मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जर्मनीमा जमेका अती सफल तर सरल नेपाली “गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त” आगामी हफ्ता क्यानाडा आउदै

गैरआवासीय नेपाली संघ, क्यानाडाले गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा जनवरी २२, २०१७ को आइतबार नेसनल बैंकट हलमा नेपालमा साना लगानीका सम्भाबना र चुनौति बिषयमा “नेपालमा लगानी गरौं भन्ने बिषयको अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने ईमेलबाट जानकारी दिएको छ।

आज भन्दा करिब १७ वर्षअघि गोरखा फुजेल गाविसका कुमार स्टुडेन्ट भिसा लिएर सन् २००० मा जर्मनी फ्य्रांकफर्टमा विद्यार्थी भएर प्रवेश गरेका थिए। कलेज पढ्दै गर्दा उनले होटलमा काम गर्न थाले। नेपालमै हुदा होटल कसरी चलाउनुपर्छ भन्ने अनुभव संगालेका कुमारले घरमालिकको विश्वास र केही साथीहरुको सरसापटीले सन् २००६ मा जर्मनीको फ्य्रांकफर्ट शहरमा एभरेस्ट नामक तीनतारे होटल खोल्न सकेँ । सुरुमा फर्निचर, कम्प्युटर, घर सबै पेश्कीबिनै उधारोमा पाए। स्वाबलम्बी र अती मेहनती यी नेपाली युवाले रात दीन नभनी लगनसील भएर आफ्नो बाटो यति बलियो संग पक्डेकि लाग्थ्यॊ यीनी आफ्नो भाग्यै आफै कोर्दैछन। मेहेनेत अनुसार छिटै एभरेस्ट नामक होटल ग्राहक को मन जित्न सक्यॊ र राम्रो संग चल्यो पनि। ३९ कोठा भएको एभरेस्ट होटलले ६–७ महिनामै लगानी उठायो। सिस्टममा चलेको देश जर्मनीमा ईमान्दार र मिहेनती हात पुरस्क्रीत हुने ग्यारेन्टी थियो। कुमारको होटल व्यवसाय ‘एभरेस्ट’मै सीमित भएन। उनले सन् २०१० मा गोयथे होटल, २०११ मा गोयथे अपार्टमेन्ट हाउस, २०१२ मा होस्टर–होफ र २०१३ मा गोयथे बिजनेस होटल खोले। फ्य्रांकफर्टमै उनले स्काइलाइन नामक चारतारे होटल सुरु गरे। यीमध्ये १३५ कोठाको होस्टर–होफ उनले सञ्चालनमा ल्याएको सबैभन्दा ठूलो होटल हो। तेसपछि उनले जर्मनीको अर्को शहर बर्लिनमा सेन सिटी नामक होटल स्थापना गराए।

आफुसंग होटल व्यवसायसँग जोडिएको ज्ञान, लगनशीलता र भगवानको कृपाले सफल भएको ठान्ने कुमारले आफ्ना सबै होटलमा सकेसम्म धेरै ईच्छुक नेपालीलाई कामको लागी अवसर दिने निती बनाएकाले ४० जना भन्दा बढी नेपालीलाई जर्मनीमै कामको अवसर दिलाउन सके! कुमार भन्छन ऊनी मात्र होइन जर्मनीमा होटल तथा रेस्टुरेन्ट व्यवसाय गर्ने प्रायः नेपाली सफल नै छन्। जर्मनीमा पुग्ने नेपालीलाई सबैभन्दा समस्या भाषा र स्थानीय कानुन रहेको उनको अनुभव छ। उनलाई जर्मन भाषा राम्रोसँग बोल्न र लेख्न २ वर्ष लाग्यो, स्थानीय कानुन पनि बुझ्न गाह्रो थियो तर, भाषा र कानुन बुझेपछि बसोबास र व्यवसाय गर्न निकै सजिलो हुदो रैछ ।

जर्मनीमा करिब १७ हजार नेपाली रहेको अनौपचारिक तथ्यांक छ। समयमै पढाइ सिध्याउन नसकेका, श्रम सम्झौता सकिएका र कानुनी कागजपत्र नभएका नेपालीहरु प्रशस्त भेटिने जर्मनीमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवको कार्यकाल सफलता पुर्बक सम्पन गरि हाल उपाध्यक्ष पदमा कार्य गरिरहेका कुमार जर्मनीका नेपालीहरु र संसारकै नेपाली डायेस्पोरा हरुको समस्या समाधान गर्न प्राय: भिडीरहेको देखिन्छ। भूकम्प पछि एनआरएन नेपालको पुनर्निर्माणमा केन्द्रित भइरहेको मान्ने कुमारले खाडी मुलुकमा श्रम गर्न जाने नेपालीहलाई स्वेदशमै रोजगारी दिलाएर कसरि व्यवस्थित गर्ने भन्ने काममा दीन रात उत्तिकै लागि परेका भेटिन्छन्। तेसकोलागि एनआरएन नेपालीहरुको पुजी र शिपलाई कसरि सुरछित नेपाल भित्राउन सकिन्छ भन्ने संदर्वमा संसारका नेपाली डायेसपोराहरु संगको छलफलको क्रममा कुमार पन्तको क्यानाडा भ्रमण हुनलागेको बुजिएको छ ।

यसै संदर्वमा उल्लेख गर्न उत्तम हुने कुरा के छ भने प्राय: सामाजीक सस्थाहरुमा कोइ अती काम गर्ने तर फलको आश नगर्ने स्वोभावका भेटिन्छन। त कोइ काम कम गर्ने तर जस चाही सबै चाहिने स्वोभाबका हुन्छन् । आगामी नेपालमा हुन लागेको एनआरएनको विश्व सम्मेलनबाट शेष घलेको सभापतिको पद समाप्तिहुने लगभग निश्चीत जस्तै बनेको छ । बिसुध्ध काम गर्ने तर फलको आश नगर्ने स्वोभावका उपेन्द्र महतो र शेष घलेहरुले बिकाश गरेको कल्चर शेष घलेको दोस्रो सभापतिको कार्यकाल समाप्ति पछि निरन्तरता दिन सक्ने विश्वासिलो ब्यक्तीका रुपमा संसार भरका एनआरएनका प्राय: बिज्ञहरु कुमार पन्तको नाम लिने गरेको पाइन्छ। आगामी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेद्वारी दिएमा कुमार पन्त एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षको जिम्बेबारी पाउने प्रबल सम्भावना भएका अती सफल तर सरल नेपालीका रुपमा संसारभर परिचित छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE