मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अन्तत: लिखित टोरोन्टो डिक्लारेसन २०१८ जारी गरियो !!

एक दिन भनि बोलाई एको क्यानाडाको उच्च शिच्छामा नेपाली डायस्पोराको रोलबारेको सम्मेलनको अन्तत: लिखित टोरोन्टो डिक्लारेसन २०१८ जारी गरिएको छ ! नेपाली राजदुताबासको डाईरेक्ट सक्रिय सहयोग, एनआरएन क्यानाडाको सक्रियता र हार्डवर्ड ग्राजुएट अम्बिका अधिकारी तथा टोरन्टोका प्रोफेसर तुलसी धरेलको लगभग ६ महिनाको अथक प्रयासमा अन्य कि-पर्सनालिटी जस्तै बासु शर्मा, जित जोशी, दोर्ण रसाइली, प्रमोद ढकाल र श्याम थापा लगायेतको दरो बेकअप अनि नबराज गुरुङ, प्रज्वोल जोशी लगायतको प्राबिधिक सहजीकरण, विभिन्न प्रोफेसनल र एकेडेमीसियनहरुको सक्रिय सहयोगमा भेला सम्पन्न भएको छ !

भनिन्छ संसारभर आयोजना हुने यस्ता भेलाहरुमा झन्डै आधा भन्दाबढी मात्र प्रब्लमका भारी बोकेका, समाधानको बारे कुइरोको काग जस्तै अल्मलिने र वास्तविक फोकस ग्रुपको प्रब्लमबाट पुरापुर डिसकनेट रहेका बिषय हरु आउने गर्छन! तर टोरोन्टोमा आयोजित भेलामा सिमित कार्यपत्र मात्र ति प्रकृतिका भेटिएका र धेरै भन्दा धेरै वास्तविक फोकस ग्रुपको नीड तर्फ कनेक्ट मात्र हैन समाधानबारे पनि फोकस देखिए !

जानकारहरुका अनुसार सम्मेलनको नाम अनुसारनै प्राय एकेड़ेमिक इस्कलरहरुको अत्याधीक सहभागिता रहेको यो भेलाले एकेडेमीक क्षेत्रका चुरा कुराहरु खुट्टाउन पूर्ण रुपमै सफल बनेको भेटिएको थियो ! ऎपेक्श सर्भे २००५ ले इंगकितगरे अनुरुपनै एकेडेमीक क्षेत्रका चुरा कुराहरु कसरि इनोभेसनका लागि वास्तविक फोकस ग्रुपको नीड मुखी बनाउन सकिन्छ भन्ने जानकार (विज्ञ र प्रबिधिज्ञ हरुको सम्मेलनमा  फाट्टफुट्ट शहभागीता भेटीएपनि) विज्ञ र प्रबिधिज्ञहरुको कोर योजना र अन्तरक्रियामा सह-भागिता जुराउन नसकिएकाले (जुन कार्यक्रमको मोडेलमै समाबेश थिएन) टोरोन्टो डिक्लारेसन २०१८ ले के गर्न जरुरि छ भन्ने राम्रै खुट्टाए पनि “कसरि ?” भन्ने सबालमा फितलो निस्कर्ष निकालेको क्रिटिक्स हरुको धारणा छ !

क्रिटिक्सहरुको जस्तो धारणा आएपनि क्यानाडाको इतिहासमा नेपाली डायेस्पोराबाट आयोजित कार्यक्रम बारे पूर्ण जानकार सर्बसाधारण उच्च शिच्छामा नेपाली डायस्पोराको रोलबारेको टोरोन्टो सम्मेलन २०१८ हाल सम्मकै बेबस्थित, अनुशाशित र प्रभाबकारी भएको मा कुनै दुई मत नभएको बताउछन् !

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE