मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएन विज्ञ सम्मेलन सहआयोजक नेपाल सरकार !

गैरआवासीय नेपाली संघले आगामी अक्टोबर १२ देखी १४ सम्म काठमाडौंमा गर्न लागेको  विज्ञ सम्मेलनको सहआयोजक नेपाल सरकार हुने  संघका उपाध्यक्ष कुमार पन्तले जानकारी गराएका छन् । प्रबासी नेपालीले  प्रबासमा हासिल गरेको ज्ञान र सीप कसरी नेपालको समृद्धिकालागि उपयोग गर्न सकिएला भन्ने   उद्देश्यले गैरआवासीय नेपाली संघले अन्तराष्ट्रिय स्तरको  विज्ञ सम्मेलनको  आयोजना गर्दै छ।

प्राप्त समाचारका अनुसार आजै सोमवार उपाध्यक्ष पन्त, गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली बीच  भएको वार्ता पछि नेपाल सरकार सहआयोजक बन्न सहमत बनेको थियो। संघका संरक्षक जीवा लामिछानेको टिमसंगको कुराकानीमा पहिलो पटक गैरआवासीय नेपालीहरुको पहलमा नेपालमा आयोजना हुन लागेको विज्ञ सम्मेलन प्रति नेपाल सरकारका प्रधानमन्त्री सकारात्मक र उत्साहित भेटिए । उक्त भेटघाटमा नेकपाका संसदीय दलका उपनेता सुवास नेग्वागं समेत सहभागी थिय।

पहिलो चरणको गैरआवासीय नेपाली संघले अन्तराष्ट्रिय स्तरको विज्ञ सम्मेलनको आयोजना गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रमा आगामी जुन १६ तारिखमा हुन लागेको र  बौद्धिक भेलाको तयारी अन्तिम चरणमा पुगेको छ। एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीेका अनुसार बौद्धिक भेलाका लागि आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागी हुन पर्यटनमन्त्री रविन्द्र अधिकारी अमेरिका आउने निश्चित भएको बताईएको छ।  विज्ञका रुपमा नेपालबाट व्यवसायी विनोद चौधरी, योजना आयोगका पुर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले, अर्थविद विश्व पौडेल, काँग्रेस नेता गगन थापा, एमाले साँसद कृष्णभक्त पोख्रेल सहभागी हुने बताईएको छ।

अमेरिका क्षेत्रको सम्मेलनका संयोजक डिल्ली भट्टराईका अनुसार १६ तारिख बिहानदेखि रातीसम्म आधा दर्जन कार्यपत्रहरु माथि छलफल हुने र अन्त्यमा डा. रुद्र अर्यालको संयोजकत्वमा गठित समितिको सहजीकरणमा सान्फ्रान्सिस्को घोषणापत्र जारी गरिने छ । भेलाका लागि एनआरएन आईसिसिबाट पुर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, जिवा लामिछाने, शेष घले, अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य महासचिव डा. बद्री केसी, महिला उपाध्यक्ष सफिला राजभण्डारी, आईसिसि सल्लाहकार डा. हेम राज शर्मालगायत टोली आउने जानकारी दिईएको छ । आगामी अक्टोवर १४ मा नेपालमा हुन लागेको विश्वस्तरीय बौद्धिक सम्मेलनको पुर्बाधारका रुपमा सानफ्रान्सिस्को सम्मेलन हुने र तेस लगतै  युरोपको लक्जेम्बर्समा मिनि सम्मेलनको योजना हुने कार्यक्रम अघि सारिएको छ।

नेपाल सरकारको समृद्ध नेपाल, खुशी नेपाली अभियानलाई सहयोग पुग्नेगरी हुन लागेको भेलामा क्यानाडामा कार्यरत वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता, प्राध्यापक, राजनीतिज्ञ, विद्यार्थी, व्यवसायी, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सक्रिय सहभागिताकालागि गैरआवासीय नेपाली संघ क्यानाडाले अनुरोध गरेको छ । गैरआवासीय नेपाली संघ क्यानाडाका अनुसार  क्यानाडाबासी नेपाली मुलका कनेदियाँनहरु  क्यानाडामा हासिल गरेको ज्ञान र सीप कसरी नेपालको समृद्धिकालागि उपयोगगर्न सकिएला भन्नेबारे  छलफलमा सहभागी हुने र क्यानाडामा कार्यरत  विज्ञहरूले भेलामा कृषी उधमकालागि पुर्वाधार विकास, शिछा, वातावरण , स्वास्थ्य सेवा, अर्थनीति लगायतका क्षेत्रमा  आफ्नो कार्यपत्र र सुझावहरू प्रस्तुत गर्नेछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE