मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अनुमान गरिएको र बास्तबिक सत्यमा भिन्नता : सासत्व सत्य !

गत हप्ता काममा अलि बढिनै ब्यस्त भईएछ। घर पुगीअारम के गर्न लागेको फेन्ट पो भईएछ। श्रीमति ज्यूको ९११ कलमा ५ मिनेटमै घर अाईपुगेका प्यारामेडिकको चेकले हटयाट्याक नभएको भनि ब्लडबर्कका लागि ईमरजेन्सिमा पुगेपछि मेरो सरिरको सम्पुर्ण चेकजाँच भयो। सरिर तन्दुरूस्त रहेछ । खान पिऊन बिर्सेकाले डिहाड्रेसनका कारण फेन्ट भएको निचोड डाक्टरहरूले निकाले । यो घटनाले ब्यक्तिगत रूपमा भने मलाई २ बटा निकै ठूलो फाईदा दियो।

पहिलो मनोबैज्ञानिक लाभ थियो। मलाई अाफ्नो सरिर निकै मोटाई सकेकाले हर्टयाट्याक र सुगर टाईपको रोग भईसकेको तर लक्षण नदेखिएको हो कि भनि सधै डर लाग्थ्यो। कतै सरिरमा छसक्क हुदा पनि हट याट्याक अायोकेरे जस्तो झसङ्ग हुने। समय यसरि गुज्रेको थियो कि यस्तो डर पैदाहुनु झन्डै दैनिकि नै बनिसकेको थियो। लाग्थ्यो अब यसरि हुदैन ! अब डाक्टरको सल्लाह लिनुपर्छ।

तर डाक्टर भेट्न कहिले जाने? डाक्टर भेटमा डाक्टर बाट तपाईलाई कि हटयाट्याक को, कि सुगर को कम्प्रेक्सन सुरूभएको छ भनि सुन्नु पर्नेछ भन्ने डरले बडिको सामान्य चेकअप गर्न जानेदिन मैले जुराऊनै नसकि रहेको अबस्था थियो। सोहि कारण मैले डक्टर लाई भेटन नगएको धेरै भएको थियो। मलाई त्यो फोबिया बाट यो घटनाले मुक्त गरायो।

अार्को मलाई प्राप्त भएको चहिं अाध्यात्मिक लाभ हो। जति बेला मलाई ईमरजेन्सिमा लगियो ब्लडबोर्कका लागि भनि ब्लडस्याम्पल लिएर सम्पुर्ण टेष्टगरि केभएको हो भनि निचोटमा पुग्न झण्डै ३ घण्टाको समय लाग्यो। त्यो ३ घण्टा मेरो जिबनका ३०० दिन जस्तो बन्यो। त्यो समयमा मेरा मनमा यस्ता कुराहरू चले जुन अाफू, अाफ्नो जिबन, परिवार र जिम्बेबारि र दैनिकका कतिपय फगत बेकारका लुछाझम्टि सम्बन्धका थिए। ओहो ! जिबन कति भल्नरेबल रहेछ। यस्तो नाजुक र बहुमुल्य जिबनका पलहरूको सहि पहिचान नगरेर किन नन-प्रटक्टिब छिनाझम्टिमा समय दुरूपयोग गरियो भन्ने गहिरो रियलाईजेसन यसले गरायो।

निकै छोटो समयमा डाक्टरको पुर्ण चेकजाँच पछि अाएको रिजल्ट र मलाई सुनाईएको निश्कर्षले मैले देखेको दुर्गति तर्फ मेरो स्वास्थ्य ऊन्मुख नभएको सुनिरहदा मलाई भने “मैले सपनि त देखिरहेको हैन” भन्ने भ्रम लागिरहयो। जसलाई बिश्वास गर्न मैले पटक पटक श्रीमतिजी सँग रिकन्फर्म गर्नुपरेको थियो।

समग्रमा मानब जिबनका अाफ्नै बारेको अाफूले सत्य भनि स्बिकार गरिएको सत्य र बास्तबिक सत्यमा फरक हुन सक्नु कुनै अाश्चर्यको कुरा नै होईन। अाफूसँग सामान्य सम्बन्ध राख्ने र कुनै सम्बन्ध नै नराख्ने अन्य बिषयका बारेमा पनि अाफुले अनुमान गरिएको सत्य र बास्तबिक सत्यमा धेरैहद सम्म भिन्नता रहनसक्छ। लाग्थ्यो ! यो घटना येसैको बोध गर्नु भनि भगवान बाटै प्रायोजीत थियो।”सासत्व सत्य” भन्ने शब्दको अर्थ बोधका लागि? खै उनै भगवान लाई थाहा होला बास्तबिकता !!

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE