मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लामोसमय काम चलाउ हैसियतमा प्रधानमन्त्री बन्न चाहन्छन ओली !

खरो स्वोभावका प्रधानमन्त्री खड्क ओली, माधवकुमार नेपाल र बामदेवको अती तल्लो ईस्तरमा झरी गरिएको राजिनामा मागका बाबजुद राजीनामा दिनुको सट्टा संसद फेसगर्नुमा सरकारलाई माधवकुमार नेपाल नेतृत्वको सरकारलाई जस्तै लामो समय काम चलाउ हैसियतमा चलाउने सम्भावनाको लागी रहेको रहेको उनका एक बरिष्टमन्त्रिले खुलासा गरे ।नयाँ सरकार बनाउने स्पष्ट संवैधानिक प्रावधान नरहेको तर्क केही कानुनविद्हरुबाट आइरहेका बेला प्रधानमन्त्री केपी ओलीले समेत पार्टीको संसदीय दलको बैठकमै यो बिषयलाई प्रवेश गराएका छन् । उनले नयाँ सरकार बनाउने संवैधानिक अन्यौलको निरुपण हुनुपर्ने धारणा राखेका छन् ।

Screen Shot 2015-10-16 at 10.26.25 PM

प्रधानमन्त्री खड्क ओलीका अनुसार संक्रमणकालीन व्यवस्था अन्तर्गत धारा २ सय ९८ को उपधारा २ मा व्यवस्थापिका-संसदको अधिवेशन चलिरहेको रहेछ। धारा २९६ को उपधारा -६) बमोजिम आहृवान गरिएको व्यवस्थापिका-संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ’ भन्ने व्यवस्था अन्तर्गत अहिलेको सरकार गठन भएको हो ।

यस्तो सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ तर संक्रमणकाल अन्त्य नभइसकेको अवस्थामा प्रधानमन्त्री पदमुक्त भएपछि अर्को प्रधानमन्त्री चयन गर्नका लागि कुन प्रक्रिया अबलम्बन गर्ने भन्ने केही उल्लेख छैन ।  यसको निरुपण नहुँदासम्म सरकार कामचलाउको रुपमा रहने अवस्थाबारे ओलीले बैठकमा जानकारी गराएका छन् ।

Failed Diplomacy

बरिष्टमन्त्रिका अनुसार ओलीको तर्कमा राष्ट्रपती बिद्या भण्डारी पूर्ण सहमत भएकाले यो सरकार माधवकुमार नेपाल नेतृत्वको सरकारलाई जस्तै लामो समय काम चलाउ हैसियतमा चलाउने सम्भावना नकार्न सकिने अवस्था छैन।

images

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE