मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सभामुखले संसदलाई खेलाचीको रुपमा लिएकाले नेपालको संसद रडभुमि बन्दै : विवादको अन्तरनिहित उद्देश्य संविधान कार्यान्वयन हुन नदिनु !

zzzx0

प्रमुख दलहरुवीच कुनै सहमतिबिना सभामुख घर्तीले विहीबार बिहान ११ बजेको संसद बैठकमा सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने तय गरिसकेकी छन् । कांग्रेस र माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र त्यसमा पहिले छलफल हुनुपर्ने अडान राख्दै आएका छन् । एमाले चाँहि अविश्वासको प्रस्तावमा छलफल हुनुभन्दा पहिल्यै कार्यसूचीमा चढाइएका आर्थिक विधेयकहरु पारित गरिनुपर्ने पक्षमा छ । एकातर्फ ओलीका के के दुसकार्यका लागि अविस्वास हो भन्ने औचीत्ये प्रस्तुत गर्न नसक्नुले प्रचण्ड देउबा जनताको घृणाको पात्र बन्न पुगेको अवस्था छ भने आर्को तर्फ संसदलाई खेलाचीको रुपमा सभामुखले लिएकाले नेपालको संसद रडभुमिमा परिवर्तन हुने निश्चीत प्राय बनेको छ l

zzx3

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बजेट सम्बन्धी विधेयक रोक्ने प्रयास नगर्न चेतावनी दिदै कार्यसूचीमा आइसकेको बजेट सम्बन्धी तीनवटा विधेयक हराएकाले त्यसको खोजी गर्ने बलजफती गरेर अगाडी बढ्न नदियीने बताए। एक अबिस्स्वासको प्रस्ताबको सुत्रधारका अनुसार काग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अविस्वास प्रस्ताव चुरो ओली लाई नियन्त्रणमा लिनु र मुलुकलाई अनिर्णयको बन्दी बनाई पुनरागमन तिर लैजाने राजनितीक गोटीको रुपमा अघि बढ़ाईयेको हो। कांग्रेस र माओवादी केन्द्रबीच भएको भित्री सम्झौता पुष्पकमल दाहाललाई केही समय प्रधानमन्त्री बनाउने र त्यसपछि शेरवहादुर देउवालाई बुझाउने हो। यसबीचमा कुनै पनि चुनाव नगराउने। त्यसो भएपछि ०७४ माघ ७ गतेपछि यो संसद रहँदैन र मुलुकलाई अनिर्णयको बन्दी बनाई पुनरागमन तिर लैजान सकिने अबिस्स्वासको प्रस्ताबको सुत्रधार हरुको बुजाही रहेको पाइएको छ ।

zzxx2

आर्कोतर्फ संक्रमणकालीन व्यवस्था अन्तर्गत सरकार विरुद्ध अविश्वासको प्रस्ताव पारितहुदा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ तर पदमुक्त भएपछि अर्को प्रधानमन्त्री चयन गर्नका लागि प्रक्रिया छैन । यसको निरुपण नहुँदासम्म र प्रक्रिया बारे संबिधान मौन रहदा राष्ट्रपतीको तजबीजमा धेरै कुरा भर पर्ने तर राष्ट्रपती बिद्या भण्डारीले सरकारलाई पूर्ण सहयोग दिने निश्चीत भएकाले यो सरकार  लामो समय काम चलाउ हैसियतमा चलाउने सम्भावना नकार्न सकिने अवस्था छैन।

हुनपनि संसदलाई सभामुखले खेलाचीको रुपमा सभामुख पद भन्दा माओवादी केन्द्र नेत्रीकारुपमा प्रचण्ड देउबाका अनुसार अघि बढेकाले राष्ट्रपतीपनि एमाले नेत्रीका रुपमा आउन बाध्ध हुनेछीन । अतः माओवादी केन्द्रको सत्ता छोड्नुको अन्तरनिहित उद्देश्य संविधान कार्यान्वयन हुन नदिने र आफ्नो स्वार्थ अनुसार देशलाई रडभुमिमा परिवर्तन गर्ने षडयन्त्रको प्रारम्भ भएको पाइएको छ ।

Screen Shot 2015-10-29 at 11.36.33 PM

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE