मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

युएइ (UAE) बासीलार्इ छमछमी नचाए लोकप्रिय गायक नवीन पौडेलले !

zz123

गैर आवासिय नेपाली संघएनआरएनए र अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आयोजनामा ‘नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ UAE मा भब्यताका साथ सम्पन्न भएको छ । नेपाली नारिहरुको महान पर्व हरितालिका तीज को अबसरमा आयोजित तिज महोत्सब एबं सम्मान कार्यक्रममा उपस्थित रस अल खैमहको मिनिस्ट्री अफ कल्चर हलमा खचाखच दर्सक हरुलाइ लोकप्रिय गायक नवीन पौडेलले छमछमी नचाए। नवीन पौडेलले यती धेरै साथ पाए कि कुर्सी बाट सबैजना दर्सक हरु एकैसाथ उठेर ताली र हुटिङ ले साथ दिदै गायक पौडेल सङ्गै छमछमी नाचेका थिए ।  सो तीज महोत्सबमा नवीन पौडेलले हरेक जातजाती छौ नानाथरी, आजै भेट भाको युएइ आको म परें पाल्पाको, दुखका दिन गए, जान्न मत त्यो घर, नया पार्टी खोल्छु, ए हजुर सुन्नुभाछर, यस्तै हुन्छ भन्नेभा, छैन कतै पल्किनी मन चाहिँ यतै ढल्किनि लगाएत का करीब एक दर्जन गीत गाएर मनोरन्जन दिएका थिए ।

झन्डै १ हजार भन्दा बढि दर्शकहरूको भिडले खचाखच भरिएको हलमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु चर्चित गायिका तथा मोडेल ज्योति मगर, गायिका गंगा धर्ती मगर सँगै गायक गोपी कृष्ण पङ्गेनी र युएईमा कार्यरत प्रशान्त पौडेल, सुर्य बहादुर बोहोरा, अर्जुन हान्छुवा, क्षितिज चिन्तन, दीपक गुरुङ, भावना ढकाल लगायत कलाकारहरुले आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE