मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनए जाम्बिया ले गर्यॊ राजदुत राईको सम्मान र स्वागत | महामहिम दङ्ग !

लुसाका ,जाम्बिया |

गैर आबासिय नेपाली संघ जाम्बियाले ,जाम्बियाको लुसाकामा दक्षिण अफ्रिका र जाम्बिया गरि सात अफ्रिकन राष्ट्रहरुका लागि नेपालका राजदुत अमृत बहादुर राईको सम्मानमा स्वागत तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ | कार्यक्रममा बोल्दै राजदुत राईले नेपाल बहिर बस्ने सबै नेपाली देशका वास्तविक दुत भएकाले एनआरएनहरुले नेपालको आर्थिक र सामाजिक बिकासमा सलङन हुन अनुरोध गरे |राईले आफु नेपाल सरकार ,राजदुतावश र आफु यस क्षेत्रमा रहेका नेपालीहरुको सुख दु:खमा सलङन हुन चाहेको र यहाँहरुलाई नेपालको बिकास अभियानमा सँगै लग्न चाहेको बताए |

गैर आबासिय नेपाली संघ जाम्बियाका अध्यक्ष बिदुर खनालले राजदुत राईलाई धन्यवाद दिदै, जम्बियामा रहेका नेपालीहरु नेपालमा लगानी र बिकास अभियानमा सहभागि हुन चाहेको र त्यसका लागी दूतावासले समन्वय गर्न अनुरोध गरे । एनआरएन कार्डमा सहजिकरण र यस क्षेत्रका नेपालीहरुको अनलाइन रेकर्ड राजदुतावशले राख्नु पर्ने बताउदै खनालले विश्वकै आश्चर्य भिक्टोरिया फल्स रहेको जाम्बिया र हिमालहरुको सुन्दर देश नेपाल बिच पर्यटकको अनुभव आदानप्रदान र पर्यटन बिकासमा साझेदारी हुनसक्ने सम्भावना तर्फ महामहिमको ध्यान अकर्सीत गरायेका थिए|

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE