मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेफोष्टाअध्यक्षपदको उम्मेदवार नवराज उपाध्यायको प्रतिबद्धता पत्र २०७३ जारी!

zzzx

प्रतिबद्धता पत्र २०७३

  • खाद्दय प्राबिधिक, बिषेशज्ञ , बैज्ञानिक प्राध्यापक ज्यू, आदी बाट सुसज्जीत नेफोष्टालाई बैचारीकरुपमा नेपालमा क्रियाशिल बनाउन भौतिक वा इलेक्ट्रोनिक माध्यमबाट ठिक दुरुस्त राख्नेछु l 
  • नेपालमा बेलावखत हुने गरेको खाद्दय सम्बन्धी अखाद्य क्रियाकलाप खाद्दय बिषेशज्ञ बैज्ञानिकहरुसंग छलफलगरि जिम्बेवारी पुर्वक जनता समक्ष पुर्रयाउनेछु l 
  • खाद्दय पदार्थ उत्पादकहरुलाई अझ वढी गुणस्तरीय बस्तु उत्पादन गर्न आवश्यक आधुनिक उपकरण विदेशबाट झीकाउनु पर्ने भएमा सहजता प्रदान गर्न नेपाल सरकारसंग अनुरोध गर्न उद्द्योगीको साथमा काम गर्नेछु l 
  • खाद्दय उद्द्योगहरुमा HACCP निती लागु गर्न नेफोष्टालाई अग्रसर गराउने छु l
  • उपभोग्ता खाद्दय बस्तुमा सुनिस्चिता बढाउन सरकारी तथा गैर सरकारी आनुगमन प्रणालीलाई साथ दिने छु l 
  • नेपाली खाद्दय बस्तुको उत्पादन र पहुच बढाउन र बिदेशी खाद्दय बस्तुको आयात घटाउन नेफोष्टालाई आग्रसर गराउने छु l 
  • खाद्दय सुनिस्चिता बढाउन भण्डारण प्रणालीको न्यूनतम मापदण्ड तयार गर्न नेफोष्टालाई अग्रसर गर्ने छु l 
  • फूड काउन्सिल गठन गर्न हालसम्म भएका प्रक्रियाबाट अघि बढाउन प्राथमिकता दिने छु l 
  •  खाद्दय बिषेशज्ञ काठमाडौँमा भन्दा बडी कार्यक्षत्रमा (नेपाल तथा विदेश) रहेको यस अवस्थामा नेफोष्टालाई सबैको विचार संकलन गर्न इमेल/ इन्टरनेटबाट सम्पर्क बढाई मतको कदर गर्ने छु l 
  • खाद्दय सम्बन्धी शोधपत्र, अनुसन्धानात्मक लेख, आदी माग गरी सरकारी, गैरसरकारी संस्था, निजि क्षत्र उपभोग्ता प्रतिनिधिहरु बिच समन्वय गरी सेमीनार आयोजना गर्न प्राथमिकता दिने छु l
  • नेफोष्टाको आयआर्जन बढाउन र खर्च घटाउन सजक रहने छु l पारदर्शीताको लागी वेभ-साइड दुरूस्त राख्ने छु l 
  • खाद्दय सम्बन्धी उत्क्रिस्ठ काम गर्ने लाई कदर गर्ने प्रथा कायम गराउने छुl 
  • नेफोष्टाको सदस्यताको बृद्दिका लागी खाद्दय प्राबिधिकहरुका लागी आकर्षण गर्न बिशेष योजना ल्याउनेछु l सदस्यको सुख-दुखमा साथ दिनेछु l 
  • नेफोष्टाको सम्पूर्ण कार्यकारी पदाधिकारीसंग मिलेर कार्य गर्ने छु l 
  • थप छुट बिषयमा कार्यकारी छलफलबाट निर्माण लिई कार्यान्वयनमा ल्याउने छु l

यहाँहरुको अमुल्य मतको अपेक्षा गर्दछु l धन्यवाद l

नवराज उपाध्याय, नेफोष्टा अध्यक्ष पदको उम्मेदवार


हामी प्रबासबाट पनि तपाईको उदेश्य पूर्ति गर्न हर हालतमा सहयोगी हुने प्रतिबध्ता व्यक्तगर्दै खाध्य बैज्ञानीक नवराज उपाध्याय लाई हाम्रो पनि सुभकामना र बधाई दिन चाहन्छौ ! धन्यवाद l

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE