मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पाल्पा दर्लाम डाँडाका चर्चित लोक दोहोरी गायक नविन पौडेलले जापानमा पनि उधुम मच्चाए

1

चर्चित लोक दोहोरी गायक नविन पौडेल जापानको २ हप्ता लामो सांगितिक यात्रा पछि शुक्रबार स्वदेश फर्किएका छन् । मे १ तारिखका दिनमा नेपाल सन्देश डटकमले आफ्नो तेस्रो बार्षिकोत्सवको अवशरमा मिडिया म्यासेन्जरसंगको सहकार्यका आयोजना गरेको म्युजिक मेलाका लागी सहभागि हुन जापानको राजधानी टोकियो स्थित सिनओकुबोमा अन्य चर्चिच गायक गायिका सँगै पुगेका पौडेलले जापानमा रहेका नेपालीलाई भरपुर मनोरञ्जन दिन सफल भए ।

3

पौडेलको लोभलाग्दो प्रस्तुतिले गर्दा नै अन्य कलाकार नेपाल फर्किसके पछि पनि उनलाई जापानको विभिन्न शहरबाट साँगितिक प्रस्तुतिकै लागी माग बढेपछि उनको साँगितिक यात्राको समय थप भएको हो । जापानमा रहदाँ पौडेल टोकियोको सिनओकुबोमा २ वटा सोज मा प्रस्तुत भएभने अन्य शहरहरु तोचिनी ओयामा, चिबामा समेत प्रस्तुति दिन भ्याए । उनले “हुन मन छ र न त माइत न घर‘, हरेक जातजाति, म परे पाल्पाको लगायतका गित प्रस्तुत गर्दा उपस्थित दर्शक थामिन सकेनन् । दर्शकको वाह वाह सँगै पौडेल आफै नाच्न कम्मर मर्काउन समेत कस्सिए ।

2

त्यसो त पौडेल नेपालमै पनि स्टेज तताउन सक्ने कलाकारहरुमा नम्वर १ मा पर्छन स्वदेशमा पूर्व मेची देखि पश्चिम महाकाली सम्मका अधिकाँश स्थानमा हुने मेला महोत्सवमा उनी पुगीसकेका छन् । गायक नविन पौडेलले जापानको सांगितिक यात्रा आफूले सोचेको भन्दा पनि धेरै सफल भएको बताए । नेपाल फर्कै सँगै पौडेल विभिन्न मेला महोत्सवमा ब्यस्त हुन थालेका छन् । पाल्पा जिल्लाको दर्लाम डाँडामा जन्मिएका गायक पौडेलका लागी भने जापानको सांगितिक कार्यक्रम वैदेशिक यात्रामा पहिलो र ठुलो हो ।

92 91 8 3

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE