मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पेशागत धर्मलेनै क्यानडामा सफल बनेका नेपालि ईन्सुरेन्स एडभाईजर : राजेन्द्र श्रेष्ठ

ब्यबसायको कडि हार्डबोर्क हो भने धर्म प्रभावकारि रिजल्ट मार्फत क्लाईन्टलाई ऊचित सेवा दिनु । भनिन्छ बेसिक पेशागत धर्मबाट च्यूत भएको ब्यबसाय दिगो हुदैन। अाफ्नो कुशलता र क्षमता बडाएर प्रभाबकारि सेवा दिनु नै ब्यबसायको धर्महो। धेरै भन्दा धेरैलाई फेसबुकमा साथि बनाएर र सानो तिनो फाईदाको लागि जायज नाजायज जेपनि गर्न तम्सने एटिच्युड कुनैपनि सफल क्यानडेलि पेशाकर्मिको ईतिहास बन्नै सक्दैन । अाफ्नो क्षमता र ब्यबसाहिकता बृद्दि गरि ब्यबसाय स्थापित गर्न सकिने मन्त्रलाई भुलेर अाफ्नै कम्युनिटिका अाफ्ना कम्पिटिटरको सत्तोसरापमा तल्लिन भेटिने पेसाकर्मिहरूको ब्यबसायिक जिबन क्यानडामा कर्कलाको पातमा जमेको पानिको जस्तो २ दिनको तिर्सना बनेको र तिनका शुभ चिन्तक तिनका लागि रामराम भन्न मात्र तयार रहने ईतिहास जता ततै छरपष्ट पाईन्छ।

सन्दर्भ क्यानडाको सुपर भिसाको हो। भर्खरै मेरा प्यारेन्टहरू अमेरिकाको फ्यामेलि भिजिट पछि सुपर भिषामा क्यानडा अाऊने तरखरमा हुन हुन्थ्यो। सुपर भिसाको अनिबार्य सर्त ईन्सुरेन्स किन्नु पर्ने भयो। सकेसम्म सस्तो तर भरपर्दो ईन्सुरेस लिन मैले धेरै वेभसाईट सर्च मात्र गरिन, निजि भेटघाटमा अाफुलाई ईन्सुरेन्स फिल्डको किंग दाबि गर्ने देखि मिठाकुरा गर्ने हरू संग पनि सहयोग मागियो। दुर्भाग्यबस बेभसाईटमा पब्लिकलाई डायरेक्ट कोटगरिएको रेट भन्दा महंगा रेटका कोटहरू मात्र हात लागे। अाफूलाई सक्क्षम र ब्यबसायकर्मि दाबि गर्ने बिचराहरूको ब्यबसाहिकताको तिनका परफरमेन्सले धज्जि ऊठाईरहेको देख्दा अाफुलाई लज्जासपद बनायो र टिठलागेर अायो।

मेरो बाँकि बिकल्प बन्यो कि शिधै बेभसाईट बाट पोलिसि किन्ने। कि ब्यबसाहिक ईण्डियन हरूसँग परामर्स लिने। मैले कोट मागेका ६ बटै ईण्डियन फर्महरूले मलाई मागिएको १ घण्टा भित्रै सुपर भिसाको निकै कम्पिटेटिभ रेट दिए। सबै रेट सुपर भिसा दिने ईन्सुरेन्स कम्पनि ले वेभसाईटमा कोट गरे भन्दा सस्तो पनि थियो। केबल कुन कम्पनि कुन भन्दा बडि क्रेडिबल भन्ने मुल्याङ्कन गरे पुग्ने।

यसैबिच यो प्रोफिसनल्स ईण्डियन पेशाकर्मि हरूले दिने रिजल्ट काहानेर के कमि कमजोरि भयो र मैले अाफ्नै कम्युनिटि प्रोफिसनल्स हरूबाट प्राप्त गर्न सकिन भन्ने प्रश्नले मेरो दिमागमा गहिरो जरो गाड्यो।

निजि फेमेलि डिनर खादै गर्दा केहिमहिना पहिले क्यानाडाका सफल सिनियर अाईटि एक्सपर्ट भाई प्रजव्ल जोशिले नेपालि क्यानेडियन फिनान्सियल एडभईजरका रूपमा कार्यरत एकजनाले क्यानडाका कहलिएका ईण्डियन एडभाईजर हरूकै हाराहारिमा र कतिपय सन्दर्भमा बेटर जिबन बिमा र ईन्सुरेन्स प्रटक्टसहरू अाफूलाई दिलाएको र अाफूलाई ऊनको ब्यबसाहिक कौशलताबाट प्रभाबितभएको बताएका थिए। एक पल्ट ऊनि सँग पनि कोट मागि हेरू जस्तो लाग्यो।अलिकति मेहनत पछि ईन्सुरेन्स एडभाईजरको नाम र सम्पर्क नम्बर पनि मिल्यो ।

फ्याक्ट फाईन्डिङ मिसनका रूपमा मैले ऊनलाई साँझ सम्पर्क गरे। सामान्य तया १ घण्टापनि नलाग्ने कोट पठाऊन ‘ म बेलुकिमात्र यसमा काम गर्ने हुनाले भोलि बेलुकि सम्मको समय दिन ऊनले मलाई अनुरोध गरे’। मैले हस भनिदियाँ र फोन राखि दियाँ। भोलि दिऊसो पाएको मध्धे सस्तो ईन्सुरेन्स ईण्डियन पर्टिबाटै लिनपर्ने भयो भन्ने ठानि सुतियो। भोलिपल्टको अफिस सामन्य भन्दा अलि बढिनै ब्यस्ततामा बित्यो।

साँझपखको ईमेलको एक ईनबक्स मेसेजले मलाई चकित बनायो। मैले सम्पर्क गरेका राजेन्द्र श्रेष्ठले मेरा बुबा र मुमाको छुट्टा छुट्टै कोटेसन पठाएका रहेछन्। जुन क्यानडाको अति क्रेडिबल सँस्थाको थियो। अचम्म चहिं के थियो भने ईण्डियन फर्म हरूले अफर गरेभन्दा पनि किफायति दर रेटको। बिश्वास गर्नै गारो रेटबारे कन्फर्म गर्न मैले तुरून्तै फोन सम्पर्क गरे। जब कन्फर्मेसन मिल्यो तुरून्तै पोलिसि लिने निर्णय गरें। मात्र अाधा घण्टा बिच काम तमाम भयो र पोलिसि मेरो हात पर्यो। ३ हप्ताको मेहनतको सफल ल्यान्डिङ भयो।

राजेन्द्र श्रेष्ठको बारे मलाई जनाकारि लिन मनलाग्यो। ऊनि बिगत १६ बर्षदेखि नेपालि कम्युनिटिमा ईन्सुरेन्स प्रडक्टहरू अफर गर्दै अाएका रहेछन्। हालसम्म लगभग २५०० नेपालि ऊनका क्लाईन रहेछन। बजारमा ऊपलब्ध हुनसक्ने सकेसम्म सस्तो र राम्रो प्रडक्ट अाफ्नो क्लाईन्टलाई दिन ऊनि अत्यन्त धेरै बजारको प्रडक्ट रिसर्च गर्ने रहेछन। तेसकालागि समय लाग्ने हुनाले बरू ढिलोहोस तर ऊचित प्रडक्टमात्र अफर गर्ने ऊनको बानि रहेछ। ब्यबसायको धर्म भनेको अाफुलाई बिश्बास गर्ने क्लाईन्ट लाई अाफ्नो बलबुदाले भ्यएसम्म बेस्ट रेट र प्रडक्ट दिनुहो भन्ने राम्रै बुजेका रहेछन राजेन्द्रले। तेसैले ऊनले नत कहिलै चिन्दै नचिनेकालाई फेसबुकमा फ्रेन्ड रिक्येस् पठाएर बिजनेस लिनपाईन्छ कि भनि अात्मरतिका लागि समय खर्चेका रहेछन्। न कुनै सानो स्बार्थका लागि समाजका गलत प्रबृतिलाई अँकमाल गरि अर्काको तेजोबध गर्ने अन्डर ग्राऊण्ड हर्कतमा अाफुलाई सक्रिय सहभागि हुन वा गराऊन दिएकै रहेछन्। कामले काम सिकाऊने र सन्तुष्ट क्लाईन्ट मार्फत मात्र अार्को क्लाईन्ट अाऊने बुजेका ऊनि ब्यबसाहिक धर्म राम्रै निभाऊन राम्रै सफल भएका रहेछन्।

नेपालि मुलका क्यानेडियनहरू सरकारि, गैर सरकारि र निजि क्षेत्रमा अाफ्नो प्रभाब जमाई ऊच्च तहमा पुगि गर्बगर्न लायक बनेको ऊत्साहदप्रद समाचारहरू दिनप्रतिदिन बाहिर अाईरहदा नेपालि कम्युनिटिमा राजेन्द्र श्रेष्ठ जस्ता काबिल नेपालि ईन्सुरेन्स एडभाईजरहरू ऊपलब्ध रहेछन् भन्ने थाहा लाग्यो। निरन्तर लगनसिलता, ब्यबसायको धर्म अनुसरण र फेयर बिजनेस प्राक्टिसनै सफल ब्यबसाहिको कडिहो भन्ने नेपालि कम्युनिटिका रोल मोडलनै बनेका रहेछन् ऊनी। ढिलै भएपनि ऊनको सफलताबाट म अाफूपनि लाभबन्धित हुनपाएकोमा खुशित लाग्योनै एक नेपालिको सफलताको कथा जान्न पाऊदा मलाईभने नेपालि क्यानेडिन हुनुमा गर्बको महशुस पनि गरायो।

– Narayan Ghimire, Toronto, canada

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE