मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पूर्वमुख्य सचिव डा. विमल कोइरालासँग सेप्टम्बर २४ मा मिसिसागामा अन्तरक्रिया हुदै ।

डाक्टर बिमल कोइराला नेपाल सरकारका पूर्व मुख्य सचिव हुनुहुन्छ  । त्यो भन्दा महत्वपूर्ण कुरा त उहाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो मुख्य सचिव समेत हुनुभएको थियो । निजामती वृत्तबाट लोकतान्त्रिक जनआन्दोलन र ऐतिहासिक राजनीतिक ,सामाजिक — आर्थिक परिवर्तनका लागि खेल्नु भएको उल्लेख्य, सशक्त र प्रभावकारी भूमिकाको कदरस्वरुप डाक्टर कोइरालालाई तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको राजनीतिक सहमतिको सरकारले मुख्य सचिवको जिम्मेवारी सुम्पेको थियो । आर्थिक पृष्ठभूमिका कोइरालाले अर्थ मन्त्रालयको सचिवको रुपमा रहेर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न मात्र गर्नु भएन नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान समेत दिनु भयो । नेपाल सरकारका पूर्व मुख्य सचिव बिमल कोइराला साहित्यमा पनि गहिरो चाख राख्छन् । लामो समय सरकारी सेवामा रहेका कोइरालाले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।

zzz123

यसै बीच नेपाली जनसम्पर्क समिति क्यानडाले डा. बिमलप्रसाद कोइरालाको  प्रमुख आतिथ्यमा सेप्टम्बर २४ मा मिसिसागा 270 Export Blvd, (RAM MANDIR); Saturday, September 24, 2016 समय: 11: 40 am to 2:40 pm मा  “नेपालको राजनैतिक स्थिरता तथा आर्थिक विकाशका सम्भावना एवं चुनौतीहरु” बिषयक विचार गोष्ठी कार्यक्रम राखेको जानकारीमा आएको छ ।
14115542_1750958505144049_9184916360925885727_o

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE