मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

किन सुनिन्छ एकाबिहानै फलानालाई २ – ३ पटक हार्टएटेक र इस्ट्रोक आयेकोरे भन्ने समाचार ?

एकाबिहानै मनिशलाई २ – ३ पटक हार्टएटेक र इस्ट्रोक आयेकोरे भनि सुनिनु सामान्ने भै सक्यॊ l मान्छेको बायोलोजिकल कार्यबिधि (circadian biology) आफ्नै अन्तरिक दैनिकीको घडी संग जोडिएको हुन्छ l जब मान्छे आफ्नो नियमित रुटिंगको बानी बसाल्छ, उसको अन्तरिक दैनिकीको घडी तेसरिनै सेट हुन्छ l जब उठ्ने समय हुन्छ, उसको अन्तरिक घडीले सरिरको ब्लड प्रेसरलाई नियन्त्रणमा लिएर बढाइदिने गर्छ l ताकी हामी बिउजिन सकौ l हार्टएटेक र इस्ट्रोकको जोखिममा रहेकाहरुलाई बढाइदिने ब्लड प्रेसरका कारण उठ्ने समयमा हार्टएटेक र इस्ट्रोक आउने गर्छ l हाम्रो सरिरको बायोलोजिकल क्लकसंग biological clock हार्टएटेक र इस्ट्रोक सम्बन्धित भएको तथ्थे अब नौलो रहेन l हुनपनि हाम्रा सरिरका प्रतेक बायोलोजिकल कार्यबिधि (जस्तै मोटोपन, क्रोनिक इन्फ्लेमेटरी डिजिज, Cancer आदि) बायोलोजिकल क्लकसंग पूर्ण सम्बन्धित हुने गर्छ l

२०१७ को मेडिसिन र फिजोलोजीको नोबल प्राईज मनिशको मल्टीसेलुलर लाइफबारे गरिएको खोज लाई दियियो l जुन बास्तबमा हाम्रो बायोलोजिकल क्लक जसलाई बडी क्लक पनि भनिन्छ को रिसर्च हो l हाम्रो सरिरको २४ घण्टाको दिनरातको गतिबिधि “सर्कादियन रिदम” circadian rhythms बास्तबमा “सर्कादियन क्लक” circadian clock बाट नियेन्त्रित हुन्छ l सरिरको बायोलोजिकल क्लकले निश्चित समयमा निश्चित गतिबिधिहरुहुने हाम्रा दैनिकीहरुको लेखाजोखा गरि हाम्रो बानीबेहोराको विकास गर्ने गर्छ भन्ने तथ्थे उजागर गर्न सक्नु बडी क्लक रिसर्चको मुख्खे उपलब्धि हो l रिसर्चका अनुसार हाम्रो सरिरको प्रतेक सेलमा मलिकुलर क्लक (Molecular Clock) हुन्छ जुन २४ घण्टानै सेलको प्रोटिनहरुको मुवमेंटबाट जिनलाई हाम्रो आदतको पालना गराउन पल्सहरु पठाउने गर्छl प्राप्त पल्सहरुका अनुसार हाम्रो जिनले रक्त – संचारको घटबड मार्फत हाम्रो सारीरिक गतिबिधि परिचालन गर्छl जस्तै तपाईलाई निन्द्राको जरुरि भएको बेला निन्द्रा बढाउने मेलाटोनिन नामक हर्मोन यिनै प्रक्रियाबाट रिलिज गरिन्छ ताकी तपाई मस्त निन्द्रामा जान सक्नुहोस l

पछिल्लो समयमा खाना भन्दा पनि तपाइको खाना खाने आदत तपाईको स्वस्थमा बढी प्रभाबकारी रहने तथ्थे अगाडी आएको छ l रिसर्चबाट के देखियो भने तपाई आफ्नो दिउसोको सक्रिय समयमा धेरै चिल्लो पदार्थनै किन नखानुस, तपाईको सरिर छरितै रहन्छ l तर येदि तपाई दिनको सक्रिय र रातको निस्क्रिय समयमा एकै प्रकारको खाना खानु हुन्छ भने तपाई मोटोपनाको सिकार हुनुहुन्छ l जे होस् आज सम्मका रिसर्चका उपलब्धि तपाई र मेरा लागि भने किन चाखको बिसय बनेको छ भने निकट भाबिश्सेमै सायद बैज्ञानिकहरु एस्तो औसधि बनाउन सक्ने छन् जसले हाम्रो सेलुलर क्लकसंग हाम्रा गतिबिधि हरुको तालमेल मिलाईदिन सक्नेछन l अनि त खान पान, आचरण र निन्द्रा जस्ता बिसयेमा आएको परिवर्तनका कारण मानिसको मानब स्वस्थमा पर्नगएको प्रतिकुल असर हुनसक्ने टनटा खलास हुने छ l

हुनपनि आजको परिवर्तित जिबन सैलीका कारण मानिसमा समयमा सुत्न नपाउदा निन्द्राका कारण पैदा भएको सेलुलर क्लकसंग नमिल्नेगरि हुनजाने गतिबिधिका कारण देखिएको भोक हरण, मुटुको गतिबिधिमा समस्सा, हर्मोन उत्पादनमा बिकृति अधि इत्तेधि हाम्रा परिवर्तित गतिबिधिहरुलाई सेलुलर क्लकसंग सिङ्ग्क्रोनाईज गर्नसक्ने ड्रग बन्न सके ठुलै राहत मिल्ने छ l

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE