मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

NRN ICC अमेरिका क्षेत्रीय संयोजक पदमा खगेन्द्र जी.सीले उम्मेदवारी घोषणा गर्नु हुने

 

0

गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सातौ विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुदैछ | यो सम्मेलनले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ | उक्त सम्मेलनमा अमेरिकाबाट एक सय बढी प्रतिनिधि र झन्डै त्यतिकै संख्यामा पर्यबेक्षक सहभागी हुने विश्वास गरिएको छ |गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा कानुन ब्यबसायी खगेन्द्र जीसीले उमेद्वारीका बारेमा आफ्ना नजिकका साथीभाईहरुसंग आफ्नो उमेद्वारीका बारेमा छलफल गरिरहनु भएकोछ | उहाँले उमेद्वारीको औपचारिक घोषणा गरिसक्नु भएको छैन |

उहाँको विगतको काम र अनुभवको आधारमा धेरै साथीभाईहरुले आईसीसीमा बसेर काम गर्न सल्लाह, सुझाब मात्र हैनकि जबर्जस्त जोड बल गरेका छन् | खगेन्द्र जीसीले साथी भाईको चरम दबाबका कारण आफ्नो उम्मेदवारी घोषणा गर्नु हुने भएको लगभग निश्चीत जस्तै भैसकेको हो | उहाँले यस बिषयको औपचारिक धारणा सेप्टेम्बर १९ सनिबार न्युयोर्कको  ज्याक्सन हाईटस्थित चौतारी रेस्टुरेन्टमा सनिबार १ देखि ४ बजेसम्म रखियेको औपचारिक घोषणा कार्यक्रममा सार्बजनिक गर्ने बुझिएको छ |  पत्रकारहरुका साथै एनआरएनका बारेमा चासो राख्ने साथीहरुलाई निमन्त्रणा गरिएको  उक्त कार्यक्रममा खगेन्द्र जीसीले उहाँको उमेद्वारी किन र केका लागि भनेर बताउनु हुने छ |

1

अमेरिकामा नेपालीहरु माझ सफल कानुन ब्यबसायीका रुपले चर्चित जी.सी.लाई पछिल्लो समय कुशल एनआरएन अभियन्ता मानिएको छ | एनआरएन अमेरिकाको राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जी.सी.ले केहि सयको संख्यामा रहेको संघको सदस्यता बढाएर झन्डै ११ हजार पुर्याएको भनेर चर्चा कमाउनु भएको थियो |

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE