मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

तीनदिने तीसौं गुएल्फ बहु-सांस्कृतिक मेलामा ग्रेटर गुएल्फ नेपलिज कम्युनिटिको (जिजिएनसी) नेपाली स्टल बन्यॊ सहभागीहरुको मुक्ख्ये आकर्षण

बिष्णु पगेनी गुएल्फ, क्यानाडा

सन् २०१६ जुन १०, ११ र १२ तारिखमा यहाँ स्थित रिभर साइड पार्कमा आयोजित तीनदिने तीसौं गुएल्फ बहु-सांस्कृतिक मेलामा ग्रेटर गुएल्फ एरियामा बसोबास गर्ने नेपाली समुदायले पनि सक्रिय सहभागिता जनाएका छन् | प्रत्येक वर्ष आयोजना हुने उक्त मेलामा विभिन्न देशबाट क्यानाडामा आएर बसोबास गर्ने आप्रबासीहरुले आ-आफ्नो देशका विविध संस्कृति झल्काउने कार्यक्रमहरु प्रस्तुत गर्ने गर्दछन | यस वर्ष पनि उक्त मेलामा सहभागीहरुले आ-आफना देशका परम्परागत परिकार, हस्तकला, भेषभुषा र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए | तीनदिनसम्म चलेको उक्त मेलाको उद्घाटन सत्रमा गुएल्फका मेयर क्याम गुथ्री अनि गुएल्फबाट निर्बाचित केन्द्रिय सांसद लोयड लंगफिल्ड लगाएत विभिन्न संस्थाहरुको प्रतिनिधित्व गरेर आउनु हुने आमन्त्रित पाहुनाहरुले सबै सहभागीहरुलाई धन्यवाद दिंदै मेलाको सफलताको शुभकामना दिएका थिए |

५० हजार भन्दा धेरै मानिसहरुले अवलोकन गरेको उक्त मेलामा गुएल्फमा रहेको नेपालीहरुको बृहत संस्था ‘ग्रेटर गुएल्फ नेपलिज कम्युनिटि (जि. जि. एन. सी.) ले नेपाली समुदायको प्रतिनिधित्व गर्दै तिन दिन सम्म नेपाली कला र संस्कृति झल्काउने विभिन्न सामग्रीहरु प्रस्तुत गरेको थियो | उक्त मेलामा नेपालीहरुको तर्फबाट तयार पारिएको पच्चीस सय वर्षभन्दा पुरानो संस्कृति बोकेको सेलरोटीको साथमा आलुको अचार अनि नेपाली स्वादको म:म: को साथमा गोलभेंडाको चटनीले मेलाको अवलोकन गर्न आउने सबैको मन जित्न सफल भएको थियो | कहिल्यै नेपाली परिकारको स्वाद नचाखेका बिदेशी पाउनाहरुले समेत सेलरोटी र म:म: को साथमा मुखै रसाउने आलुको अचार र गोलभेंडाको चटनीलाई स्वाद मानेर थपि-थपि खाएको दृश्य निकै रोचक देखिन्थ्यो | नयाँ-नयाँ परिकारहरुको स्वाद लिने र त्यससंगै जोडिएको संस्कृतिसंग रमाउने उद्देश्यले आएका नेपाली एवं विदेशी अवलोकनकर्ताहरुले यसै बर्ष पहिलोपटक राखिएको नेपाली परिकारहरुलाई निकै मन पराएको कुरा बहु-सांस्कृतिक मेला आयोजक समिति अन्तर्गतको खाना तथा परिकार व्यबस्थापन विभागकी संयोजक अनु सक्सेनाले बताईन |

पहिला नेपाल घुमेका र घुम्न जाने प्लान मा रहेका क्यानेडीयन हरु नेपाली बुथ मा आएर नेपाल को बारेमा सोधखोज  गरिरहेका भेटिन्थे| यसैगरी जि. जि. एन. सी. द्वारा गुएल्फमा संचालित नेपाली भाषा कक्षामा नेपाली सिकिरहेका स-साना नानीहरुले आफनो मौलिक भेषभुषामा सजिएर गरेको नेपाली नृत्यले सबैको ध्यान तान्न सफल भएको थियो | नेपालदेखि धेरै टाढा रहेर पनि आफ्नो कला, संस्कृति र भेषभुषा प्रस्तुत गरेर नेपाल र नेपालीलाई सबैको माझ चिनाउन पाउँदा यहाँ स्थित सम्पूर्ण नेपालीहरुको मुहारमा खुसी छाएको देखिन्थ्यो | आउने बर्षहरु पनि यसरि नै सहभागिता जनाएर नेपाललाई अन्य समुदाय माझ चिनाउने अनि नेपाली संस्कृतिको संरक्षण र प्रबर्धन गर्ने कुरामा सबै नेपालीहरु एकमत देखिन्थे |

अन्त्यमा नगरस्तरिय मेलामा सक्रियतापुर्बक सहभागिता जनाएर कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिएकोमा एन. आर. एन. क्यानाडाका सचिब  तथा जि. जि. एन. सी का सक्रिय सदस्य प्रकाश अधिकारी ले आयोजक संस्था जि. जि. एन. सी. को तर्फबाट सम्पूर्ण गुएल्फबासि नेपालीहरुलाई धन्यवाद दिनुभएको थियो |

20160611_152017 20160611_162021 20160611_162248 20160611_163528

picture 1 picture 2 picture 3 picture 4 picture 5 picture 6 picture 8 picture 9 picture 10 picture 11 picture 12

 

The Greater Guelph Nepalese Community – GGNC for the first time  formally participated 30th Guelph and District Multicultural Festival, June 10-12, 2016 at the Riverside Park, Guelph, Ontario.

GGNC promoted authentic Nepalese foods momo, selroti and aalu achar in the festival. Children from the Nepalese language school and young adults performed the stage folk dances. A significant and meaningful number of people were present during the occasions. The participants has thanks  GGNC for promoting Nepalese language, culture, and tradition in the festival.

xxxfd

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE