मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अष्ट्रेलियाकी रन्जु वाग्लेको गैर आवासीय संघ महासचिब पदमा उमेद्वारी

ranju-thapa-wagle

गैर आवाशीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सातौ विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुदैछ | यो सम्मेलनले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ | उक्त सम्मेलनमा  अष्ट्रेलियाकी रन्जु वाग्ले थापाले महासचिब पदमा आफ्नो उमेद्वारी घोषणा गरेकी छन् | अती मिलनसार र भद्र महीलाका रुपमा स्थापीत रन्जु चितवन कि समाजसेवी गीता वाग्ले कि छोरि र इन्जिनियर नरेश थापा कि धर्मपत्नी हुन् | रन्जुले ऊनको प्रेस बिज्ञप्तिमा आफ्नो दसकौ लामो समाजसेवाप्रति सबैले न्याय गर्ने विश्वासगरेकी छन् |

ranju Nomination

गैर आवासीय संघको सचिवमा रहेर कार्यरत थापा आसन्न निर्वाचनमा कडा दावेदारीका रुपमा प्रस्तुत भएकी छन् । थापाकोे उम्मेद्वारीले संसारभरका करिब ६७ देशमा रहेका गैर आवासीय संघको चुनावी अभियान तताइदिएको छ । गत सातामात्र संघका अध्यक्ष शेष घलेले पुनः उम्मेद्वारीको घोषणा बेलायतबाट गरेपछि अहिले विभिन्न देशबाट उम्मेद्वारी घोषणाको लहर चलेको छ ।

उम्मेद्वारीको घोषण गर्दै उनले खाडीका कामदारहरुको समस्या, स्किल बेस्ड फोरेन एम्पलोय्मेन्ट राहत कोषको निरन्तरताका साथै नेपाल पुर्ननिर्माणमा आफ्नो प्रतिबद्धता हुने जनाइन । ‘सक्षमताको आधारमा आफुले उम्मेद्वारी दिएको र संघले गरिरहेको कार्यक्रमहरुलाई निरन्तरता दिन आफ्नो आवश्यक भएको बताइन् ।

बिगत एक दशकदेखि गैर आवासीय अभियानमा लागेकि रन्जु थापा नेपालबाहिरका नेपालीहरुमा एक परिचित नाउ‘ हो । पेशाले इन्जिनीयर थापा महिला सशक्तीकरण, समानतामा चर्को आवाज उठाउने सधैँ अगाडि पर्छिन् । गैर आवासीय संघमा रहेका थौरै महिलाहरुमध्ये थापा सबैभन्दा बढी ‘एक्टिभ’ रहेकी छन् । २००५ सालमा गैर आवासीय संघ अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षबाट विधिवत रुपमा सामाजिक कार्यमा होमिएकी थापाले २००७ देखि २०११ सम्म अन्तराष्ट्रिय महिला उपसंयोजकको रुपमा कार्यरत थिइन् । त्यसैबीचमा उनको नेतृत्वमा राष्ट्रिय समन्वय परिषद्मा महिला फोरमको अवधारणा ल्याएकी थिइन् ।

उनको कार्यकालमा ३४ वटा देशहरुमा महिला फोरमको स्थापना भएका थिए । हाल करीब ५४ वटा देशहरुमा महिला फोरमले कार्य संचालन गर्दै आएको छ । उनको प्रत्यासीको रुपमा महासचिव पदमा रसीयाको बद्री केसी, स्पेनबाट पुष्प तिमिल्सिनाले उम्मेद्वारीको घोषणा गरिसकेका छन् । कार्यक्रममा नेपालमा संविधानको लागु भएको खुशी व्यक्त गर्दै थापाले दीप प्रज्वलनसमेत गरेकी थिइन ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE