मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अनाथ बालबालिकाको सहयोगका लागि क्यानडाको मिसिसागामा मेगा ईभेन्ट हुदै: चर्चित हास्यकलाकार दिपक, दिपा र सि एन एन हिरो अनुराधा कोईराला उपस्थित हुने

नेपालमा माईति नेपाल मार्फत अनाथ बालबालिकाको सहयोगका लागि क्यानडाको मिसिसागामा चर्चित हास्यकलाकार जोडी दिपक र दिपाको उपस्थितिमा सहयोग संकलन कार्यक्रम गरिने भएको छ । माईति नेपालकि संचालिका सि एन एन हिरो अनुराधा कोईराला समेत उपस्थितमा सम्पन्न हुने सो कार्यक्रममा दिपक दिपाको साथमा सुदर्शन गौतम, स्थानिय कलाकारहरु पदम भट्टराई, रोशन केसि, अनु-आस्था अधिकारि, प्रभुराज सन्ज्याल र पुस्कर भट्टको बेजोड प्रस्तुति हुनेछ । कार्यक्रम मिसिसागा स्थित ग्रान्ड भिक्टोरियन कन्भेन्सन सेन्टर, १७५ डेरि रोड मा जुन ३ गते शुक्रबार साँझ ७ बजे देखी राती १ बजे सम्म हुनेछ ।

xx1 xx2 xx3 xx4 xx5 xx6

पहिलो पटक क्यानडा आउन लागेका चर्चित हास्य कलाकारको जोडीले अनाथ बालबालिकाको सहयोगका लागि शुल्क नलिई कार्यक्रम गर्ने कुरा  आयोजक संस्था ग्रेटर टोरोन्टो लायन्सका अधक्ष्य हरि शिवाकोटीले बताए । उनिहरुको टिकट खर्च भने आयोजकले व्यहोर्ने छ ।  सो कार्यक्रममा ८ वर्ष मुनीका बच्चा-बच्चीलाई प्रवेश निषेध गरिएको छ ।

प्रति व्यक्ति ३० डलर प्रवेश शुल्क राखिएको कार्यक्रममा नास्ता उपलब्ध गराईने र संकलित रकम खर्च कटाई माईति नेपालका संचालक अनुराधा कोईरालालाई कार्यक्रम स्थलमा नै हस्तान्तरण गरिने पनि शिवाकोटीले नवसन्देशलाई बताए । कार्यक्रममा अनुराधा कोईरालालाई सम्मान समेत गरिने छ ।

उक्त कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गराउन ग्रेटर टोरोन्टो बासी सम्पुर्ण नेपाली दाजुभाई दिदी-बहिनीहरुलाई उपस्थीति भई भुकम्प पिडित तथा अविभावक गुमाएका बाल बच्चाहरुका निम्ति होस्टल संचालनका लागी सहयोग गर्न आयोजकले अनुरोध गरेका छन । स्मरण रहोस, माईति नेपालले संचालन गरेको बिधालयमा ८०० अनाथ बालबालिकाहरुले निशुल्क शिक्षा लिईरहेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE