मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रबासि नेपालिहरूमा ऊत्साह जगाईदिन सफल माहामहिम कालिप्रसाद पोखरेल

सुन्दा सपना जस्तो लाग्छ अनि हिजै जस्तो पनि। जतिबेला क्यानाडाका लागि पुर्ब राजदुत आंकांक्षि हरूको नेपालका प्रधानमन्त्रि हरूलाई बिन्ति बिसाएको सुनिन्थ्यो – “हजुर सरकारि सेवा लामो समय गरें अव सरकारि पैसामा मस्ति रिटायर्ड लाईफ बिताऊन चाहान्छु र तेहिसमयमा किताब पनि लेख्न चाहान्छु। तेसको लागि ऊपयुक्त क्यानडा छ। किनकि हाम्रो ऊ सँग खासै बिजनेस सम्बन्ध छैन।” यस्तो महसुस भएको थियो – कस्तो मुलुकमा परिएछ जहाँ अाफ्ना चाकर हरूलाई सरकारि सुबिधामा रिल्याक्स गराऊन मात्र राजदुत खटाईने। हालको बर्तमान राजदुत नियुक्ति हुदा सायद तेसैको प्रभाबले स्वागतमा जानुपनि समयको बर्बादमात्रहो भन्ने धारणा जाग्यो। गईएन।

तर बर्तमान माहामहिम कालिप्रसाद पोखरेलले भने ति धारणा लाई गलत साबित गरिदिएर हामि प्रबासि नेपालि हरूमा ऊत्साह जगाईदिन सफल रहे। जसरि पनि मुलुकको हितमा काम गर्छु भन्ने ईच्छाशक्ति भएकाहरूलाई काम गर्न केहि चाहिदो रहेनछ। मात्र लगातार अाफ्नो ऊदेश्य प्राप्तिमा लाग्नु, हैसियत र पहुच नभएका, दुताबास र क्यानेडियन सिष्टमकै बारे जिरो जानाकारि राख्ने तर समाजमा अाफुनिकै पहुचबालाछु भन्ने मपाईत्व दर्साऊन कुटनितिज्ञ हरूको मानमर्दन गर्नखोज्ने बर्गबाट प्रभाब मुक्त बन्नु र नेपाल राष्ट्रको हितमा लाग्ने जोकोहिलाई पनि अौपचारिक धन्यबाद दिन ढिलाई नगर्ने सामान्य गुणहरूले यति ठूलो राष्ट्रिय अभियान पैदा गर्न सक्दो रैछ। यस्तो लाग्दैछ सायद माहामहिम पोखरेलको क्यानडाको कार्यकाल नेपाल क्यानडा दौत्यसँबन्ध बिकासमा अदितिय कोशेढुङ्गाको युग बन्ने छ। शुभकामना माहामहिम पोखरेल ज्यू।तपाईको दृढ ईच्छा प्राप्ति होस!

http://global.setopati.com/canada/1936/

zzx1

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE