मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गोरखा आयूवैध कम्पनीको बेदीक-जी

गोरखा आयुर्बेद कम्पनी प्रा.लि.गोरखाले आयुवैधिक साबुन बेदीक-जी बजारमा ल्याए लगत्तै विक्री ह्वात्तै बढेको छ । १ सय ग्राम तौल भएको सो साबुनको बजार मूल्य ५५ रुपैंया पर्ने कम्पनीले २०७० असार १४ गते जनाएको थियो ।

सजिबन, नरिबल, पामवयल, काष्टिक सोडा, गिलिसिरीन, तितेपाती, अमला, निम, चिउरीको घ्यू मिसाएर बनाएको उत्त साबुन शत प्रतिशत भेजिटेरियन हो । देश भरका बजारमा दैनिक १ हजार साबुनको माग भएता पनि ५ सय पिस मात्र बजारमा पुर्‍याउन सकिएको कम्पनीले जनाएको छ । जिल्लाकै ४० प्रतिशत जडिबुटी र देशको अन्य भाग तथा भारत बाट आयात गरीएको जडिवुट्टी बाट साबुन निर्माण गरिदै आएको छ ।

२०४० सालमा स्थापना भएको गोरखा आयुर्बेदले ३२ प्रकारका औषधिहरु उत्पादन गर्दै स्वदेश तथा विदेशमा निर्यात गर्दै आएको छ । कम्पनीको चचित उत्पादन मध्ये गोरखा हनी, तुलसी, गुडुची, मिन्ट र सिनामन आयुवैधिक चिया, टेन्सरीङ ट्याब्लेट, अबिरपत्तिकर, त्रिफला, सिलाजित क्याप्सुल, निम क्याप्सुल, शक्तिटोन क्याप्सुल जस्ता औषधी विदेशमा समेत निर्यात गरी रहेको छ ।

पााच रोपनी क्षेत्रफलमा फैलिएको कम्पनीले जिल्लाको विभिन्न स्थानमा जग्गा भाडामा लिएर लेमन ग्रास र तुलसीको खेति गर्दै आएको छ । कम्पनीले बाषिर्क पााच करोड बरावरको औषधी उत्पादन गरी विक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीमा एक सय पचास जातका जडिबुटी खपत हुने गरेको छ । जिल्लाकै बारपाक, भच्चेक, ल्हो, प्रोक, सामागाउा तथा चितवन जिल्ला र भारतबाट ती जडिबुटी ल्याउने गरीन्छ । कम्पनीले उत्पादन गरेको च्याबनप्रासमा ४९ जातका जडिबुटी प्रयोग हुने समेत कम्पनीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE