मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

हामीलाई पचिनहाल्ने तर समयक्रले सिकाउने दशकुरा !!

z2

१) राज्यको नितिहरू प्राय २ तरिका बाट बन्छ। एक संबिधान सभा याने जनता बाट। दोस्रो बाधा अडचन फुकाऊने नाममा कर्मचारि तन्त्रबाट सँबिधानलाई अाफू अनुकुल ब्याख्या गरेर। अाफू अनुकुल बनाईएका नितिहरू बिभेदकारि हुन्छ भनि जनताका प्रतिनिधि बाट नियमहरू बनाऊनु ऊत्तम बिकल्प मानिन्छ । तर जब जनप्रतिनिधिबाट सँबिधान बनाऊनुपर्ने चुरो कारणमा चुकिन्छ मुलुक रणभुमि बन्छ।

२) चुनाब जनप्रतिनिधि छान्ने प्रक्रिया हो जसले संसदमा जनभाबना दिन सकोस। जनता जस्तो सोच राख्छन जनप्रतिनिधि तेसैको प्रतिनिधित्व गरोस भन्ने अासय निर्बाचनको हुन्छ। बहुसंख्यक गरिबि र अज्ञानता जडित समाजको प्रतिनिधि पनि गरिब र अज्ञानता भएकै परिकल्पना चुनाबले गर्दछ। माध्यम चुनाबको लिने अनि प्रतिनिधि दक्ष र लोकसेबा पास गर्ने हुनुपर्छ भन्ने सुजबुज नहुदा संसद दिसाबिहिन बन्छ।

३) स्बदेशमै कामगर्ने रूचि भएका ब्यबाहारिक परिक्षामा सफल दक्ष र बिज्ञ जनशक्तिको क्षमता अनुरूपको काममा अाकर्षित गर्ने निति बनाऊन सेवा अायोगहरूको परिकल्पना गरिएको हो। लामो समय सेवा गरेको मापदण्डका अधार-मुखी सैदान्तिक जाँच र अन्तरबार्ता लिएर कर्मचारिको प्रमुख बनाउने प्रक्रियाले कर्मचरि तन्त्र राज्यको भारमा परिणत बन्छ। मुलकको सम्पुर्ण क्षेत्रलाईनै धारासाहि बनाउन छ भने, तिनै संयन्त्र भित्रका आफ्ना कार्यकालमा मुलुक बनाउन असक्छेम रिटायर सचिब जिएमहरूलाई अन्य सेवामा नियुक्ति गरिदिए पुग्छ।

४) सरकार र जनप्रतिनिधिको काम बिज्ञको परामर्स र कर्मचारी संयन्त्रको बिना हस्ताछेप परिचालन गरि  जनताको भावनाको प्रतिनिधित्व हुनेगरि विकास निर्माणका काम गर्न निति नियम बनाऊनेहो। बिकास निर्माणको खाका बनाऊन सहयोग गर्ने हो। बिकास निर्माणमै भागलिने हैन। जनप्रतिनिधिले जब प्रतक्ष बिकास निर्माणमा भाग लिन्छ ऊ तेतिबेला सम्पुर्ण रूपमा राजनितिक रुपमा दिवालिया बन्छ। भोट हालेर पठाएका जनप्रतिनिधिले बिकासको काममा आफै सहभागी हुनुपर्छ भन्ने मानसिकता जनतामा पैदा गर्दिन्छ। जनप्रतिनिधिले बिकासको काममा आफै सहभागी हुनुपर्छ भन्ने संसदहरूको भ्रमनै प्रजन्तान्त्रिक सिस्टम बिगार्ने, चुनाब महगो बन्ने र भ्रस्टचार चुलिन सयोग पुराउने भाईरस हुन्छ।

५) देश बिकास गर्ने भनेको प्राईभेट सेक्टरले नै हो।  सरकारको काम जनताले बुझाएको कर खर्चगर्न कर्मचारि तन्त्रलाई निति बनाई दिने र पुर्ण सदुपयोगको लागि सुपरिबेक्षण गर्ने मात्र हो। जबसम्म उमेरपुगेका प्रतेक नागरिकले अाफ्नो ब्यक्तिगत अाम्दानि खर्चको विवरण अनिबार्य राज्यलाई बुझाएर अाम्दानि अनुरूपको कर अनिबार्य राज्यलाई बुझाऊन पर्छ भन्ने कानुन बनि लागु हुन्न त्यो देश सधै अन्य देशको चाकर बन्छ। जबसम्म ब्यबसायले नियमानुसार अाम्दानि खर्चको लागत राखि राज्यलाई अनिबार्य कर बुझाऊनु पर्ने दायित्व महसुस गर्दैन देश कहिलै सम्बृद्द बन्दैन। सरकार र सरकारि कर्मचारिहरू जनताको कर खाएर जनताको सेबागर्न बसेका जनताका नोकर हुन। संसद भनेको तपाईको घरकुर्न राखेका ढोकाको पाले जस्तै हुन्। राज्यमा कर तिर्नेलाई कालो बजारी वा कमिसन खोर; कर्मचारीलाई भ्रष्ट वा दलाल र राजनीतिज्ञलाई बैदेशीक दलाल वा राज्य लुटेराको संज्ञादिई समाचारहरु सदैब संचार गरिरहने तर तेसको उन्मुलन तर्फ कुनै चासो नदिने परिपाटीले निराशाबादी समाज जन्माउछ । निराशाबादी जमातको नकारत्मक सोचले अकारण राज्यमा हिम्साको श्रिङ्गखला पैदा गर्छ । समाजले गु र गोबरको अन्तर खुट्टाउने छेमता गुमाउछ । जवसम्म समाजले यो बास्तबिकता  बुज्दैन र जति धेरै समय कर सम्बन्धिको अत्याबस्यक पुर्बाधार बिकासगर्न राज्यलाई  बन्चित गर्छ, तेतिबेला सम्म बिकाशको मार्गमा देश बामे समेत सर्न सक्दैन ।

z1

६) सँसारमा फ्रि भन्ने कुरा केहि पनि हुदैन। कुनै पनि देश अाफ्नो अान्तरिक समस्याबाट मुक्त छैन। यो दुनियामा कसैले पनि कसैलाई दीगो रूपमा फ्रिमा सहयोग गर्नसक्ने क्षमता राख्दैन। तसर्थ कसैबाटपनि फ्रिमा कुनैकुराको अाशा गर्नु उसको खराब नियत पूर्ति गर्न र देशलाई मनोबैज्ञानिक लुट गर्न छुट दिनु नै हो। संसारमा मिहेनत नगरि कुनैपनि राष्ट्र बनेको छैन। जुन राष्ट्रका कम्तिमा ७० प्रतिसत युबाहरू राजनितिमा चाख राख्दैनन् र अाफ्नो खर्च अाफ्नै कमाई बाट चलाऊछन् तिनै राष्ट्रहरू सम्पन्न र बिकसित भएका छन्। श्रम गर्ने क्षमता राख्ने कुनै पनि ऊमेरको नागरिक यो वा त्यो निऊमा श्रमनगरि अन्यस्रोतमा अाश्रित भएर बस्नु राज्य प्रति गद्दारि नै हो। श्रम गर्ने क्षमता राख्ने सबैले अनिबार्य श्रम गरि आय आर्जनमा लाग्नुपर्ने भाबनाको बिकास बिना समाज बन्ने सम्भाबना हुदैन। सम्ब्रिधि चाहने हो भने घरमा एक जना कमाउने अरु पाचजना उसकै कमाईमा भर पर्ने चलन को अन्त हुनै पर्छ। अन्यथा एक अरबको घरमा बसी बिस करोडको गाडीमा सबारभए पनि सौचालयको भन्दा पनि दुसित हावा-पानीको दैनिक रस-पान गर्नुपर्ने बध्येताबाट कसैले उन्मुक्ति दिलाउन सक्ने छैन। कुनैपनि बहानामा सकिन्छ बिकास निर्माणमा भाग लिऊ सकिन्न भएका पुर्बाधार नष्ट नगरौ भन्ने सम्मको चेत नरहनु दुरभाग्य पुर्ण हुनेछ।

७) जाहा प्रयाप्त रोजगार वा स्वोरोजगारको अवसर हुदैन ति मुलुकका धेरै भन्दा धेरै युवाहरू ग्रयाजुयट भएको पाईन्छ । तर बहुसंख्यक स्बभलम्बि बन्ने ईच्छाशक्ति गुमाएका युनिभर्सिटि ग्रयाजुयट भेटिन्छ । त्यो पनि राज्यको निकै ठूलो धनरासि खर्चिएर ऊत्पादन भएका। रोजगार वा स्वोरोजगार को अवसर नभएको मुलकमा मात्र सैदान्तीक ज्ञान बुजेकोसर्कल राज्यको भुईफुट्टा बर्गको रूपमा बिकास हुन्छ। भुईफुट्टा बर्गलाई सानो तिनो र परम्परागत काम निन्दनिय वा घृणित कार्य हुनेरहेको गहिरो छाप परेको हुन्छ। कुनै अनुभब बिनै सिधै ब्यबस्थापकिय त्यो पनि रातारात मालामाल बन्ने पद यिनका लागि  राज्यले बेबस्था गरिदिनु पर्छ भन्ने भित्रि मान्यता  बिकास भएको हुन्छ। भुईफुट्टा बर्गको अान्तरिक महत्वकांक्षा यति गम्भिर हुन्छ कि जस्तो सुकै काम किन नमिलोस उनीहरु सन्तुस्ट हुनै सक्दैनन् । आफु के हु र के हैसियत राख्छु भन्ने सोच सम्म आउदैन। छिटै मात्तिने वा आतिने रोगको सिकार बनेको हुन्छ यो बर्ग । उक्त मनोबैज्ञानिक असन्तुष्टिले निरासा जन्माईदिने। निरासाले नेगेटिभ बिचार। नेगेटिभ बिचारले अराजकता। अराजकताले जब अराजक समाज बनाई दिन्छ सक्क्षमहरू पलायन हुने।स्बरोजगारि युबा हरूको प्रिय पेसा बन्नै नसक्ने। स्बरोजगारमा लागेका हरू धृणाका पात्र बन्ने। समाजको जिबिकोपार्जनको दैनिक मुल्य ऊच्च बन्ने। गरिबिको हद झन गहिराई दिने। ऊत्पादकत्व शुन्य तर्फ लम्कने। समाजमा अपराधहरू बढन जाने। एउटा खराब नेता लाई उभन्दा झन् खराब आर्को नेताले विस्थापन गर्ने जस्ता प्रवृती बिकाश हुने हुन सक्छ।

८) जब विश्वबिध्यालयहरूमा लगभग शुन्य भेलु एड (value add) को अनुसन्धान हुन्छ तर प्रोफेसर हरूको सँख्याभने जोमेट्रिक अनुपातमा बढिरहन्छ, १०० यौ बर्ष पुरानो बडी-अफ-नलेज-बेस (body of knowledge based) पाठ्य पुष्तकहरू अध्यापन गराईन्छ, २० सौ बर्ष पुराना ८-१० किताबहरूलाई अाधारमानेर नया किताब लेखि पाठ्यपुष्तक लेखकको रूपमा लेखकहरु स्बगौरब अभिनन्धित हुने संस्कार बन्छ, गेसपेपर बेस पढाईबाट बिध्यार्थि ऊच्चशिक्षाको डिग्रि लिन सफल बन्छ। त्यो शिक्षाले राज्यको धुकुटि सक्ने काम मात्र हैन युवाहरूको बहुमुल्य समय पनि खेरफालिदिने गर्छ। येस्तो शिक्षा प्रणालिले जन्माऊने गर्छ भुईफुट्टा ग्रयाजुयट।

z3

९) युनिभर्सिटिका ऊत्पादनहरू शिक्षित हैन मात्र ग्र्याजुयट हुन। मतलब संबन्धित युनिभर्सिटिको मापदण्ड अनुसार यति बराबरको शिक्षालियो भनि प्रमाणपत्र भिराईएका बर्ग। मान्छे तेतिबेला शिक्षित हुन्छ जतिबेला ऊसंग सम्बन्धित बिषयको अध्ययन छ, तालिम छ, अनुभब छ र ऊक्तकाम सफलता पुर्बक फत्ते गरेर अाफ्नो क्षमताको परिक्षामा ऊतिर्ण बनेको छ। मात्र  युनिभर्सिटिले दिने ग्रेजुएसनको डिग्री बोकेको भरमा अाफुलाई शिक्षित दाबिगर्नु  अटोमेटीक आफु शिक्षित भनेको केहो भन्ने समेत नाबुजेको असक्षम ग्र्याजुयट रहेको प्रमाण हुनेछ।

१०) सक्षमता दाबि गर्ने हैन प्रमाणित गरेर देखाऊने कुरा हो। सफलताको लागि चाहिने गहना भनेको नै सहि नियत र मेहनत हो । सहि नियत र मेहनति छ भने मानिसमा भएको ज्ञान र शिक्षाको अर्थ रहन्छ। संसारका प्राय सबै सफल मान्छेहरुले उसंग सम्पर्कमा आएका मानिसहरुको नियत पहिलो २ मिनेटको सामान्य ब्यबाहार र प्रस्तुत सोचबाटै तुरून्तै भेऊ पाऊन सक्ने हुन्छन। सहि नियतका र दक्ष मानिसहरू अाफु सम्पुर्ण रूपमा सहि छु भन्ने दाबि नगर्ने, अर्काको भर्सन सुन्ने गर्छन । म गलत पनि हुन सक्छु भन्ने धारणा हुन्छ उनीहरुको। उनीहरु जन्दछन कि जब आफु बोलिन्छ त्यो बेला आफुलाई जे थाहा छ त्यो आफुले मात्र दोहोराई रहेको हुन्छु । तर जब अर्कालाई सुनिन्छ, तब कुनै नया कुरो समेत जानिने वा सिकिने सम्भावना रहन्छ । फाईदा दोस्रोमा हुन्छ। मुर्ख हरूभने ज्यादा कन्फिडेन्सि देखाउने, अाफु सक्षम भएको भन्ठान्ने, कहिलै गल्ति नगर्ने दाबिगर्ने प्रकृतिका भेटिन्छन। अभिमानी र आत्मबल कम भएको मानिस अाफ्नो कर्म र पेशालाई घृणा गर्छ । समाजमा अाफ्नो पेसा लुकाऊने, समाजिक सन्जाल र भेलाहरूमा अाफु दिग्गज भएको प्रमाणित गर्नमरि मेटने, आफ्ना हैसियत भन्दा ठुलाठुला कुराहरू गर्ने, अाफ्नो मात्रै कुरा गर्ने, अरूको कुरा नसुन्ने स्बभाबका हुन्छन। परदेशमा समेत आफ्नो पेसा, योग्यता, अनुभव र ओहदा निर्धक्क ढाँट्ने, मान र प्रतिष्ठाका लालची, जस्तोसुकै विषयवस्तुमा पनि आफै विज्ञको रूपमा प्रस्तुत हुने, सभा वा बैठकमा माइक समातेर बोलिरहनुपर्ने, सबैको ध्यान आफैमा केन्द्रित होस् भन्ने चाहने, सामाजिक सञ्जालमा अर्काको निन्दा गर्न पाउदा निकै गर्व गर्ने, आफूलाई सबैले मानिदिनुपर्ने, तर आफूले भने अरुको मानसम्मानमा सामान्य औपचारिकता समेत पूरा गर्न जरुरी नठान्ने जस्ता आदतको सिकार बनिरहेका  भेटिन्छन।

zzz

माथिका दस कुराबाट समग्रमा पाठ सिक्न सकिने कुरा भनेको स्वदेशमा होस् वा प्रवासमा, हिन्दी फिल्मी गीत ‘क्या चिज हे तु खुद भि तुमको मालुम नहीं है’ ले इंगित गरेजस्तै आफ्ना सबल पक्षलाई समयमै पहिचान गरी त्यसको भरमार उपयोग गर्नु नै सफल र सन्तुस्ट जिबनको उत्तम विकल्प हो ।

WRITE COMMENTS FOR THIS ARTICLE