मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ब्रेन ड्रेन होइन, बरू ब्रेन गेन – पन्त – गैरआवासीय नेपाली संघका महासचिव

BY MR. KUMAR PANT
kumar-pant

नेपालबाट विभिन्न उद्देश्यले विदेशिनेको संख्या बर्सेनि बढ्दो छ। त्यसै कारण सन् २००३ मा केही अग्रजको पहलमा सुरु भएको गैरआवासीय नेपाली सञ्जाल आज ७० देशमा विस्तार हुन सकेको हो। काम, शिक्षा वा अवसरको खोजीमा विदेशिने संख्या बढ्दै जाँदा ‘ब्रेन ड्रेन’ या प्रतिभा पलायनको जोखिमसमेत उत्पन्न भएको छ। तर, कुनै पनि विकासोन्मुख मुलुकका लागि यो स्वाभाविक प्रक्रिया हो। छिमेकी भारतमा करबि ३० वर्षपहिले विदेशिने युवाको संख्या बढ्दै जाँदा ब्रेन ड्रेनको गुनासो धेरै सुनिन्थ्यो। तर, अहिले विदेशमा सफल भारतीय स्वदेश फर्किएका छन् र आफ्नो मातृभूमिको समृद्धिको अभियानमा साथ दिँदै छन्।

अर्को छिमेकी चीनको विकासमा पनि गैरआवासीय नागरकिको ठूलो देन छ। पछिल्लो चरण्ामा विकासको सिँढी चढ्दै गरेको युरोपेली मुलुक आयरल्यान्डको पनि यस्तै अनुभव छ। जतिखेर आयरल्यान्ड गरबि थियो, धेरै आइरसि अमेरकिा गएर सफल हुँदै थिए। विदेशमा सफल आइरसिहरू स्वदेश फर्केर आफ्नो मातृभूमिको विकासमा लागेपछि आयरल्यान्ड युरोपको सबैभन्दा गरबि देशबाट समृद्ध बन्ने बाटोमा छ। र, खुसी मान्नुपर्छ कि नेपालमा पनि त्यो क्रम सुरु भएको छ।

विदेशमा नेपाली स्थापित हुने क्रमसँगै सीप र पुँजी लगानी जुटाउने एवं ज्ञान र प्रविधि हन्तान्तरणका कार्यक्रम सुरु भइसकेका छन्। यो विश्वव्यापीकरण्ाको युग हो। त्यसैले मातृभूमिको समृद्धिका लागि नेपालमै रहेर मात्र सेवा गर्न सकिन्छ भन्ने होइन। विश्वको जुनसुकै कुनाबाट राष्ट्रिय आवश्यकतासँग जोडिन र त्यसलाई सहयोग पुर्‍याउन सकिन्छ। अब मुलुकका लागि केही गर्ने पालो हाम्रो हो भन्नेमा विदेशमा बस्ने नेपालीको एकमत छ। यसपटकको एनआरएन दिवस -५-१४ अक्टुबर २०१४)मा पनि यही संकल्प प्रतीत भएको छ। तर, हामी एक्लैले आँटेर मात्र केही गर्न सक्दैनौँ। एक्लै चाहेर कहीँ पुग्न सक्दैनौँ। त्यसैले स्वदेशमा बस्ने र विदेशका सबै नेपालीले हातेमालो गरेर अब नेपाललाई समृद्धिको बाटोमा हिँडाउने बेला आएको छ।

नेपाल सरकारले अहिलेसम्म एनआरएन अभियानलाई जुन तहबाट सम्बोधन गरेको छ, त्यो हाम्रा लागि उत्साहप्रद नै छ। एनआरएन अभियान निकै लामो यात्रामा छ र गर्न बाँकी काम धेरै छन्। विशेष गरी स्वदेशमा सीप र पुँजी लगानीमा सरकारबाट प्रभावकारी सहजीकरणको खोजीमा छौँ हामी। त्यसो भएमा सामान्य ढंगले हुने भन्दा बढी योगदान पुर्‍याउन सक्छौँ भन्ने हाम्रो आत्मविश्वास हो। विदेशमा बस्ने नेपालीलाई मातृभूमिसँग जोड्ने कडीका रूपमा पुँजी, प्रविधि र सीपका अलावा परोपकार अर्को महत्त्वपूर्ण माध्यम हो।

जुनसुकै माध्यमबाट भए पनि समग्रमा नेपालका लागि के गर्न सक्यौँ त भनेर ठोस परिणामको खोजीमा छौँ, हामी आफैँ पनि। विदेशमा बस्ने नेपालीको अनुहार त्यस बेला मुस्कुराउँछ, जुन बेला जन्मभूमिका लागि केही गर्न सकियो भनेर सन्तोष प्राप्त हुन्छ। हामी सधैँ त्यही मुस्कानको खोजीमा छौँ। स्वदेशको समृद्धि र सफलतासँग विदेशमा बस्ने नेपालीको सुरक्षा र सन्तोष पनि जोडिएको छ।

अहिले भारतबाहेक तेस्रो मुलुकमा रहेका ३० लाख नेपालीमध्ये अधिकांश रोजगारका लागि गएका हुन्। उनीहरूको आप्रवास जति सुरक्षति भयो, उति नै नेपालका लागि विदेशमा बस्ने नेपालीको योगदानको हिस्सा बढ्न जान्छ। विदेशमा बसेर स्थापित भएका गैरआवासीय नेपालीप्रति अपेक्षा गर्दै गर्दा श्रम पसिना बगाएर खाडी राष्ट्रबाट रेमिट्यान्स पठाई मुलुक धान्ने नेपालीलाई पनि हामीले बिर्सनु हुँदैन। वार्षिक चार अर्ब डलरभन्दा बढी रेमिट्यान्स पठाइरहेका खाडी एवं मलेसियालगायतका हाम्रा दाजुभाइ-दिदीबहिनीको सुरक्षा र आत्मसम्मानमा सबै आवासीय तथा गैरआवासीय नेपालीको स्वाभिमान गाँसिएको छ। उनीहरू सुरक्षति नहुन्जेल र उनीहरूको श्रमको सम्मान नहुन्जेल बाँकी विश्वमा जति नै सफल रूपमा उदाए पनि एउटा सुखी नेपाली बन्न सकिन्न।

अहिलेको एनआरएन नेतृत्वले वैदेशिक रोजगारमा जानेका लागि कल्याणकारी कोष स्थापना गर्दै सबैलाई सहयोगका लागि आह्वान गरेको छ। कोषमा अध्यक्ष शेष घले आफैँले एक करोड रुपियाँ उपलब्ध गराउनुभएको छ। अहिलेसम्मका दृष्टान्तलाई आधार मान्दा अहिल्यै हाम्रो उपलब्धिको सूची त्यति लामो नबने पनि केही राम्रो कामको सुरुआत भने अवश्य गरेका छौँ। तर, यसैलाई निरन्तरता दिएर सन्तोष मान्ने भने होइन। हामीले थप गर्नुपर्नेछ र त्यसका लागि विदेशमा बस्ने नेपालीमा पर्याप्त उत्साह र अठोट देखिएको छ। अर्कोतर्फ एनआरएनले मुलुकका लागि खास केही गर्न सकेनन् भन्ने गुनासो नयाँ होइन। विदेशमा बस्ने नेपालीप्रति आशा र अपेक्षासहित यसो भन्नु हाम्रा लागि सकारात्मक दबाब नै हो।

गैरआवासीय नेपाली संघ स्थापना भएको ११ वर्षे अवधिमा हाम्रो संस्थागत सञ्जाल र क्षमता दुवै गुणात्मक निण्र्ाय लिन काविल भइसकेको छ। राजनीतिक अस्थिरता र संक्रमण्ा निरूपण भइनसके पनि स्वदेशमा लगानी एवं परोपकारी कार्यका लागि भएको पछिल्लो प्रयास त्यसैको उदाहरण हो।

अहिले व्यापार व्यवसायदेखि शिक्षासम्म, संयुक्त राष्ट्र संघलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थादेखि कूटनीतिको बृहत्तर आयामसम्म विदेशमा रहेका नेपाली स्थापित हुँदै छन्। पछिल्लो चरण्ामा फेसन र मनोरञ्जनको दुनियाँमा समेत गैरआवासीय नेपालीले उचाइ हासिल गर्न थालेका छन्। एउटा नेपालीले आर्जन गर्ने यी सफलतामा मातृभूमिको सान र पहिचान गाँसिएको छ। यो सफलतालाई अधिकतमभन्दा अधिकतम मातृभूमिसँग जोड्न हामी प्रतिबद्ध छौँ। तर, छिमेकी मुलुकका गैरआवासीयसँग तुलना गरेर हाम्राले यो पनि गरेनन्, त्यो पनि गरेनन् भन्नु त्यति सान्दर्भिक नहोला कि !

भारतलगायत अरू दक्षिण एसियाली मुलुकको तुलनामा नेपाली ‘डायस्पोरा’को इतिहास धेरै छोटो छ। छिमेकका सबै देशमा पश्चिमी साम्राज्यले उपनिवेश जमाएको हुँदा त्यहाँका नागरकिको १७औँ शताब्दीदेखि नै परदेश आउजाउ निकै बाक्लो बनिसकेको थियो। त्यसैले उनीहरूको डायस्पोरा तीन-चार पुस्ताको भइसकेको छ। अमेरकिा, बेलायतलगायत विभिन्न मुलुकको राजनीतिमा नै भारतीय मूलका नेताहरू सफलतापूर्वक स्थापित भइसक्नुको कारण्ा पनि यही हो। तर, हाम्रो सन्दर्भमा नेपाली बाक्लो गरी विदेशिन थालेको मुस्किलले दुई दशक नाघेको छ। तसर्थ, यस्तोमा अहिले प्राप्त उपलब्धिलाई सन्तोषजनक नै मान्नुपर्छ।

एउटा नेपाली स्वदेशमा रहोस् वा विदेशमा, त्यो नेपाली नै हो। उसको मन स्वदेशको समृद्धि र सपनाबाट कहिल्यै टाढा जाँदैन। अब हामीले व्यवहारबाट त्यसको पुष्टि गर्ने बेला आएको छ। यदि कसैले हामी नेपालमा बसिआएकाले मात्र यो मुलुक बनाउन सक्छौँ भनेर तर्क गरेमा त्यो मातृभूमिको समृद्धिकै लागि घातक हुन सक्छ।

अहिले मुलुक संविधान बनाउने क्रममा छ। यो क्षण्ामा एनआरएनले लामो समयदेखि उठाउँदै आएको नागरकिताको मागलाई वैधानिक रूपले सम्बोधन हुने हामी सबैको विश्वास छ। मातृभूमिप्रतिको भावनात्मक नाता अझ प्रगाढ पार्न ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारण्ाा ल्याएका हौँ। अझ, दोस्रो पुस्ताका रूपमा विदेशमै हुर्किएका नेपालीलाई हामी पहिलो पुस्ताले दिने राष्ट्रियताको अनुपम उपहार पनि त्यही नागरकिता निरन्तरता हुनेछ, जसले उनीहरूलाई नेपालसँग सधैँ अटुट रूपले गाँसिरहनेछ।

संविधान निर्माण्ापछि मुलुक तीव्र आर्थिक विकासको चरण्ामा प्रवेश गर्नेछ भन्ने सम्पूर्ण गैरआवासीय नेपालीले विश्वास गरेका छन्। सोही मुताबिक आफूले सक्दो पुँजी र सीप ल्याउनका अलावा विदेशी लगानीकर्तालाई मातृभूमिप्रति आकर्षित गर्न पनि विदेशमा बस्ने नेपालीले एक ढिक्का भएर पहल गर्नेछन्। र, यसैबाट प्रमाणित हुनेछ कि नेपालीको विदेशको आप्रवासन ब्रेन ड्रेन होइन, बरू ‘ब्रेन गेन’ अर्थात् प्रतिभा/समृद्धिको प्राप्ति हो भनेर।

(पन्त गैरआवासीय नेपाली संघका महासचिव हुन् ।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE