यसपटक उहाँको क्यानडाको भ्यानकुभर र टोरन्टोमा ध्यान शिविर संचालनहुने योजना रहेको बुजिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE