मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

विज्ञभेला सोचिए भन्दा प्रभाबकारी बन्यो !

सनफ्रान्सिस्को : गैरआवासीय नेपाली संघआयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भयो । भेलामा ३०० जना भन्दा बढीको सहभागिता थियो । विदेशमा कार्यरत नेपाली समुदायले आर्जन गरेको विज्ञता, सिप र दक्षतालाई नेपालको आवश्यकता अनुसार कसरी उपयोग गर्न सकिन्छ भन्ने पहिचान गरी नेपाल सरकारसंग मिलेर अर्को बृहत सम्मेलन आयोजना गर्ने पूर्व तयारीका रुपमा यो सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । एनआरएनएले विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गर्नु भनिएता एकाध कार्यपत्र मात्र समस्याका भारिबोकेका र लोकप्रियताका लिन बनाईएका प्रस्तुति  जस्ता देखिए जसलाई श्रोताले प्रतिक्रिया नदिएर  सिम्बोलिक बाई बाई गरिदिए ।

विज्ञ भेलाको सकारात्मक पक्ष भनेकोअरू समयमा बिभिन्न क्षेत्रमा कार्यरत साथिहरू विच नेटअोर्क गर्ने, सँगठन सबलिकरण, नेपाल तथा बिदेसमा सामुहिक लगानि र ब्यबसाय प्रबर्धनआदी हुने गर्दथ्यो। यसपटक तिनै नेटवर्क मित्रका एक आपसमा परिचित डायस्पोराहरू भित्र र बाहिर को हालसम्म कुन विसयमा कति गहिराई सम्म पुगि सकेका रहेछन् भन्ने थाहापाऊन कार्यक्रम सहयोगी बनेको थियो।

सहभागी  डायस्पोराहरूको बिज्ञतामा कसको बिज्ञता तत्काल र कसको बिज्ञता नेपालको ईनोभेटिब पुर्बाधार अलि परिपक्क बनेपछि नेपालमा ऊपयेगि हूनेछ भन्ने अन्दाज दिन विज्ञ भेला सफल बनेको छ ।

यो भेलाको मुल ऊदेश्य जे हो भनि आयोजना गरिएको भएतापनि भोलिन्टियर रूपमा आफूहाल यो बिषयमा प्राक्टिस गरिरहेको र यसलाई यसरि नेपालमा हस्तान्तरण गर्न सकिएला भनि एनआरएनको सिप र ज्ञान हस्तान्तरण अभियानमा सहभागि हुन तयार बास्तबिक बिज्ञ अमेरिका र क्यानडा क्षेत्रमा कति रहेछन र ति डायस्पोरा मार्फत कुनकुन क्षेत्रमा नेपालका लागि रेडि टू ट्रान्सफर स्किलको नोपालको लागि ऊपलब्धताको सम्भाबना होला भन्ने अनुमान गर्न सहयोगि बनेकोमा दुइ मत छैन ।

यो एनआरएनए बिज्ञभेला प्रथम आयोजना रहेको र नेपाल को स्किल ज्ञाप के हो र नेपाली डाएस्पोराको स्किल ग्याप कसरि कुन मोडेलबाट नेपाल भित्राउने भन्नेमा एनआरएनए स्पस्ट बनिसकेको देखिएन । तर गैरआवासीय नेपाली बौद्धिक समुदायले विदेशमा आर्जन गरेको सिप, ज्ञान र दक्षतालाई नेपालको समृद्धि र उच्च दरको आर्थिक विकासका लागि उपयोग आवश्यक छ र एनआरएनएले विदेशमा भएका विविध क्षेत्रका विज्ञहरुसंग सवन्वय गरेर पुलको रुपमा नेपाल सरकारसंग काम गर्न पर्छ भन्नेमा पूर्ण कमिटेड देखियो ।

नेपाल सरकारकारको माननीय मन्त्रि रविन्द्र अधिकारीले विज्ञ सम्मेलनको निष्कर्षलाई सरकारले आत्मसात गर्न देखाएको  प्रतिवद्धता  र  एनआरएनए सभापति बबन भट्टको स्किल ग्याप पहिचान गर्दै  नेपाली बौद्धिक समुदायले विदेशमा आर्जन गरेको सिप, ज्ञान र दक्षतालाई नेपालको समृद्धि र आर्थिक विकासका लागि उपयोग गरिने  बारेको कमिटमेन्टले सहभागीमा थप हौसला बढाएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE