मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालको संविधान २०७२ जारी भएसगै क्यानडामा भब्बे दिपावली नाचगान र पटका (फोटो फिचर)

d
zz1
नेपाली साहित्य समाजको आयोजनामा क्यानडा टोरोन्टोको  २४०/२६० प्राङगणमा बसोबास गर्ने सम्पुर्ण नेपाली समुदायका सदस्यहरुको माझ सामुहिक हर्सोल्लासका साथ  नाचगान, पटका पड्काएर तामझामका बीचभब्बे दिपावली कार्यक्रमको आयोजना गरियो ।  नया सम्बिधान जारी भएसगै लामो समयसम्म मुलुकमा ब्याप्त जटिल सङ्क्रमण कालिन एउटा युगको अन्त्य हुनुको साथै आफ्नो सम्बिधान आफै लेख्ने जनताको अभिलाषा ७० बर्श पछि बिधिबत रुपमा पुरा भएको नयाँ संविधानले मुलुकमा समृद्धि तर्फ डोहोरयाउने भन्दै क्यानडावासी नेपालीहरुले दिपावली गरेका हुन ।
zz
क्यानडा टोरोन्टोमा बसोबाश गर्ने नेपालीहरुले आफ्नो माग बमोजिमको दोहोरो नागरिकता पाउने सुनिश्चितता भएको यस सम्बिधानले नागरिकहरुका हक अधिकारहरुलाई सर्बोत्तम ढंगले सम्बोधनको प्रयास समेत गरेको भन्दै एक आपस मा हात मिलाउने सुभकामना दिने रे लड्डू बाडी हर्सोल्लास मनाएका थिये।b
ef
यस अघि नेपाली साहित्य समाज क्यानाडाका अधक्ष्य, समाजसेबी, तथा साहित्यकार “धुनका रङहरु” का लेखक रमेश थापाले “एक जुगमा एक दिन- एक पटक मात्र आउने यो ऐतिहासिक अवसर” समुदायका सदस्यहरुको माझ सामुहिक हर्सोल्लासका साथ किन नमनाउने ? भनी नेपाली साहित्य समाज क्यानडाले आगामी सेप्टेम्बर २०,२०१५ आइतबार साझ ०७:०० बजे २४० र २६० वेलेस्ली प्राङगणमा दिपावली सहित हर्सोल्लासपूर्वक मनाउने कार्यक्रम भएकाले उक्त कार्यक्रममा उपस्थित भैदिनुहुनका लागि भनि सबै लाई औपचारीक अनुरोध गरेका थिए।
az1 z2
आईतवार साँझ टोरोन्टोको कार्यक्रममा विभिन्न क्षेत्रमा वस्ने राजनीतिक दलका भातृसंगठन लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको र  नेपाली समुदायका सदस्यहरुको बाकलो सहभागिता रहेको थियो
o

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE