मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बारेन बफेटले बालमार्टको अाफ्नो सबै स्टकसेयर बेचे : बिज्ञ भन्छन ई-कमर्स युगको सुरूवात भईसक्यो।

अाजैबाट लागुहुने गरि बारेन बफेटले बालमार्टको अाफ्नो बाँकि $९०० मिलियनको स्टकसेयर बेचेर बालमार्टबाट अाफ्नो लगानि निकाल्नु र एयरलाईन ईण्डस्ट्रिमा हातहाल्ने निर्णय लिनु लाई परम्परागत रिटेल सेलबेस पसल वा स्टोरहरू र तिनमा अाश्रित रोजगारिको अौपचारिक मृत्युको सुरूबातको रूपमा सन्सारभर लिईएको छ।

अमेरिकि क्षेत्रको सबैभन्दाठुलो परम्परागत रिटेल स्टोरकोरूपमा स्थापित बालमार्टले हालसालै एमाजनको अनलाईन सेलसँग चर्को प्रतिस्पर्धामा २०१६ मा नराम्ररि पछारिएको थियो। एमाजनको ३५६ बिलियन डलर अनलाईन सेल गरिरहदा बालमार्टले मात्र २५८ बिलियन डलर सेलगर्न सक्नु र स्टोर सेलको ब्यपस्थापकिय खर्च अति ऊच्च रहने हुनाले बालमार्ट मात्रहैन अन्य खुद्रास्टोरहरू पनि दिनप्रतिदिन अाफ्नो प्रतिष्पर्धि क्षमता गुमाईरहेको बुज्न सकिन्छ।

सायद यसैलेहोला २०१६ को बार्षिक सेयरहोल्डर मिटिङमा बारेन बफेटले ई-कमर्स जायेन्ट (जुन अत्यान्त ठुलो शक्तिको रूपमा अघि अाईरहेछ) का कारण बालमार्ट जस्ता ब्रिक एण्ड मोटार्स रिटेलरहरूले चरम प्रतिस्पर्धा भोग्नुपरेको र बास्तममै ई-कमर्सले बालमार्टलाई दिनप्रतिदिन डिष्टरप्ट गरिरहेको बताएका थिए।

२०१२ मा तत्कालिन बालमार्टका सिईअो माईक डुकेले आफुलाई बालमार्टले ई-कमर्समा प्रतिष्पर्धि हुनसक्ने गरि लगानि गर्न सेयरहोल्डर हरूलाई सहमत गराऊन नसकेकोमा पछुतो भएको बताएका थिएभने बारेन्ट बफेटपनि तेसमा लगभग सहमत रहेको मानिन्थ्यो। ब्यबसायको अति चतुर र भबिष्य बुज्ने मानिने बारेन्ट बफेटले सन् २००५ मा बालमार्टको पहिलो सेयर किनेकाथिए। सन् २०१४ मा अाईपुग्दा बालमार्टको सेयरमा २१% गिराबट अाएको थियो भने अमाजनले ११९% अाफ्नो ब्यबसाय बृद्दिगर्न सफल भएको थियो। २०१५ मा बालमार्टले मात्र १३.७ बिलियन डलरको अनलाईन सेल गरिरहदा अमाजनको सेल १०७ बिलियन डलर भईरहेको देखेका बफेटले बालमार्टबाट समयमै अाफ्नो लगानि निकालि सुरक्षित स्थानमा लैजान भित्रभित्रै धेरै लामो कसरत गरेको बुज्न सकिन्छ।

हुनत बफेटले बालमार्टबाट अाफ्नो लगानि निकालि रहदा पनि बालमार्टको बिक्रि ४८२ बिलियन डलर छ जुन एमाजनको भन्दा ४ गुना धेरै छ। तर पनि २००५ मै सियर्स र कमार्टको गिराबट जुनकारणले हुनेछ भनि बारेन बफेटले भबिष्यबाणि गरेका थिए। त्यो भईमात्र छाडेन अमेरिकाका मेसि र जेसिपेनिका समेत सयौ स्टोरहरू सोहिकारण बाट बन्द भएको बफेटले निकै नजिक बाट नियालेका थिए। यसैबिच बफेटको अौपचारिक रूपमै बालमार्टबाट सम्पुर्ण लगानि फिर्तालाने अबस्था लाई खुद्रा स्टोरको मृतुको सुरूवात, रिटेल सेल जबको अन्त र ई-कमर्स जबको बुमिङ युगको सुरूवातको रूपमा लिईएको छ।

– नारायण घिमिरे, टोरन्टो, क्यानडा।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE