मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नविन पौडेलको ‘नयाँ पार्टी खोल्छु’ र ‘दुःखका दिन गए’ ले बजारमा हंगामा (भिडियो सहित)

विजय थापाको निर्देशनमा बनेको गीतको भिडियोमा हाँस्य कलाकार कमल गाउँले, पल्पसा ढंगाेल ‘चम्सुरी’, र सरु खड्काले अभिनय गरेका छन् ।

राजनीतिमा शैक्षिक योग्यताको कुनै मतलव नहुने र विभिन्न देशमा गएर नेता तथा सांसदहरुले देशकै बेइज्जती गरेका समाचारहरु आइरहँदा शिक्षित व्यक्ति राजनीतिमा प्रवेश गर्नुपर्ने र देशको पक्षमा जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने उनको गीतको सन्देश छ । गीतमा भनिएको छ, ‘एसएलसीमा चार विषय लाग्नेहरु पनि, भाषण गर्दै हिँडेका छन्, ठूलै मान्छे बनी, सत्य कुरा बोल्छु, नेपालमा आम्दानी राजनीतिमै रै’छ, यही वर्ष भित्रमा नयाँ पार्टी खोल्छु ।’

यसअघि ‘हरेक जात जाति छौ नानाथरी’, ‘जान्न म त त्यो घर’, ‘ए हजुर सुन्नु भाछर’, ‘यस्तै हुन्छ भन्ने भा’, ‘आजै भेट भाको’, ‘श्रीनगर बतासे डाँडैमा’ जस्ता चेतनामूलक र यथार्थपरक गीत ल्याएका पौडेलले पहिलो पटक तीज गीत लिएर आएका हुन् । यसैवर्ष उनले ल्याएका ‘नयाँ पार्टी खोल्छु’ र ‘दुःखका दिन गए’ बोलका गीत यतिबेला चर्चाको शीखरमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE