मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अमेरिकी फ्रान्चाईज् भन्दा कम छैन नेपाली खाजाघर ‘बाजेको सेकुवा कर्नर’ !

आजभन्दा ४१ वर्षअघि तराईबाट राजधानी घुम्न आउनुभएका सामान्य किसान दीनानाथ भण्डारी राम्रो पकाउन जान्ने र मिठो खाना खान सौखिन थिए । पहिलेदेखिनै दसैँका बेला घरमा काटेको खसीको मासुको विभिन्न परिकार बनाउथे। ठूलो हवाईजहाज हेर्ने रहरले उनी एकदिन अनायास त्रिभुवन विमानस्थल तिर हानिए। जब भोक लाग्यॊ दीनानाथले राम्रो खाना नास्ता खाने ठाउँ नपाएपछि आफ्नो सीप प्रयोग हुने र व्यापार पनि राम्रो हुन्छ भन्ने ध्येयले विमानस्थल छेउको चौरमा सेकुवा पोल्न सुरु गरे । कुनै भाडा नतिरी चौरमा सेकुवा पोलेर सामान्य कारोबार गरिरहेका भण्डारी दम्पती एक दिन नगरपालिकाका कर्मचारीबाट लखेटिए। लखेटिएको घटनाले उनका छोरा चेतनको मन छोयो । त्यतिन्जेलसम्म विमानस्थलका कर्मचारी र त्रिभुवन विमानस्थल भन्सारमा सामान लिन आउने व्यापारीको खाजा खाने स्थलको रुपमा उनको सेकुवा प्रचलित हुँदै गएको थियो । त्यसलगत्तै घर सल्लाहपछि व्यवसाय कतै सारौं भनेर सिनामङ्गल नजिकैको खाली चौरको एक कुना भाडामा लिएर व्यावसायिक रुपमा सेकुवा पोल्न सुरु गरे। यसरी सुरु भएको बाजेको सेकुवा व्यवसाय आज काठमाडौँंका १० तथा पोखरा र चितवनमा एक एक ठाउँमा शाखा विस्तार भइसकेको छ । त्यसमध्ये छवटा आफैं र छवटा आङ्गिक स्वामित्वका रुपमा सञ्चालनमा छन् । करिब ३०० जनाले प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् ।

capture

खसीको सेकुवाबाट सुरु भएको उक्त व्यवसायले आज ताजा र मिठो खानपिनका लागि ख्याति कमाएको छ । दौरा सुरुवाल मात्र लगाउने ब्राह्मण जातिका भण्डारीलाई सुरुमा सेकुवा खान आउने ग्राहकले बाजे भनेर सम्बोधन गर्ने गर्थे । कालान्तरमा त्यही नाम उक्त व्यवसायको ब्राण्ड बनेको छ । ग्राहकले आफैँले दिएको नाम ‘बाजेको सेकुवा कर्नर’ का अध्यक्ष चेतन भण्डारीले ग्रहण गरे र व्यवसाय संचालन गरे, पछि त्यही नाम ब्राण्ड भयो । बाजेको सेकुवालाई गुणस्तरमा आधारित रहेर मूल्य निर्धारण गर्नु र ग्राहकलाई सन्तुष्ट पार्नु चुनौतीपूर्ण रहेको छ। खपत हुने अधिकांश खसी भारतबाट आयात गर्ने बाजेको सेकुवाले भन्सार शुल्क तिर्दा पनि लोकल खसीको मासु भन्दा सस्तोमा सेकुवाको लागि खसीको मासु आयत गर्छ। नेपाली समाजमा खसीको मासु खाने चलन निकै प्रचलित भए पनि विस्तारै रातो मासु कम खानुपर्छ भन्ने चेतनाका कारण ग्राहकले आजभोलि अन्य खाजाको तुलनामा मासु थोरै खाने गरेको सेकुवा कर्नरको अनुभव छ । “नाम नै सेकुवा कर्नर भएकाले शाकाहारी मानिस जान नहिच्किचाउँन भनि बाजेको सेकुवाले शाकाहारी सेकुवा पनि खाजाको रुपमा पस्कन्छ।

capture-1

बाजेको सेकुवाले बाजेको मसला ब्राण्डको विभिन्न ७ प्रकारका मसला मिट मसला,चिकेन करी मसला,मम मसला,गरम मसला, बार्ह मसला,सेकुवा मसला र करी मसला बाजेको सेकुवाको सवै शाखामा पाईनेगरि बजारमा उपलब्ध गराएकोछ। आधुनीक प्रविधिको प्रयोग र अनुभवी केमिस्टको निगरानीमा बाजेको सेकुवाको मसलाउत्पादन गरिने बताइएको छ । हाल ‘बाजेको सेकुवा कर्नर’ वर्षमा १२ करोडसम्मको कारोवार गर्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE