मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाल सरकारले पहिलो पटक नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली समेट्यो !

नेपालकि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा  पहिलो पटक  गैरआवासीय नेपालीको पहिचान मात्र गरेको छैन गैरआवासीय नेपालीहरुलाई नेपालमा आफ्नो ज्ञान, सीप र पूँजी उपयोग गर्न उत्पे्ररित गरिने भनि घोषणा गरिएको छ ! दुबै सदनको संयुक्त बैठकमा गैरआवासीय नेपालीको चासो रहने  तलका कुराहरु सरकारको नीति तथा कार्यक्रममा राखिएको छ।

 

  • गैरआवासीय नेपालीहरुलाई नेपालमा आफ्नो ज्ञान, सीप र पूँजी उपयोग गर्न उत्पे्ररित गरिने
  • विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने
  • सरकारले प्रतिब्यक्ति आयलाई ५ वर्षमा दोब्बर बनाउने
  • विकास निर्माण, परराष्ट्र, रक्षा लगायतका विषयमा सल्लाह दिन ‘थिंक ट्याङ्क’ गठन गर्ने
  • विज्ञान प्रविधिको क्षेत्रमा विश्वस्तरको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने विशिष्ट प्रतिष्ठानको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधी अध्ययन प्रतिष्ठान स्थापना गर्ने
  • एउटा नयाँ विश्वविद्यालय स्थापना गर्ने
  • कृषि क्षेत्रमा पाँच बर्षमा उत्पादन दोब्बर बनाउन आधुनिकिकरण र व्यावसायीकरण गरिने

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE