मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जुलाई १४ शनिवार नेपाली जनसम्पर्क समिति क्यानडाको दोश्रो महाधिवेशन !

नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति तुल्सी पौडेलको अध्यक्षता बसेको केन्द्रिय समितिको बैठकले आगामी जुलाई १४ गते शनिवारका दिन टोरोन्टोमा संस्थाको दोश्रो महाधिवेशन भव्यताका साथ् आयोजना गर्ने निर्णय गर्यो। गत शनिबार क्यानडाको ब्राम्पटनमा बसेको बैठकले बिगतमा संस्थाले लिएका विभिन्न महत्वपुर्ण कदमहरुको समिक्षा गर्नुका साथै भावी कार्यक्रमहरुको योजनामाथि छलफल गरि सुझाव समेत संकलन गरेको थियो। महाधिवेशनमा वृहत सहभागिता जनाई सभ्य र भव्य रुमपा सफल पार्नको लागी नेपाली कांग्रेस प्रति आस्थावान क्यानडा स्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई नेपाली जनसम्पर्क समिति क्यानडा, केन्द्रिय कार्यसमिति, हार्दिक अनुरोध गर्दछ। साथै, क्यानडा स्थित सम्पूर्ण प्रजातान्त्रिक साथीहरु बीच महाधिवेशनको उत्साहित माहोल सिर्जना गर्न सफलीभूत भएकोमा वर्तमान कार्यसमितिका सम्पूर्ण साथीहरु एवं प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा साथ् तथा समर्थन गर्नुहुने सम्पूर्ण प्रजातान्त्रिक साथीहरु प्रति केन्द्रिय कार्यसमिति हार्दिक आभार प्रकट गर्दछ|

बैठकमा बोल्नु हुदै संस्थाका सभापति पौडेलले बिगत २ वर्ष यता नेपाली जनसम्पर्क समिति क्यानाडाले समुदायमा छरिएर रहनुभएका नेपाली काँग्रेस प्रति आस्थावान डेमोक्रेट्स साथीहरुलाई गोलबद्ध गराउने कार्यमा कार्यसमितिका साथीहरु लगायत समाजका शुभेच्छुक सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुको उल्लेखनीय भूमिका मुक्तकण्ठले प्रसंशा गर्नुका साथै क्यानडाका सबै जसो प्रान्तमा संस्थाको संगठन विस्तार भै रहेको जानकारी पनि दिनुभयो भने भविष्यमा पनि सबैको साथ र सहयोग मिल्ने विश्वास ब्यक्त गर्नु भयो। सभापति पौडेल केहि समय ओन्टारियो बाहिर रहनुपर्ने भएकोले वहाँको अनुपस्थितिमा सँस्थाको कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढाउन पौडेल द्वारा संस्थाका प्रवक्ता लिलाधर न्यौपानेलाई प्रस्ताव गरिएको कार्यबाहक सभापतिको जिम्मेवारी सर्वसम्मतले पारित गर्नुका साथै अधिवेसन तयारी समिति संयोजकको थप जिम्मेवारी समेत दिएको छ ।

 

यस्तै संस्थाका कोषाध्यक्ष बिध्याभुषण कार्की द्वारा तयार पारिएको आर्थिक प्रतिवेदन माथि छलफल गर्नुका साथै आगामी योजना तर्जुमा गर्न बैठकले उहाँलाइ जिम्मेवारी समेत दिएको छ। बैठकको सम्पूर्ण व्यवस्थापन संस्थाका प्रवक्ता लिलाधर न्यौपानेले गर्नुभएकोमा बैठकले न्यौपाने परिवारलाई हार्दिक धन्यवाद ज्ञापन समेत गरेको थियो।

जयनेपाल !

 

दीपक सापकोटा

महामन्त्री, नेपाली जनसम्पर्क समिति क्यानडा

www.nprccanada.org

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE