मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली कांग्रेस तेह्रौँ महाधिवेशनको नयाँ कार्यतालिका

असार २५, २०७२
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा आज बस्यो । आजको बैठकले संविधान निर्माणको प्रकृयालाई ध्यानमा राखी तेह्रौँ महाधिवेशनको कार्यतालिका निम्नानुसार परिवर्तन गर्ने निर्णय गरेको छ ।

महाधिवेशनको नयाँ कार्यतालिका
नगर वडा, गाउँ र नगर अधिवेशन २०७२ भाद्र १ गते सम्पन्न गर्ने ।
निर्वाचन क्षेत्रीय अधिवेशन २०७२ भाद्र ७ गते सम्पन्न गर्ने ।
जिल्ला अधिवेशन २०७२ भाद्र १० सम्पन्न गर्ने ।
नेपाली कांग्रेसको तेह«ौँ महाधिवेशन २०७२ आश्विन २, ३, ४ र ५ गते काठमाडौँमा सम्पन्न गर्ने ।

ऋषिकेश तिवारी
मुख्य सचिव

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE