मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

तनहुँ समाज क्यानाडा बन्दै !!

नेपालको तनहु जिल्लाबाट क्यानाडा आई बसोबास गर्ने सम्पूर्ण जरो किलो तनहु रहेका क्यानाडाबासी बीच शाजा चौतारी तनहुँ समाज क्यानाडाको गठनको लागि हालै पहल गरिएको छ ! नेपालको राजनितीक खिचातानी बाट छुट्टैरही नेपालको तनहु जिल्लाबाट क्यानाडा आई बस्ने परिवारहरुबीच सौहार्दता र दुखसुखमा एकबध्धता र तनहु जिल्लाको विकासमा सामुहिक रुपमा सानोतिनो शहभागीता जुराउने अवसर समेत पुग्ने महसुस गरि यो अभियान संचालन गरिएको छ !

अभियानको सुरुवात स्वोरुप सदरमुकाम दमौलीमा सम्पन्न गरिन गएको आबासीय क्रिया पुत्री भवन निर्माणमा प्रति परिवार कम्तिमा अमेरिकी १०० डलर सहयोग गर्न सम्पूर्ण तनहुँ बाट क्यानाडा आइ बसोबास गर्नु हुने परिवारलाई अनुरोध गर्ने गरि यो अनुरोध जारी गरिएको छ !

साथै तनहुँ समाज क्यानाडामा आबद्ध हुन चाहने तनहुँबाट क्यानाडा आइ बसोबास गर्नु हुने परिवारलाई pafcanada@gmail.com मार्फत सम्पर्कमा आउन र आफ्नो नाम सुचिकृत गराउनु हुन पनि अनुरोध गरिन्छ !!

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE