मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अाफ्नै यात्राका मुकदर्शकका अाँखामा सफल प्रवासि जिबनको मुलमन्त्र

नारायण घिमिरे , टोरन्टो।

अचानक साँझ पख डाँडाको टुप्पोमा पर्ने बाहुन भन्ज्याङ जानुपर्ने भयो। टर्च लाईटको बेट्रि कमहुनाले घनाजंगलको लागि सुरक्षित गर्न जेनतेन छामछुम गर्दै बाटोमै पर्ने कल्चोक तर्फ जाँदै थिया। बाटोमै भेटिए सिमा र सुनिता। अध्यारोमा निकै सकसगरि ऊक्लदै रहेछन्। लाग्यो सहयोग गरूँ। मैले झोलाबाट लाईट निकालें र ऊज्यालोको साहरामा ऊनिहरूलाई हाम्रो मितिनि अामाको घर सँगै जोडिएको ऊनिहरूको जीमाँको घरसम्म पुर्याईदियाँ। मेरो टर्च लाईटको ब्यट्रि पुरै सिद्दिएकोले त्यो रात अरू माथिजान सकिने अबस्था रहेन। मितिनि अामाकोमै सुत्नुपर्ने भयो। सँयोग मलाई पश्चिम तिरको बार्दलिमा रहेको कोठा सुत्नकोलागि दिईयो। सिमा र सुनिता पश्चिमतर्फको पल्लोघरको बार्तलिको पुर्बतर्फ सुत्ने तरखरमा रहेछन्। म सुतेको कोठाबाट ऊनिहरूको कोठा देखेपनि मान्छे भने देखिन्थेन। म एक्लै हुनाले चुपचाप सुतेपनि ऊनिहरूको खासखुस सुनिन्थ्यो। नारायणगढमा जन्मिहुर्केका यि दुई किशोरी निर्धक्क अाफू-अाफू छिल्लिदै कुरा गर्दै थिए। म निदाएको थिईन । ध्यान पुरै ऊनिहरूकै खासखुसले तानेको थियो। सुनसान रातमा ऊनिहरूको खासखुस झन प्रष्टै मेराकान सम्म अाई पुगिरहेको थियो।

गतिलि लाग्ने हट्टाकट्टा ब्ल्याक ब्युटि स्वभाबकि सुनिता सलक्क परेकि गोरि सिमालाई भन्दैथिई, मोरिं केटो चालु र झिल्के रैछ। पट्ट्याऊकि भनि नजिकिन खोजेको थिय, मैले ऊछिन्ला भन्दै हत्त न पत्त ऊहिं पहिले ठोकिन पुगिहालि। सिमा बोलि! सबै तैले सोचेजस्तो हुन्नन । मलाई त यो केटा तैले सोचेजस्तो केटिकै मात्रै पछि लाग्ने टाईपको हैन बरू सोझो र असल लाग्यो। सुनिताले थपि , हुन्छ सोझो! काँहाबाट पछ्याएको थियो कुन्नि, असल देखिन नाटक गर्दै थियोनि। सिमाबोलि, हैन है। बरू कस्तो सहयोगि रैछ, हामिलाई ऊज्यालो देखाई दिएर कस्तो सजिलो बनाईदियो। म त चिप्लेर पो ठोक्किन पुगेछु। के सोच्योहोला लाजै लाग्यो। ऊसले नसमातिदिएको भए भिरबाट लड्थे होला। तँत जेलाई पनि बैससंग जोडसेस यार।

सुनिता बोलि! तँ कुरै बुजदिनस। लाईट त ऊसैलाई हिडन पनि चाहिन्थ्योनि। हामिलाई सहयोग गरेजस्तो गरि हिरोबन्दै थियो नि। मत एकमन त लौ मौकापरे जस्तो छ अाटुकि भनठानेको। तैले लिफ्ट दिएर तँलाईमात्रै भाऊ दियो। तँ जैले पनि यस्तै गरछेस। दुबै खितिति हाँसे।

हुनत मैले ऊनिहरूलाई देखाएको ऊज्यालोले मलाईपनि हिड्नको लागि मनग्य सहयोग गरेकै थियो। सुनिता अलि संकिर्ण र छुच्चिरैछे भन्ने रातिको कुराकानि सुनेपछि मात्र मैले थाहापाएको थियाँ। बास्तबमा बाटोमा भेटदा भने फुर्तिली, ब्ल्याक बिऊटि र कसिलो जिऊडाल भएकि हुनाले मेरो अचेत ध्यान भने पुरै ऊसैले खिचेकि थिई। सलक्क परेकि गोरि भएपनि अाफैमा कन्फिडेन्स नभएकाले होला सिमा भन्दा सुनिता सयौगुना अाकर्सक र सेक्सि लाग्थ्यो। ऊकालो चड्दा सिमा लरखराऊने मात्र हैन, गुल्टिहाल्नेहोकि भन्ने भान दिने हुनाले पुरा यात्रामा ऊसको चालढालमै केन्द्रित गर्नुपर्ने माहोल बन्यो। बास्तबमा ऊसैलाई हिडन सजिलो हुनेगरि फोकस गरेको ऊज्यालोको साहारामा सुनिता र म पनि सजिलै ऊकालो पार गरेका थियौ।

रात छिप्पिदै जाँदा ऊनिहरूको छिल्लिएको सुनिन कम हुदै थियो। सायद जिमाँले नसुनुन भनि बिस्तारै बोलेका थिएकि मैले हेक्का पाईन। मात्र बेला बेलामा खितिति गरेको सुनिन्थ्यो । अरू कुराकानि के भयो मैले खासै केहि सुनिन। राति कतिबेला निदाएछु। बिहानै कुखुराको भाले बासेको अावाजले झल्यास्स ब्यूतियाँ।

बिहान हतार हतार मुखधोई बाऊन भन्ज्याङ् जान तयार भयाँ। मितिनि अामाले दुध नखाई जान नदिने हुनुभयो। दुध दुऊन्जेल कुर्नुपर्ने भो। मितिनि अामाको घरको बिहानको दुध र दिऊसोको मोहि-मकै अति मिठो हुने भन्ने गाऊभरि चर्चा हुन्थ्यो। दुध खाएरै जाने भईयो। म मितिनिअामा भैसि दुहुदै गर्दा अोछ्यान मिलाऊन र झोला लिन बार्देलिमा ऊक्ले।

सुनिता ले बोलेको सुनें। अोई सिमा ऊठ त। त्यो बेलुका तेरो पछिलाग्ने केटो रातिनै बाहुन भन्ज्याङ् जाने भन्थ्यो हैन! तेसलाई मैले भर्खर तलअाँगनमा मुखधुदै गरेको देखें। बुजिस् त्यो काहाँदेखि तेरो पछि लागिराहो थाहाछैन। यो तेरोलागि जस्तो झुटो बोल्नपनि तम्सिने भएछ। हेर येल्ले तेरो पिछा तेसै छोडला जस्तो छैन। सिमाले भनि, तेस्तो चै हैन है। केहि पर्यो होलानि। सोध्न ऊसैलाई गएर। थाहा लागि हाल्छ । सुनिता बोलि, हेरन अझै ऊसैको पक्ष लिन्छे। लौ यो पनि ‘पुरि तरहसे फसगई। महौंलाको खबर करों क्यू?’ भनि हिन्दिमा बोलि । सिमाले तुरून्तै ऊत्तर फर्काई, तँलाई मनपरेको भनेकि हैनस। लौ तै पछि लाग तेसको। मैले सबै तँलाईनै छोडदियाँ। ल हेरू न त तँ कति पानिमा रैछेस। खालि जतापनि जहिले पनि मलाईनै दुश्मन देख्छे यार।

तिनिहरूको कुरा सुनेर मलाई हाँस पनि ऊठ्यो र रिस पनि। पहिलो नजरमै अाफ्नो ध्यान खिचेकि ब्ल्याकबिऊटिको बिचार सुनेपछि मनमा ऊ प्रति गहिरो धृणा जागेर अायो। सेक्सि सुनिताको अघि गोरि टिटिक्क परेकि भएपनि सिमाले भने मेरो मनमा राति देखिनै प्रभाब जमाऊन सकेकि थिईन। ऊ प्रति सामान्य सदभाव बाहेक अरू भाबना खासै पैदाभएन।

अाफू कुनै मिसनमा भएको रियलाईज गरि चुपचाप म मितिनि अामाले दिनुभएको तातो दुध पिएँ र लागें बाहुन भन्ज्याङ – अाफ्नै गन्तब्य तिर। सुनिता र सिमा सँग तेसपछि न कहिलै भेट भयो न ऊनिहरू बारै कुनै खबर नै प्राप्त भयो।

मेरो मानसपटलमा सुरक्षित यो २७ बर्षअघिको घटना मलाई भने भिन्न सन्दर्भमा क्यानडाको दैनिक घटने दैनिकि नै हो जस्तो भान भएको छ। अाफ्नो महत्व वा मुल्यबारे अाफू अनबिज्ञ हनु, अर्काको बारेमा अाफूमा परेको प्रभाबका अाधारमा अाफू जानाकार नभएको बिषय बस्तु बारे निर्णयमापुग्नु र तेसै अनुसार अरूलाई ब्यबाहार गरिनु अाफूलाई अाफ्नो प्रियबस्तु बाट सधैकालागि टाडा लैजाने कारक हुन्छ भन्ने सामान्य तथ्य जो कोईको समजले हत्त पत्त महसुस गर्न सक्ने बिषय नै हैन रहेछ।

परिवारिक सम्बन्धमा लोग्ने स्वास्नि बिच सानातिना असमजदारिले परिबारिक जिबननै नरकिय बनाईदिनु र सामाजिक सम्बन्धमा अाफ्नै अन्तरअात्माले पैदागरेको अाफ्नो बारेको हिनताबोधबाट साथिभाईको प्रगतिमा गर्व गर्नसक्ने क्षमताबाटै अाफूलाई स्कलित बनाईदिनु यसका ऊदारण रहेछन्।

मनोबैज्ञानिकहरूले सुजाए अनुरूप जब मानिसलाई अाफ्नो सबल पक्षको हेक्का हुदैन तब ऊसमा अन्य ब्यक्तिको सबल पक्षको बारे नबरात्मक सोच बिकास हुन्छ।

जब मान्छेलाई अाफ्नो यथार्थ स्विकार्न अप्ठ्यारो पर्छ तब ऊसले अादर्शबादि कुरागर्न मात्र सुरूगर्ने होईन पुर्ण अाडम्बरि जिबन पद्दति अबलम्बन गर्छ। सुरूमा भरच्युयल वा देखाबटि जिवन जिऊने रहर पछि अादत बन्न जान्छ। ऊ अब अाफूले अाफूलाईनै ढाँटने मनोबैज्ञानिक लतको सिकार हुन्छ। जस्तै ऊदारणको लागि समय बित्दैजाँदा यो सुपेरियर अाडम्बरि कम्प्लेक्सनले मान्छेलाई जुन बिषयको कुराहुदा पनि अाफै बिज्ञको रूपमा प्रस्तुत हुनुपर्ने, सभा वा मिटिङमा अाफैलेमात्र माईक समातेर बोलि रहनु पर्ने, सबैको ध्यान अाफैमा केन्द्रित हुनुपर्ने, साजिक सन्जालमा अार्काको निन्दा गर्न गर्ब गर्ने, अाफूलाई सबैले मानिदिनु पर्ने तर अाफूले भने सामान्य अौपचारिकता पनि पुरागर्न बिर्सने अादिजस्ता बानि ब्यहोराको सिकार बन्दछ।

प्रबासि जिबनको सन्दर्भमा कुनै एक मुलुकमा स्थापित भईसकेका ब्यक्तिहरू अार्को मुलुकमा जिरोबाट जिबन सुरूगर्ने ईरादामा बसाई सरेका हुन्छन्। जुन न त सहज हुन्छ । न त सोचे अनुसारको पुर्ण सेटलमेन्ट तुरून्तै सम्भब हुने कुरानै भयो। बसाई सरिसकेपछि अाफ्नो यथार्थलाई स्बिकारेर नया भूमिको अाबश्यकता अनुरूप अाफूलाई सक्क्षम बनाऊन लाग्नपर्ने समयमा कतिपया ईमिग्रेन्टहरू भरच्युयल सामाजिक प्रतिष्ठा कमाऊने लंगडो सोखका कारण अाफ्नो क्यारियर बिगारेका ऊधारण क्यानडामा समेत भेटिने गरेको छ। हुनत कालन्तरमा कतिपया मानिसहरू बास्तबिकताको पहिचान गर्न सक्क्षम भई पुन सफल ब्यबसाहि हुन सफल भएको पनि भेटिन्छ। एकाध भने यो रोगले यति ग्रसित बनिसकेका भेटिनछन् कि यिनिहरू अाफ्नो परिबार को मात्र नभई कम्युनिटिकै भाईरसकारूपमा स्थापित भएका भन्दा पनि अनुचित नहोला। कहिले काहिं त अाफ्नो क्षमता र हैसियत अनुसारकै जिम्बेबारि पाएका माहाशय हरू समेत मात्र अात्मारतिका लागि समाजमा अाफ्नो जिम्बेबरिलाई बास्तबिकता भन्दा अलि बढाई चडाई प्रस्तुत गर्ने र अप्राकृतिक सामाजिक प्रतिष्ठा स्थापित गराऊन चाहने सौखमा अाफ्नै परिबारिक सुख र सामाजिक प्रतिष्ठा सबै तिलान्जलि दिनपुगेका पनि भेटिन्छन्।

समग्रमा भन्नुपर्दा ईमिग्रेन्ट जिवनलाईनै धाराशाहि पार्न सक्ने यिसबै बिकृतिका जड बाट बच्न हिन्दि चलचित्रको गितको बोल “क्या चिंज हें तू खुद भि तूमको मालूम नहिं हैं” ले ईङ्कित गरे अनुसार अाफ्नो सबल पक्षबारे सकेसम्म बढि जानाकारि लिन प्रयास गर्ने र नयाँ कर्मक्षेत्रमा तेसैको ऊपयोग गर्ने निति लिनुलाई सफलता पाऊने मुलमन्त्र मानिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE