मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सात प्रदेशमा सहमति गरे तीन दलले

प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिले जुटाएको समहमति अनुसार मस्यौदा समितिले प्रदेशको सिमाङकन पुनरावलोकन सहित संविधान विधेयकलाई अन्तिमरुप दिएको छ ।  कांग्रेस एमालेले यसअघि नै प्रस्ताव गरेको सात प्रदेशमा थोरै परिवर्तन गरी सीमांकनमा टुंगो लगाएको छ।

fu1

 

पहिलेको पस्तावका १,२,३ र ४ प्रदेशहरू यथावत छन्। तीन नम्बर प्रदेशमा पर्ने पर्सा जिल्लाको ठोरी गाविस र पश्चिमको भाग भने प्रदेश नम्बर तीनको राजधानी प्रदेशमा रहनेछन्। मुलतः ‘थरूहट’ भूभाग रहेको प्रदेश नम्बर ५ मा गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान,  रोल्पा र रूकुम जिल्लाको अाधा भाग थप्ने सहमति भएको छ।

fu2

एमाओवादीले यी जिल्लालाई प्रदेश नम्बर ५ मा थप्ने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने तर संविधानको मस्यौदामा पूर्णता दिने कुरामा अवरोध नगर्ने सहमति भएको छ। प्रदेश नम्बर ५ मा पहाडी जिल्लाहरू थप्ने निर्णय भएपछि लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार  असहमति जनाउँदै बाहिरिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE