मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

स्वामी आनन्द अरुणले भोलि जुलाई २० मा मिसिसागा राम मन्दिरमा पब्लिक प्रबचन दिदै !

zzxx2

अमेरिका, युरोप, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा ध्यान–सुख र आनन्द प्राप्तिको माध्यम ध्यान केन्द्र धाउनेको संख्या बढ्दै छ। नेपालमा पनि ध्यान केन्द्रहरू छन्। काठमाडौं, पोखरा, लुम्बिनीलगायत सहरमा खुलेका केन्द्रमा नेपालीको राम्रै जमघट हुन्छ। ध्यान चेतनाबाट परमचेतनाको यात्रा हो। स्वस्थ शरीर र स्वस्थ मनसँगै सुखद आध्यात्मिक अनुभूति हुने भएकाले आवासीय ध्यान शिविरको माग बढेकोछ। ध्यान जीवनको अभिन्न अंग भएकाले होला हाल आएर सबै क्षेत्रका व्यक्ति यस्ता शिविरमा चासो राख्न थालेका छन्। पछिल्ला १० वर्षयता नेपाली ध्यान सिबिरहरुमा विदेशबाट ध्यानका लागिमात्र १२ हजारभन्दा बढी विदेशी आउँछन्। नेपाली ध्यान सिबिरहरुमा आउने विदेशी दुई प्रकारका हुन्छन् नेपाल घुम्न आएका बेला समय मिलाएर शिविरमा सहभागी हुने र ध्यानकै लागि भनेर आउने। विपश्यना ध्यान केन्द्रबाहेक नेपाली ध्यान सिबिरहरुले ध्यान शिविरको शुल्क तोकेका छन्। उनीहरू साधकलाई साकाहारी भोजन खुवाएर ध्यान गराउँछन्।

zzxx3

काठमाडौं ध्यान पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै छ। हावापानीका दृष्टिले काठमाडौं विश्वकै राम्रो स्थानमा गनिन्छ। यहाँ जाडोमा अति जाडो वा गर्मीमा अति गर्मी हुँदैन। हावापानीका साथै पहाड, हरियो जंगललगायतले प्राकृतिक सौन्दर्य बढाएकाले ध्यानका लागि उपयुक्त वातावरण छ। नेपालमा सामान्य भ्रमण, ट्रेकिङ, हाइकिङलगायत उद्देश्यका लागि आएका पर्यटकलाई ध्यानसँग जोड्न सकेमा यसले अर्थतन्त्रलाई टेवा दिन सक्छ अहिलेसम्म । ओशो तपोबन योग ध्यान साधना संगै अध्यात्मिक मार्गमा जान चाहानेहरुको लागी नौलो नाम होईन। बिश्व भरीबाट तपोबन आउनेहरु एउटा छुटै् आध्यात्मिक अनुभव लिएर फर्कन्छन्।स्वामी आनन्द अरूण नेपालका एक आध्यात्मिक व्यक्तित्त्व हुन्। हाल उनीओशो तपोबन नेपालका प्रमुख छन्। ओशो तपोबनले नेपाललाई ध्यान–योगमा विश्वभर चिनाउन  र धेरै विदेशी आकर्षित गर्न सफल पाइएको छ । हाल ओशो तपोबनले भारतको ऋषिकेश, हरिद्वार, पुणे लगायत ठाउँमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र संग प्रतिस्पर्धा गरी अमेरिका, युरोपदेखि ध्यान गर्नकै लागि भनेर  आउने मानिस हरुलाई नेपाल भित्राउन सफल बनेको छ । सरकारको र नेपाली डाएसपोरा हरुको साथ र सहयोग पाएमा नेपालमै ओशो तपोबनले अन्तर्राष्ट्रिय ध्यान महोत्सव आयोजना गर्न सक्ने लगभग निश्चीत छ।

xxyy

ओशो तपोवन काठमाडौंको बालाजु नयाँ बसपार्कबाट ६ किलोमिटर उत्तर–पश्चिममा पर्छ। नागार्जुन जंगलमा अवस्थित यो अन्तर्राष्ट्रिय कम्युन हो। बाइपासबाट हिँडेर १ घन्टा, सार्वजनिक बसमा १५ मिनेटमा त्यहाँ पुगिन्छ। ओशोको समाधिस्थल, रजनीश ध्यान केन्द्र, शिवपुरी बाबाको ध्यानमन्दिर यहाँका मुख्य आकर्षण हुन्। कलकल बग्ने झरनाले मन लोभ्याउँछ। ओशोको सान्निध्यमा रही आध्यात्मिक यात्रा सुरु गरेका बोधिसत्व स्वामी आनन्द अरुण तपोवनका संस्थापक हुन्। उनले ओशोको शिक्षा अमेरिका, युरोप, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा फैल्याउँदै आएका छन्। ओशोले प्रतिपादन गरेका सक्रिय तथा निष्त्रि्कय ध्यान विधि सिक्न साधक तपोवन आउँछन्।

ध्यान गर्नेहरूका लागि तपोवनले खाने र बस्न राम्रो व्यवस्था गरेको छ। राजधानीका राम्रा होटलसरह सुविधा दिएको छ। जहाँ एट्याच बाथरुमसहितका ५२ कोठा छन्। त्यहाँ तातो–चिसो पानीको व्यवस्था, एसी सुविधा छ। त्यसै गरी, अन्य कोठामा १ सयभन्दा बढी साधक अट्ने क्षमता छ। तपोवनका स्वामी आनन्द अर्हतका अनुसार गर्मीभन्दा जाडोयाममा विदेशी कम आउँछन्। जाडोमा मासिक २० देखि ३० जना विदेशी आउँछन् भने गर्मीयाममा ५० जनासम्म। तपोवन आउनेमा अधिकांश रसियाका छन्। त्यसपछि अमेरिका, बेलायत, अस्ट्रेलियालगायत मुलुकका। चिया, नास्ता, साकाहारी खानासहित एउटा एट्याच कोठाको प्रतिदिन विदेशीसँग २ हजार २ सय रुपैयाँ र नेपालीसँग १ हजार २ सय रुपैयाँ लिने गरिएको छ। उक्त कोठा दुईजना सेयर गरेर बस्न मिल्छ। तपोवनमा आउने विदेशीमध्ये २० प्रतिशतजति ओशो तपोबनका लागिनै भनेर आउछन । रसिया र अमेरिकाबाट आउनेहरू ४–५ महिनासम्म तपोवनमा ध्यान गर्छन्। नेपाल सरकारले एक वर्षमा विदेशी पर्यटकलाई पाँच महिनाका लागि भिसा दिने भएकाले कतिपयले यो अवसर ध्यानमै लगाउने गरेका छन्। तपोवन आउने विदेशी साधकलाई बसाइ अवधिमा ध्यानको माध्यबाट अस्तित्वको बारेमा बोध हुने स्वामी अर्हत बताउँछन्।विदेशबाट आउँदा निरासा र तनाव लिएर आएको मान्छे यहाँबाट फर्कंदा पूरै परिवर्तन भएर जान्छ।

तपोवनको आफ्नै ध्यान तालिका छ। बिहान योगाभ्यासबाट साधना सुरु हुन्छ। त्यसपछि सक्रिय ध्यानको अभ्यास। नौ बजे नास्ता गरेपछि मौन ध्यान हुन्छ। त्यसपछि नटराज नादब्रह्म तथा सक्रिय–निष्त्रि्कय दुवैखाले ध्यान हुन्छ। अपराह्न १ बजे भोजनपछि विश्राम गरेर सवा ३ बजे दिउँसो सत्र सुरु हुन्छ। यसमा नादब्रह्म (निष्त्रि्कय ध्यान) गरिन्छ। कुण्डलिनी ध्यानपछि साँझमा आरती गरिन्छ। भोजनपछि राति ध्यान, संकीर्तन हुन्छ। यसरी बिहान ६ देखि बेलुका ९ बजेसम्ममा १० घन्टाभन्दा बढी ध्यान साधनामा समय बित्छ।

यीनै ओशो तपोबन, नेपालका संस्थापक आचार्य स्वामी आनन्द अरुण भोलि क्यानाडा आउदै हुनुहुन्छ ।ओशो तपोबन समुहले जनाए अनुसार स्वामीजीको भोलि जुलाई २0 मा क्यानाडाको मिसिसागा राम मन्दिरमा पब्लिक प्रबचन हुन गैरहेको छ। जुलाई २१ देखि २४ सम्म  टोरोन्टोको कुबोर्गमा ३ दिने आवासीय ओशो ध्यान शिबिर हुने छ ।  ओशो तपोबनका संस्थापक “बोधिसत्व स्वामी आनन्द अरुण”  टोरोन्टो आउने समाचारले ध्यान प्रेमी क्यानाडा बासी र नेपाली-कनेदियन हरुमा नया तरङ्ग र उतशाह पैदा गर्नु स्वोभाबीक नै हो  । स्वामी आनन्द अरुणले  आवासीय ध्यान शिबिरमा  “तनाब ब्यबस्थापनमा ध्यानको महत्व“ विषयमा प्रबचन दिने र  ओशो ध्यान पद्धतिका बारेमा जानकारी गराउने आशा गरिएको छ।

xxx

z1

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE