मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जमुना गुरूङकोअध्यक्षकालागि उम्मेदवारी : गैरेआबासीय नेपाली भन्छन, अबभने आशा पलायो!

क्यानेडियन रिपोर्टर,क्यानाडा। गैरआवासीय नेपाली संघको (एनआरएनए) अध्यक्ष पदकालागि जमुना गुरूङको उम्मेदवारी आएपछि बिस्वोभर छरिएर रहेका लाखौ गैरेआबासीय नेपाली डायस्पोरामा अबभने एनआरएनएले सहिदिशालिनेछ भनि आशा पलाएको छ। गैरआवासीय नेपाली संघको कतिपया नेत्रुत्वोका आकान्छीका भित्रि बास्तबिकता केलाउदा जब शेष घले गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ अध्यक्षमाआए र पुन निर्बाचित भए, एनआरएनएमा रहेका प्रबासी नेपालीको नाममा दिनहैन लिनका लागि एनआरएनएको केन्द्रिय नेतृत्व तहमै बस्ने, आफुले आफुलाई ऐ ग्रेडको अभियन्ताको फुली दिलाउदै प्रबासी नेपालीहरुलाई आर्थिक शोषण गरेका, रेस्टुरेन्टमा १२ घण्टा दलाएर उचित तलब र सुविधा नदिएका, मानव तस्करी गरेर सम्पत्ति जोडेका, एनआरएनएको प्रतिनिधि भएकै बहानामा नेपालको उच्च प्रसाशनमा प्रभाब जमाई उच्च – व्यवसायीक लाभ लिएकाहरु निराश हुन पुगे। कारण “एनआरएनए दिने हरुकालागि हो भन्ने” देखाउने दात (teeth) र ” एनआरएनए लिनेहरुका हरुकालागि हो भन्ने” चपाउने दात (teeth) बनाएका र जस्तोसुकै अनुचित कामगर्दा पनि सम्मानित हुने अवसर मिल्ने लाइसन दिलाउने अखडाका रुपमा एस्लाई प्रयोग गरिरहेका सिमित ग्रान्ड सर्कललाई घले दम्पतिले एनआरएनएमा देखाउने दात (teeth) र चपाउने दात (teeth) दुवै “यो सस्था मात्र दिने हरुकालागि हो भन्ने” प्रमाणित गरिदिए । त्यो सिमित ग्रान्ड सर्कल आफु जिल्लिएको तेती बेला महसुश गर्यो जब घले दम्पति तेतिमा मात्र सिमित बसेनन्। एनआरएनए मात्र दिने हरुकालागि हो भन्ने अबधारणा पूर्ण रुपमा शंस्थागत गर्न “भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड” जस्ता नमुना कार्यक्रमनै लियर अघि आए। एनआरएनएका सिमित अबसरबादी “ग्रान्ड सर्कलले” जब “भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड” लागु भएमा आफ्नो सिमित स्वार्थ पुरागर्ने सम्भावना सदैबकोलागि बन्दहुने र एनआरएनए मात्र दिने हरुकालागि अवसर रहने बुझे “मर्ता क्या नै कर्ता शैलीमा” जसरि पनि एनआरएनए कब्जा गर्ने नियतमा मात्र पुगेनन् – भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड जस्ता नमुना कार्यक्रमनै जसरि पनि र जुनसुकै मूल्यमा तुहाउन छलफलमै आउन नदिन ठुलो कसरत गरे ।

जतिबेला शेष घले र जमुना गुरुङहरू अस्ट्रेलियाको आफ्नो सारा निजि काम लठपत्र छाडेर लप्राकमै बसी निर्माण सामग्री र ईट्टा बनाऊदै थिए, ठिक तेसै समयमा केन्द्रिय कार्य समितिमै रहेरपनि मात्र एकपटक समेत लाप्राक बस्तीमा पाहिला (even single step) समेत नराखेकाहरु केही फगत चुनाबका लागि चुनाब जित्न हुस्किको चुस्कितान्दै देस-बिदेसमा भोट् माग्दै हिड्दै थिये। अबसरबादी भ्रमणहरुमा समान नियेत बोक्नेहरुको एकातर्फ अन्तरास्ट्रिय अबसरबादी किल्ला बनाऊने र अर्को तर्फ “अनुकुलतामा आफै चुनाबलडी जित्ने” र प्रतिकुलतामा यी यी टाउका मेरा आफ्नै हनुमानहुन् भन्दै टाउका खरिद बिक्रिगरि लाभलिने नियेत लिइयो। स्वर्थ र ईगो भन्ने चिज एस्तो हुदो रैछ कि एनआरएनको सदस्यमा जस्ले धेरै पैसा लगानी गर्छ उ ठुलो ग्रेडको सदस्य हुनुपर्ने, आफु ए ग्रेडको सदस्य भएको दाबि गर्ने, एनआरएनए मा ब्रेनड्रेन भएकाले काम गरेको अनुभब भएका लाईमात्र टोलिनेता दिन मिल्ने, सम्पुर्ण मानव संबेदनसिलताको हद नागेर प्रबासि नेपालिहरू ऑफ्नो कारण वाट मर्ने तर भार उनि जस्तालाई पर्ने, पैसाको विटो वोकेर आएका उनीहरु जस्ता गाईलाई घॉस नदिने नेपाली जनता अनि तिनले भनेकै भरमा एनआरएन नवनेकोमा एनआरएनको सदस्य नबनेका सम्पुर्ण प्रवासि नेपालिहरूलाई सँकिर्ण मानसिकता बोकेको मानिसहरू भनि पगरि लगाउने, अनि एननआरएनको लिडरशिप चलाउन पाए नेपाल कै काया पल्ट गर्ने भन्ने सम्म को सर्बजिक मेडियाबाट बिना संकोच फुक्नेहरु कै सारथी उपेन्द्र महतो र जिबा लामिछानेदाईहरु बनि दिन पर्ने दिन पनि देखियो। JUST WATCH THIS VIDEO:

उपेन्द्र महतो र जिबा लामिछानेदाईहरुको सदासयेतालाई चरम दुरुपयोग गर्दै सक्छम नेपाली महिलाको सम्मान दिन त परको कुरा योगदानलाई नै नस्वीकार्ने, आत्मिक उत्प्रेरणाले डो¥याएर हिंडिरहने शैक्षिक, वैज्ञानिक र प्राविधिक अभियन्ताहरूलाई सस्थामा छिर्नै नदिने, कुनै पनि मुल्यमा एनआरएनएको अभियेंताको खोक्रो पगरीमा पुराना डेट-एक्सपाएर अनुहारहरुको बर्चस्व राख्न खोजि जबर्दस्त एनआरएनएमा अब पूर्ण रुपमै बसाईसरि नेपाल बाहिर रहेका र मात्र कामका खातिर नेपाल बाहिर रहेकाहरु बीच ध्रुविकरण गराउन यो वर्ग लागि परेको छ। परम्परागत तरिकाले संस्था चलाउने, बुद्धिजिबी र युवा वर्गको पहुचबाट एनआरएनएलाई टाडाराख्न एनआरएनमा कम्तिमा अनिबार्य एक कार्यकाल काम गरेको अनुभब हुनुपर्ने सर्त लाधने, कामका खातिर नेपाल बाहिर रहेकाबाट आर्थिक शोषण, रेस्टुरेन्टमा १२ घण्टा दलाएर श्रमशोषण र मानवतस्करी गर्नेहरु बिनाप्रस्न नेत्रुत्वॊमा स्वीकृत हुनेगरि एनआरएनएको भिजन बनाउने, प्राय पूर्ण रुपमै बसाईसरि नेपाल बाहिर रहेका एनआरएनहरुको मर्म समेट्ने गरि आफू बसेको देशमा नेपाली भाषा, संस्कृति, नीति नियम र पद्दती प्रमोट गर्ने नियत बोकेको भिजन ट्वान्टी ट्वान्टीलाई लातमार्ने, अधिकांश देशमा स्वतस्फुर्तरुपले नेतृत्व तहमा पुगेका रन्जु वाग्ले, जमुना गुरुङ जस्ता काविल नेपाली महिलाहरूको सम्मान दिन त परको कुरा योगदानलाई नै नस्वीकार्ने र कुनै पनि मुल्यमा एनआरएनएको अभियेंताको खोक्रो पगरीमा पुराना डेट-एक्सपाएर अनुहारहरुको बर्चस्व राख्न खोज्नु, महिलाको नेत्रुवोगर्न सक्ने एथार्थलाई स्वीकार्न समेत नसक्ने मानसिकता ग्रसित हुनु “भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोण्ड” अलपत्र पार्न चाहनुको आर्को कसी बन्न गएको थियो।

हुनत गलत लामो समय टिक्दैन ! अन्तत: एनआरएनएको मार्गदर्शक प्रस्ताव Vision 2020 & Beyond सर्बसम्मत पारित गर्ने पर्ने बध्धेता आयो ! अध्यक्ष घलेले प्रस्तुत गरेको प्रस्तावमाथि धारणा राख्दै संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको भिजन र संरचनाहरु समयअनुसार सुधार र परिवर्तन जरुरी रहेको भन्दै मार्गचित्रमा राम्रा प्रस्ताव समेटिएकोले आफ्नो पूर्ण सर्मथन रहेको बताए। संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पोलिसी इन्स्टिच्यूट निर्माण गर्ने, संघ अन्तर्गत फाउण्डेसन स्थापना गर्नेलगायतका प्रस्ताव समयसापेक्ष रहेको भन्दै प्रस्तावलाई अनुमोदन गर्नुपर्ने बताए।पूर्व अध्यक्ष देवमान हिराचनले भिजनले एनआरएनलाई संस्थागत गर्ने भन्दै यसलाई कार्यान्वयनतर्फ बढाउनुपर्ने बताए। सहभागी प्रतिनिधिले भिजन २०२० एण्ड बियोण्डले संस्थाको प्रष्ट मार्गचित्र देखाएको भन्दै एनआरएनएको मार्गदर्शक प्रस्ताव Vision 2020 & Beyond सर्बसम्मत पारित गरे !! भिजन २०२० एण्ड बियोण्डले संस्थाको प्रष्ट मार्गचित्र पास हुनु भनेकै तेसैको सुत्रधारले सस्थाको लिडरसीप लिन दिनु अनिबार्ये हुनुपर्नेमा फेरी जातियताको मुद्दा उठाएर हुन्छ कि घले कि श्रीमिति भनि नारी अस्त्तिवॊ माथिनै धावा बोलेर हुन्छ योवर्ग जमुना गुरूङको नियोजित प्रहार मा मात्र उत्रेको छैन, तिमि आत्मिक उत्प्रेरणाले डो¥याएर हिंडिरहने शैक्षिक, वैज्ञानिक र प्राविधिक अभियन्ताहरूलाई एनआरएनएमा न त बस्ने ठाउँ न ईज्जेत नै छ भन्ने संदेश संसारभर दिईरहेका छन्।

भित्रभित्रै धमिरा लागेको एनआरएनएलाई घलेको कार्यकालमा घले दम्पतिको निस्वार्थ सेवाबाट पुग्नगएको ठुलो संजीवनीका कारण संसारभर छरिएर रहेका “एनआरएनएको मात्र हित चिताउने” नेपालीहरुले ठुलो आशाका केन्द्र बनेकी जमुना घले काठमाण्डौमा जारि गैरआवासीय नेपाली संघको ८ औं विश्व सम्मेलनअन्तर्गत आज हुने संघको आठौ महाधिवेशनमा अध्यक्ष पदकालागि उमेदवारी दर्ता गर्नु भएको छ। गुरुङले एनआरएनएको मार्गचित्रका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सार्थकता दिन र बिश्वभरि छरिएर रहेका एनआरएनएको एकता र बिकाशका लागि उमेदवारी दर्ता गरेको बताउनुभयो। गुरुङ्गले विश्वभरि छरिएर रहेका एनआरएनहरुको कदर गर्दै आगामी दिनमा संघलाइ आर्थिक, सामाजिक, सांस्कृतिक यवं कुटनैतिक स्तरमा अगाडि बढाउने पबित्र उदेश्यले गर्दा विश्वभरिका प्रतिनिधिको साथ र भरोशा पाएको बताउनुभयो। गुरुङ एनआरएनएको एक सबल,स्पस्ट भिजन र सबैलाई समेट्न सक्ने क्षमता भएकी सक्षम महिलाका रुपमा परिचित हुनुहुन्छ।

– नारायण घिमिरे, रिपोर्टर्स, क्यानेडियन रिपोर्टर !!

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE