मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

स्वामी आनन्द अरुणले जुलाई २१ देखि २४ सम्म टोरोन्टोको कुबोर्गमा ३ दिने आवासीय ओशो ध्यान शिबिर चलाउने

ओशो तपोबन, नेपालका संस्थापक आचार्य स्वामी आनन्द अरुण यहि साता क्यानाडा आउदै हुनुहुन्छ ।ओशो तपोबन समुहले जनाए अनुसार स्वामीजीले जुलाई २१ देखि २४ सम्म  टोरोन्टोको कुबोर्गमा ३ दिने आवासीय ओशो ध्यान शिबिरमा चलाउनु हुने छ ।  ओशो तपोबनका संस्थापक “बोधिसत्व स्वामी आनन्द अरुण”  टोरोन्टो आउने समाचारले ध्यान प्रेमी क्यानाडा बासी र नेपाली-कनेदियन हरुमा नया तरङ्ग र उतशाह पैदा गर्नु स्वोभाबीक नै हो  । स्वामी आनन्द अरुणले  आवासीय ध्यान शिबिरमा  “तनाब ब्यबस्थापनमा ध्यानको महत्व“ विषयमा प्रबचन दिने र  ओशो ध्यान पद्धतिका बारेमा जानकारी गराउने आशा गरिएको छ।

z2

स्वामी  आनन्द अरुणले विगत पाँचवर्षदेखि अमेरिका लगायतका मुलुकहरुमा आएर ध्यानशिविरहरु संचालन गर्दै आउनुभएको छ । उहाँले आफ्नो सन्देश विश्वभर फैलाउनका लागि विभिन्न देशको भ्रमण गरिसक्नुभएको छ । बोधिसत्व स्वामी आनन्द अरुणले अहिलेसम्म चारसय भन्दा धेरै ध्यान शिविरहरु संचालन गरि हजारौंलाई ध्यान सिकाइसक्नुभएको छ । येस पटक क्यानडाको भ्यानकुभर र टोरन्टोमा  स्वामी आनन्द अरुणको  ध्यान शिविर संचालन हुने  योजना रहेको बुजिएको छ ।

13584881_1747420452214204_2582966120493331476_o

स्वामी आनन्द अरुणका अनुसार  जिब र जगतको सम्बन्धलाई बैज्ञानिक आधारमा व्याख्या गर्नु पर्दछ। प्रेम, करूना र क्षमा यी तीन गुणले युक्त भएको ब्यक्ती सदा सुखी रहने र सुख खोज्न धेरै भौंतारिरहनु नपर्ने हुन्छन। क्रयशक्तीको ब्रीद्धीले मात्र पनि ब्यक्ति सुखी नहुने उदाहरण आज अमेरिकी र यूरोपेली जिवनशैलीले देखाइसकेको मान्नुहुने आनन्द अरुणका विचारमा पूर्बिय दर्शनको कमी हुनुनै पश्चिमाहरूले तनाबको जिवन जिउनुपरेको र सूखको लागि भौतारिरनुपर्नाको कारण भएको तर्क गर्नु हुन्छ । पूर्बिय दर्शनमा आधारित अध्यात्मबाद र पश्चिमी दर्शनमा आधारित भौतिकबादको बिकास आजको सन्तुलित आवश्यकता हो। यसो गर्न सकेमा मान्छे सुखी हुने र सूखले खुशी र अनि मोक्ष प्राप्त हुने कुरा वहाँ विश्वास गर्नु हुन्छ । टेक्नोलजी र आध्यात्मको सामन्जस्यता नभैदिएको कारण बिश्वमा बिभिन्न समस्याहरु आइपरेको, युद्धहरु भएको र समाज अस्थिर र अस्वस्थ भएको दाबी गर्ने स्वामी आनन्द अरुणका अनुसार “ओशो सिद्धान्त टेक्नोलजी र आध्यात्मबादका बीच सामन्जस्यता हुनु पर्ने” मान्यता राख्दछन् ।

मन स्वस्थ नभए रोग निको हुँदैन – स्वामी आनन्द अरुण

मानिसलाई रोग किन लाग्छ ?

रोग शरीरमा लाग्छ भन्ने आम बुझाइ छ । शरीर र मन अलग अलग हुँदैनन् । मानव शरीर त एउटा इकाइ हो । शरीर भन्दा पनि मन नै रोगको मुहान हो । मानिसको शरीर र मन जोडिएका हुन्छन् । मन नै स्वस्थ छैन भने जति उपचार गरे पनि रोग निको हुँदैन । मनमा नकारात्मक सोचाइ हुनासाथ मानिसलाई रोग लाग्छ । एउटा विरामीका कारण सम्पुर्ण परिवार नै बिरामी हुन पुग्छ । उपचारका क्रममा ध्यान (मेडिटेसन) र औषधि (मेडिकेसन) अलग गरेमा त्यो अपुर्ण हुन्छ । रोग लागि सकेपछिको अवस्थामा निको पार्न औषधि चाहिन्छ तर औषधिले मात्रै रोग निको पार्न सक्दैन । औषधिले लक्षण ठीक पर्ला तर रोग निको हुँदैन । शरीर स्वस्थ हुन मन स्वस्थ हुनुपर्छ । चिकित्सकहरु पनि ८० प्रतिशत रोगको कारण ‘मन’ हो भन्नेमा सहमत छन् । २० प्रतिशत रोगको कारण मात्र व्याक्टेरिया, जीवाणु, संक्रमण, जेनेटिक आदि हुन् ।

त्यसो भए सही उपचार पद्दति के हो त ?

एलोपेथी चिकित्सा विज्ञान पश्चिमा मुलुकको उपचार विधि हो । पूर्वीय मुलुकको मौलिक उपचार विधि आयुर्वेद, प्राकृतिक चिकित्सा, युनानी, हकिम, चाइनिज हर्वललगायतका हुन् । हामी पश्चिमा विधिमा लाग्दैछौ, पश्चिमाहरू पूर्वीय पद्दतिमा लाग्दैछन् । एलोपेथी उपचारको अनुसन्धान गर्ने पश्चिमा मुलुक पनि मनको उपचारबाट मात्रै रोग निको पार्न सकिन्छ भन्ने अवधारणामा आधारित भएर नयाँ निश्कर्षहरु सार्वजनिक गरिरहेका छन् ।

बिभिन्न अनुसन्धानहरूले पनि मन स्वस्थ नभएसम्म रोग निको हँुदैन भन्ने पुष्टि गरिसकेका छन् । शरीर र उपचारलाई एलोपेथीले खण्डखण्ड गरेर हेर्छ भने पूर्वीय अवधारणाले समग्रतामा हेर्छ । जस्तै पेटको रोग लागेमा एलोपेथीले पेट मात्र हेर्छ, यसका अन्य समस्या हेर्दैन । पेटको समस्याको कारण अन्यत्र पनि हुनसक्छ । रोगका अन्य कारणसमेत गहिरिएर हेरियो भने मात्र रोग निर्मुल हुन्छ । उपचारको प्रारम्भिक बिधि भनेको मनको व्यवस्थापन गर्नु नै हो ।

मनको व्यवस्थापन त भन्नु भयो, मन के हो ?

मन भनेको विचारको संग्रह हो । हामीले सुनेका, पढेका कुरा सोचमा संग्रहित हुन्छन् । गलत विचार लिए गलत मन बन्छ, सही विचार लिए सही मन बन्छ । मनलाई स्वस्थ राख्ने माध्यम साहित्य, मनोरञ्जन,ध्यान आदि हुन् । अहिले त मानिसको मनको ‘इनपुट’ नै आक्रामक भएर आएको छ । मनलाई स्वस्थ राख्न व्यक्ति आफैंले सबैभन्दा पहिला पहल गर्नुपर्छ । मनलाई सही दिशामा डो¥याउनका लागि समाज, संगत, चिन्तन र सञ्चार माध्यमको भूमिका रहन्छ ।

मनलाई स्वस्थ राख्न के गर्नु पर्ला ?

मन अस्वस्थ हुनुको कारण मानिसको जीवन शैलीसँग जोडिएको छ । विश्वव्यापी तथ्याङ्क अनुसार मानिसले ६ घण्टा टेलिभिजन हेरेर समय विताउँछ । यो ६ घण्टाको अनुत्पादक समयलाई योगा, ध्यान र विज्ञानतिर फर्काउन सके मनलाई स्वस्थ राख्न ठूलो उपलन्धी हासिल हुन्छ । अर्को कुरा टेलिभिजन कार्यक्रमले पनि मनमा विकृति बढाउने गरेका छन् ।  अस्पताल खोलेर मात्र मानिसलाई स्वस्थ बनाउन सकिँदैन, यससँगै मानिसका क्रियाकलाप पनि स्वस्थ हुनुपर्छ । मानिसले हेर्ने, सुन्ने, पढ्ने सबै कुरा सकारात्मक हुनुपर्छ ।

एलोपेथी उपचारको अस्तित्वलाई चुनौति दिन सकिन्छ त ?

हामी पूर्वीयहरू जथाभावि औषधि खान्छौं । एलोपेथि औषधिको प्रतिअसर बढी हुने भएकोले पश्चिमा चिकित्सकहरुसमेत अत्यावश्यक अवस्थामा बाहेक औषधि सिफारिस गर्दैनन् । नेपालमा सामान्य समस्यामासमेत एन्टिवायोटिक प्रयोग गर्ने गरेको पाइन्छ । शिक्षित वर्गले पनि औषधि पसलबाट सिधै औषधि किनेर खाने गरेको पाइन्छ । औषधि खानुपूर्व के का लागि त्यो औषधि खाइँदैछ भन्ने ध्यान दिनु पर्छ ।

रोग भनेको त लक्षण हो । त्यसैले रोगको होइन रोगीको उपचार गर्नुपर्छ । त्यसका लागि औषधिले मात्रै हुँदैन । रोग लाग्यो  भने आधुनिक चिकित्साले अंग नै काटेर फालिदिन्छ । तर रोगको खास कारण के हो भन्नेमा गहिरिएर जाँदैन । रोगी अंगले त रोगको सूचना दिने हो । त्यो अंग नै काटेर फालिदिएमा अंगले शरीरलाई रोगको सूचना दिन सक्दैन । त्यसैले उपचार पछि पनि समस्या दोहोरिने गर्छ । तर आधुनिक चिकित्सापद्दति पूर्ण विज्ञान नभएपनि यसलाई नकार्न भने सकिँदैन ।

एलोपेथी उपचार पद्दतिका विकृति के देख्नु भएको छ ?

हामी एलोपेथीका विरोधी भने होइनौं तर एलोपेथी जसरी फस्टाइरहेको छ त्यो खतरनाक स्थितिको संकेत हो । यसले गर्दा नचाहिने अवस्थामा पनि औषधिको प्रयोग बढ्दै गएको छ । एलोपेथीले त शरीरलाई निरोगी बनाउने नाममा रोगी बनाउदै लगिरहेको छ ।

सुनिन्छ चिकित्सक पनि पैसाका लागि कमिशनको चक्करमा लागेका छन् । अहिले त चिकित्सकलाई औषधि लेखे पनि कमिसन, ल्याब परीक्षणमा पनि कमिशन आउने गरेको सुनिन्छ । तर सबै चिकित्सक खराब छन् भन्ने मेरो आसय होइन । तर यो राम्रो संकेत होइन । कमिसनको लोभमा अनावश्यक औषधि लेख्ने र अनावश्यक परीक्षण गराउने प्रवृत्ति बढ्दै गएको छ । राजनीति पछि स्वास्थ्य र शिक्षा क्षेत्र बढी व्यावशायीकरण हुँदै गएका छन् । निजीकरणले पनि थुप्रै व्यावसायिक बाध्यताको सिर्जना भएको छ । लगानी उठाउनका लागि शरीरमाथि खेलवाड गर्ने प्रवृत्ति बढिरहेको छ । तर यस्ता कुरालाई व्यावशायिक बाध्यता भन्न मिल्दैन । शुरुमा समाजमा शिक्षक र चिकित्सा पेशा प्रतिष्ठा र सम्मानका  पेशा थिए । यसमा पैसाको कुरा आउँदैनथ्यो । अहिले यी पेशा व्यावशायिक बन्दै गएका छन् । पैसा मानिसको आवश्यकता होला तर पेशालाई प्रतिष्ठासँग पनि जोडेर हेर्ने हो भने पनि विकृति केही कम हुन्छ ।

पूर्वीय उपचार पद्दति किन फैलिन सकेन त ?

पूर्वीय दर्शनमा आधारित आयुर्वेद विज्ञानमा राम्ररी अनुसन्धान हुन सकेको छैन । अनुसन्धान र प्रविधिबाट हामीले आयुर्वेदलाई एलोपेथी सरहको गुणस्तर दिन सकेपछि बल्ल त्यसको विस्तार हुन सक्छ । पश्चिमा राष्ट्रले पनि पूर्वीय दर्शनलाई स्वीकार गरिसकेको अवस्थामा पनि हामीले त्यसलाई अपनाउन सक्ने तहको उत्पादन र महत्व बुझाउन सकेनौ । सरकार  पनि मौलिक उपचार पद्दति बिर्सिएर एलोपेथीकै प्रवद्र्धनमा लागेको छ । यसले गर्दा अहिले नै एलोपेथीलाई छोड्न सक्ने अवस्था छैन । कम्तिमा आयुर्वेदलगायतका उपचार पद्दतिको प्रोत्साहन हुने गरी निजी क्षेत्रले लगानी गर्ने वातावरण सरकारले बनाउनु पर्छ ।

पूर्वीय दर्शनमा आधारित उपचार पद्धतिको प्रवद्र्धन हुन नसक्नुको कारण के हो त ?
नेपालमा आर्थिक पूर्वाधारको ठूलो अभाव छ । पछिल्लो युग अर्थतन्त्रमा आधारित भएकोले आर्थिक समृद्धिविना विकास संभव छैन । यसले आधारभूत विकासका लागि नै समय लाग्ने देखिन्छ । नेपालमा आर्थिक क्रान्ति गरेर जडीबुटीबाट फाइदा लिन सक्नुपर्छ । जडीबुटीको नेपालमा खानी नै भए पनि हामीले त्यसको निर्यात गर्न सकेका छैनौ । अष्ट्रेलियालगायतका विकसित मुलुकमा नेपाली जडीबुटीको ठूलो माग भए पनि हामीले अनुसन्धान र प्रशोधन गर्न नसक्दा हामीले निर्यात् गर्न सकिरहेका छैनौं ।

त्यसो भए ध्यान, आयुर्वेद र प्रकृतिक चिकित्सा एकअर्काका परिपूरक हुन त ?

ध्यान, साधना हो पेशा होइन । विभिन्न पेशाका मानिस जम्मा भएर आनन्दका लागि ध्यान गर्छन् । ध्यान पनि एउटा उपचार पद्धति नै हो । तर ध्यान गर्नुभन्दा अघि शरीर शुद्धीकरण हुनुपर्छ । शरीर शुद्ध हुनासाथ ८० प्रतिशत रोग आफँै निको हुन्छ । तपोवन आश्रम सञ्चालनका लागि आर्थिक पक्ष पहिलो प्राथमिकतामा पर्दैन । यो हाम्रो हबी हो । यसलाई हामीले पेसाभन्दा पनि प्रतिष्ठासँग जोडेका छौं । स्वस्थ्य मन र तनका लागि मानिसलाई कसरी औषधिबाट अलग गर्न सकिन्छ भन्ने चिन्तनमा हामी अगाडि बढेका छांै । यही सोच नै लाइफ म्यानेजमेन्ट सेन्टर हो । नेपालमा नाम चलेका आयुर्वेद केन्द्र र वैद्य छन् । अनुसन्धान र प्रचारबाट हामीले आयुर्वेदिक र प्राकृतिक चिकित्साप्रति मानिसको विश्वास बढाउँदै लानुपर्छ । अहिले त मानिसहरू एलोपेथीले नसकेपछि मात्रै आयुर्वेद तथा प्रकृतिक चिकित्सामा पुग्छन् । अब ध्यान, आयुर्वेद र बैकल्पिक चिकित्सालाई मूलधारमा ल्याउनु जरुरी छ । यी तीन कुराको संयोजन नै पूर्ण उपचारको बिधि हो ।

मानिस स्वस्थ रहन समग्रमा के के कुराको जरुरी पर्छ ?

समग्र रुपमा भन्नु पर्दा हामीले भनेको होलेस्टिक चिकित्सा भित्र माया र यौनका कुरा पनि पर्छन् । स्त्री र पुरूषबीचको सम्बन्धले पनि मनलाई खुसी र शान्त बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।  सकारात्मक सोचाइ, विश्वास, यौन र माया पनि स्वस्थ रहने माध्यम हुन् । मान्छेले शान्तिका लागि ब्रम्हचार्यको बाटो रोजेको हुन्छ तर ब्रह्मचारीको आयु नै कम हुन्छ । जसको यौन जीवन लामो हुन्छ उसको आयु पनि लामो हुने देखिएको छ । यस बिषयमा मैले ‘माइन्युट्ली’ अध्ययन पनि गरेको छु । मानिस निरोगी बन्न भावनात्मक (इमोसनल) सपोर्ट चाहिन्छ । इमोसनल सपोर्ट नभएको मानिस आफु पनि खुसी हुन सक्दैन र अरु पनि खुसी भएको देख्न सक्दैन । समाजमा कसरी वैज्ञानिक तरिकाले ‘इमोसनल सपोर्ट’ स्थापित गर्ने भन्ने ठूलो चुनौति बनेको छ ।

औषधि खाएर रोगबाट मुक्ति मिले पनि त्यो स्वस्थ हुनुको परिभाषा होइन । मानिसमा उत्साह, प्रेम, आँट, सिर्जना छैन भने उसलाई स्वस्थ भन्न सकिँदैन । अर्को कुरा अरूको आलोचना गर्ने मानिसलाई पनि स्वस्थ भन्न मिल्दैन । स्वस्थ रहनु भनेको एउटा विधायक स्थिति हो । स्वस्थ मानिसको नजिक बस्दा आनन्द महसुस हुनुपर्छ । अध्यात्म विना  पनि मानिस स्वस्थ रहन सक्दैन ।

z1

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE