मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

राष्ट्रपति रामवरण यादव बाट अध्यक्ष सुवास नेम्वाङ अपमानित

राष्ट्रपति रामवरण यादव भेट्न पुगेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अपमानित महसुस गर्दैशीतलनिवासबाट बाहिरिएको खुलासा भएको छ ।

आगामी ३ असोजमा हुने संविधान घोषणा समारोहमा उपस्थित हुन मंगलबार औपचारिक निम्ता लिएर गएकामा राष्ट्रपतिले सकारात्मक व्यवहार नदेखाएपछि नेम्वाङले अपमानित महसुस गरेका हुन् ।

स्रोतका अनुसार राष्ट्रपति यादवले सभाध्यक्षसँग हात मिलाउनसमेत गाह्रो मानेका थिए । यसअघिका भेटमा मुलुकको अवस्था र संविधान लेखनबारे खुलेर धारणा राख्ने राष्ट्रपतिले नेम्वाङको आगमनलाई खासै चासो दिएनन् ।

2

राष्ट्रपतिको व्यवहारबाट दुःखित भएका नेम्वाङ शीतलनिवासको चिया समेत नपिई बाहिरिएका थिए ।

उनले संविधान घोषणा कार्यक्रममा आउन निम्ता दिए पनि राष्ट्रपतिले निम्ता स्विकार वा अस्विकार केही गरेनन् ।

‘यसबारेमा म पछि औपचारिक रुपमा जानकारी पठाउँछु’, राष्ट्रपतिले यत्ति मात्र भने ।

यसअघि सभाध्यक्षले सोमबार नै निम्ता दिन चाहेकामा राष्ट्रपति कार्यालयले मंगलबार बिहान ९ बजेका लागि मात्र समय मिलाएको थियो ।

आन्दोलनरत मधेस केन्द्रितसहित असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान जारी गर्न सभाध्यक्ष र प्रमु्ख दलका शीर्ष नेतालाई दबाब दिँदै आएका राष्ट्रपति संविधान लेखन प्रक्रिया अघि बढेकामा रुष्ट छन् ।

दलहरुबीचको १६ बुँदे सहमतिमा संविधन जारी भएको एक महिनापछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने सहमतिका कारण राष्ट्रपति चिन्तित छन् । ३ असोजमा संविधान जारी भए कात्तिक ३ अगावै उनले शीतलनिवास खाली गर्नुपर्ने छ ।

राष्ट्रपतिले समारोहमा सरिक हुन आनाकानी गरेपछि सभाध्यक्षसहित प्रमुख दलका शीर्ष नेताको संविधानसभा भवनमा बसेको बैठकको निर्णयअनुसार मंगलबार नै संसदले ३ असोजमा संविधान घोषणा गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सार्वभौम संसदले नै मिति ताकेपछि समारोहमा उपस्थित हुन राष्ट्रपतिमाथि नैतिक दबाब परेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE