मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली जनसम्पर्क समिति क्यानडाको विचार गोष्ठीमा डा. बिमलप्रसाद कोइरालाको सारगर्वित भनाई : फोहोरको मुहान राजनीति हो । मुहान सफागरे पछि मात्र बिउरोक्रेसी सुद्रन्छ !

मिसिसागा क्यानडा! जनसम्पर्क समिति क्यानाडाको बिचार गोष्टिमा रिटायर्ड बरिष्ठ बिऊरोक्र्याट डा. बिमल कोईराला र बावुराम अाचार्य सहभागिको प्रमुख केन्द्रमा देखिन्थ्यो। डा. बिमल कोईरालाको कसरि नेपालको स्थाई सरकार मानिने कर्मचारि तन्त्र दयनिय अस्थाई सरकारमा परिबर्तन भईरहेको छ भन्ने करूणिक प्रस्तुतिले सहभागि लाई मार्मिक बनाएको थियो।

अार्का नेपाल सरकारका भुपु सचिब बाबुराम अाचार्यको रिटायर्ट बिऊरोक्र्याट समेत कसरि हालको सिष्टममा निरिह छ र अनाबस्यक क्षमेलामा पर्नु परिरहेछ भन्ने ऊदाहरण निकै रोचक एबं घोचक थिए।

हाल ब्यप्त बिबिध बाधा अटचन काबीचमै पनि कसरि नेपालको बिकास गर्न अझै सम्भब छ भन्ने नया पिडिलाई देखाऊन र प्रोत्साहन गर्ने तर्फ कुनैपनि बक्ता बा बिज्ञको ध्यान नषुगेता पनि गोष्टिमा समस्याको पहिचान राम्रै संग गरिएको थियो।

समाधानको बिकल्पमा भने क्यानाडा लगायतका बिकसित मुलुक हरूले ति र तेस्तै प्रकृतिका समस्याको समाधान कसरि गरिरहेको छ भन्ने बारे ऊक्त निकायमै बसि कामगरेर भित्रिरूपमै बुजेको अनुभब बाट भन्दा किताब र ऊपलब्ध डाटाको अध्यानको भरमा मात्रै लिईएको ज्ञानका भरमा छलफल अघि बडेको हुदाँ प्रस्तुत बिकल्पहरू बास्तबिकता र ब्यबारिकता भन्दा धेरै पर रहेको स्षष्ट देखिन्थ्यो।

निकै ब्यबस्थित तैयारिका साथ सन्चालन गरिएको क्यानाडाको जन सम्पर्क समितिको गोष्ठि बास्तबमै क्यानडामा अायोजना गरिने ऊत्कृष्ट बौधिक कार्यक्रम मध्येको एक भएकोमा भने कुनै दुईमत छैन।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE