मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अन्तत: खगेन्द्र जि सी ले उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरे : सोनाम लामा अमेरिका क्षेत्रीय संयोजक पदमा

गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सातौ विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुदैछ | यो सम्मेलनले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ |

0

उक्त सम्मेलनमा गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा उमेद्वारीका बारेमा आफ्ना नजिकका साथीभाईहरुसंग आफ्नो उमेद्वारीका बारेमा छलफल गरिरहनु भएकाकानुन ब्यबसायी खगेन्द्र जीसीले अन्तत: सोनाम लामा लाई  उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा समर्थन गर्दै आफु उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरे| खगेन्द्र जीसीले साथी भाईको चरम दबाबका सेप्टेम्बर १९ सनिबार न्युयोर्कको  ज्याक्सन हाईटस्थित चौतारी रेस्टुरेन्टमा सनिबार १ देखि ४ बजेसम्म रखियेको औपचारिक घोषणा कार्यक्रममा उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन |न्यौयोर्क स्थित थुप्रै नेपालीहरु, पत्रकार र एनआरएनहरुका बिच ऊनले उक्त घोषणा गरेका हुन । स्मरणीय कुरा जिसीका पालामा नै एनआरएन अमेरिका संसारमा सबै भन्दा धेरै सदस्य भएको एनसिसी भएको थियो । यस अघि लामा र जि सी एकै पदमा उम्मेद्वारी हुने खबरले चिन्तित भएका अमेरिकी एनआरएनहरु अब भने धेरै खुशी र हर्शित हुँदै शुभकामना दिन थालेका छन ।1पेशाले कानून ब्यबसायी जि सी एनआरएन अमेरिकाका निबर्तमान अध्यक्ष पनि हुन । जित्ने घोडा बिस्तारै र हिरोले अन्तिममा डेखाउछ भने झैं गत २०१४ मा भएको एनआरएन अमेरिकाको निर्वाचनमा पनि खगेन्द्र जि सी ले कारीब अन्त अन्त तिर आएर मात्र आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए तर भरी मतले सफलता पाए । तेही सफलताबाट हौसिएका जि सी ले उम्मेद्वारी घोषणा पछी सबैलाई सहयोग गर्न र सोनाम लामा लाई पनि उत्तर अमेरिका क्षेत्रका लागि संयोजकमा निर्बिरोध निर्बाचित गराउन पहल गर्ने कुर बतायका छन । सोनाम लामाले अब एनआरएन अमेरिका एकै ढिक्का भएर जाने छ र खगेन्द्र जि सी निश्चित रुपमा बिजयी हुने कुरा गरेका छन ।2

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE