मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

महावीर पुनको ‘अमेरिका भ्रमण” क्यानाडाबाट सुरु हुदै !

नयाँ र सिर्जनशील काम गर्ने नेपाली युवालाई काम गर्ने वातावरण बनाउनने काममा दिनरात खटिएका राष्ट्रिय आविष्कार केन्द्रका  चेयरमेन  सामाजिक अभियन्ता महावीर पुन  राष्ट्रिय आविष्कार केन्द्र सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सिलसिलामा क्यानाडाको भ्रमण तालिका निम्न अनुसार रहेको वहाको फेशबुक वालबाट जानकारी प्राप्त भएको छ !

अभियन्ता महावीर पुन  राष्ट्रिय आविष्कार केन्द्र नेपालमा नयाँ सिर्जनशील काम गर्ने नेपाली युवालाई काम गर्ने वातावरण बनाउन प्रभाबकारी रुपमा  सफल भएको मानिन्छ। बिगतमा पुन द्वारा प्रस्तावित देशको कुल ग्रार्हस्थ उत्पादनको शून्य दशमलव ५ प्रतिशत बजेट विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याएर त्यसबाट देशमा अनुसन्धान र विकास गर्ने पुनको प्रस्तावलाई सरकारले स्वीकार नगरेपछि उनले केन्द्र स्थापनाको घोषणा गरेका थिए।

पुनले नेपाल तथा विदेशबाट केन्द्रलाई महादान अभियानबाट आर्थिक सहयोग जुटाइरहेका छन्। केन्द्रले विद्युत् उत्पादनका लागि ५० करोड रुपैयाँ संकलन गरी बाँकी बैंकबाट ऋण लिएर काम गर्ने बताएपनि सहयोग जुट्न समय लाग्ने भएपछि ड्रोनसहितका उपकरण बनाउने कार्य सुरु गरेको थियो।

केन्द्रको दिगो विकासका लागि ३ वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी विद्युत् बिक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आएका छन्।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नागीमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटरमार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटनलगायत क्षेत्रमा सक्रिय थिए। सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कारबाट सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्षअगाडि खरिद गरेको २८ रोपनी जग्गासमेत राष्ट्रिय आविष्कार केन्द्रलाई दान गरेका छन्।

राष्ट्रिय आविष्कार केन्द्र्को बारेमा थप जानकारी र सहयोग गर्न इच्छुक सम्पूर्ण श्रोतामहानुभाबले  राष्ट्रिय आविष्कार केन्द्र्को वेबसाईट www.nicnepal.org मा  लागिन गर्न सक्नु हुनेछ। वेबसाईटमा आजको दिनसम्ममा संकलित रकमको एकएक हिसाब राखिएको देख्न सक्नु हुनेछ। साथै महाबीर पुनलाई यहाहरुले twitterमा @mahabirpun सर्च गरी फलो गर्न सक्नुहुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE