मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

कुमार पन्तलाई अमेरिका, बेलायत र क्यानाडाबासि प्राय: एनआरएनहरुले गैरआवासीय नेपाली संघको केन्द्रिय अध्यक्षका रुपमा देख्न चाहे!

एनआरएनएको स्थापनाकाल देखिकै उद्देश्यहरु मध्धेको एक अहम मुद्धा “नेपालमा लगानी भित्र्याउनु” हाल छायाँमा परेको भएपनि फेरि लगानीमा पुन:केन्द्रित हुन विदेशमा रहेका साना नेपाली लगानीकर्ताहरुलाई समेट्दै नेपालमा अर्थपूर्ण लगानी लैजाने सकिने रणनीतिबारे छलफल, सुजाब सल्लाहका लागि एनआरएनए उपाध्यक्ष कुमार पन्त एनआरएन क्यानाडाले आयोजना गरेको ‘नेपालमा लगानी गरौं” बिषयक एक दिने गोष्ठीमा सहभागी हुन क्यानाडा आए । उनी संगै एनआरएनए अमेरिका अध्यक्ष केशब पौडेल, युरोप क्षेत्रीय संयोजक कुल आचार्य, प्रवासी नेपाली मन्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा लगायतले कार्यक्रममा सहभागीता जनाए ।

प्रमुख वक्ताका रुपमा गैरआवासीय नेपाली संघका केन्द्रिय उपध्यक्ष कुमार पन्तले नेपालमा लगानीका सम्भाव्ताका बारेमा प्रकाश पार्दै विभिन्न क्षेत्रमा लगानी गर्न आव्हान गरे । उनले एनआरएनको संयुक्त लगानीका बारेमा जानकारी गराउदै ४ वर्षअगाडि ९०० जना गैरआवासीय नेपालीले जलविद्युतमा लगानी गरेको र योजनाको ४० प्रतिशत कार्य पुरा भएको जानकारी गराए । डा. केशव पौडेलले लगानीका विभिन्न क्षेत्रका बारेमा प्रकाश पार्दै कुल आचार्यको सहभागितामा नेपालमा लगानी गरौं अभियान शुरु गरेको जानकारी गराए। कुल आचार्यले एनआरएनले ६७ वटा क्षेत्रमा अहिलेसम्म २९,८५५ मिलियन रुपियाको लगानी गरेको जानकारी दिए । बेलायतबाट आएका प्रवासी नेपाली मञ्चका अध्यक्ष तथा एनआरएन बेलायतका संस्थापक राम शरण शिन्खडाले कुमार पन्तलाई आगामी केन्द्रिय चुनावमा सभापतिको लागि उम्वेदबारी दिन दबाब दिए । अमेरिका क्षेत्र हुदै क्यानाडा आएका कुमार पन्तलाई अमेरिका, बेलायत र क्यानाडाबासि प्राय: एनआरएन नेपालीहरु उनलाई आगामी गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्षका रुपमा देख्न चाहेको बताई रहेको पाईन्थ्यो ।

कार्यक्रममा उपाध्यक्ष पन्तको गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा निर्माण गरिरहेको ६१२ घर सहितको एकीकृत बस्ती निर्माण अभियानमा सहयोगको आग्रहमा लाप्राक एकीकृत बस्ती निर्माणका लागि क्यानडाबासी नेपालीले ९ हजार डलरको प्रतिबद्धता जनाए। एनआरएन क्यानाडाका कोषाध्यक्ष सुर्यप्रसाद भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा आर्थिकमात्र नभएर बौद्धिक लगानीको आवश्यकतामाथि जोड दिईएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE