मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यानेडियन ड़ाएस्पोराको भूमिका एनआरएनएको भन्दापनि अग्रणी भएको ईतिहास भेटियो !

क्यानाडाले  एनआरएनहरुको नेतृत्व बिकाशमा आफै अग्रसर भएर धेरै महत्त्वपूर्ण  र अहम पहल मात्र गरेको छैन आफ्नो योगदानलाई सार्थक समेत बनाएको इतिहास छ। जस्तै खुला विश्वविद्यालय, एनआरएन नागरिकता, एनआरएन स्थिरता गोष्टि, आर्थिक कूटनीति समीक्षा सम्मेलन, विज्ञ र प्राज्ञ डाईरेक्टरि, उच्च शिक्षा कार्यक्रम र सोलर लाईट  दान कार्यक्रम आदि।

क्यानाडाले सन् १९९३ मै एक प्रवासी नेपाली सम्मेलन शीर्षकमा  टोरन्टो विश्वविद्यालयमा एक महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आयोजित गरेको थियो। “नेपालको  आर्थिक विकास लागि रणनीति” सम्बन्धि उक्त कार्यक्रमको प्रोसीडिंग केनेडिएन रिपोटरमा हालै प्रकाशित भएको थियो। त्यो सम्मेलनले नेपालको बहु-आयामिक  आर्थिक विकासका समस्याहरु पहिचान गरि उपयुक्त समाधानका लागि  रणनीति बनाएर नेपाल सरकारलाई उपलब्द गरेको थियो । टोरन्टो विश्वविद्यालयमा क्यानाडाका नेपाली प्रवासीद्वारा आयोजित १९९३ को कार्यक्रम  एनआरएनए जन्मनुभन्दा अगाडिको गतिबिधि थियो।

धेरै शैक्षिक र व्यवसायीक क्षेत्रमा विज्ञता हासिल गरेका नेपाली डाएस्पोराको उक्त सम्मेलनमा भाग लिने र कार्य पत्र प्रस्तुतिगरि घनिभूत विचार मन्थनमा सहभागीहरुमा  मन्त्रि डा राम शरण महत, योजना आयोगमा पुगेका डा शंकर शर्मा, अन्तरास्ट्रिय मुद्रा कोषका डा. सुकदेव शाह,  मन्त्रि डा नारायण खड्का, फ्लोरिडा विश्वविद्यालयका प्रा. नंदा जोशी,  सिंगापुरका नामुद हाइड्रोकार्बन शोधकर्ता, विश्व बैंकका डा हेमन्त मिश्र, मियामी विश्वविद्यालयका प्रा. जनार्दन सुवेदी आदि समेत थिए । क्यानाडा, अमेरिका र अन्तर्राष्ट्रिय क्षेत्रबाट उक्त सम्मेलनमा संलग्न विद्वान र व्यवसायीक विज्ञहरुको पूर्ण सूची र अन्य ब्रिस्त्रित जानकारी  कार्यक्रमको प्रोसीडिंगमा दीईएको छ।

सन् १९९५ मा, ओन्टारियो अन्तर्राष्ट्रिय निगमको सह भागितामा “नेपाल हाइड्रो पावर विकास” नामक टोरन्टो अन्तर्राष्ट्रिय सम्मेलन योजना गरियो। उक्त सम्मेलनमा सहभागीहुन नेपालबाट नेपाल सरकारका ऊर्जा मन्त्री श्री हरि बहादुर पाण्डे, काठमाडौंका  मेयर पी एल सिंह नेपाल प्राधिकरणको निर्देशक र अन्य ऊर्जा विशेषज्ञहरु क्यानाडा आएका थिए। जुन क्यानाडाका नेपाली डाएस्पोराको सक्रिय सहभागिताका कारण सम्भब बनेको थियो।

एनआरएनएको सन् २००३ तिर लण्डनमा गठन र गर्भधारण हुँदा, अमेरिका बाट श्री राजा  उपाध्याय र क्यानाडाबाट डा कुन्जर शर्माले अमेरिकी र क्यानाडा रिजनको  प्रतिनिधित्व गर्दै  सभामा उपस्थित बनेका थिए। पछि अक्टोबर २००३ मा एनआरएनए आधिकारिक रुपमा नेपालमा स्थापित भएको  थियो। एनआरएनएको पहिलो बिस्वो सम्मेलन काठमाडौंमा आयोजित हुदा नर्थ अमेरिकाका प्रवासी हरुको ठुलो संख्यामा प्रतिनिधित्व भएको थियो।अमेरिकी प्रतिनिधिको औपचारिक नेत्रुत्वो  श्री शारदा थापा, डा श्याम कार्कीले गरेका थिए। डा श्याम कार्की उक्त सम्मेलनबाट अमेरिकाका लागि क्षेत्रीय भीपी र श्री शारदा थापा आईसीसी सदस्य छानिएका थिए भए। काठमाडौंको २००५ को विश्व सम्मेलनमा अमेरिका र क्यानाडाको लागि श्री शारदा थापाले फेरी भीपी को जिम्बेबारी पाए।

जनवरी २००६ मा एनआरएन आईसीसी अमेरिका र क्यानाडा लागि एनआरएनए राष्ट्रीय समन्वय परिषदका रूपमा कार्यगर्न नेपाली अमेरिका परिषद (NAC) लाई लिखित अनुरोध गरेको थियो । नेपाली अमेरिका परिषद (NAC) ले अमेरिका र क्यानाडाका सबै समुदायमा  संगठनको लागि  समन्वय मंच प्रदान गर्दै एनआरएन आईसीसी को रुपमै काम गरेको थियो जसमा अमेरिकाका गौरी जोशी पनि कार्यरत थिए। सन् १९९१  मै स्थापित भएको नेपाली अमेरिका परिषद (NAC)  ले  जनवरी २००६  देखि आधिकारिक रुपमा अमेरिकी र क्यानाडाका लागि एनसीसीको रूपमा काम गरे गरेको थियो । जसलाई उत्तर अमेरिकी समन्वय Council- NACC भनिन्थ्यो। डा जीत  जोशी २००५  देखि २००७ को नेपाली अमेरिका परिषद (NAC) को शभापति थिए।

जोशी र अन्य  अगुवाहरूले जनवरी २००७ मा सनबर्नार्डिनोमा एक संयुक्त NRNA-NCC बैठक योजना गरे जसमा डा उपेन्द्र महतो, उत्तर अमेरिका र NRNA आईसीसी अगुवाहरु तथा भिम उदास, सुश्री रन्जना उदास आदी उपस्थित थिए।  भेलाले  २००७ – २००९ को लागि भर्खरै निर्वाचित NAC शभापति अम्बिका अधिकारीलाई  अमेरिकी समन्वय Council-NCC  को कार्यभार दियो। डा अम्बिका  अधिकारीले  NAC / र अमेरिकी समन्वय Council-NCC  को २००७ देखि २००९ सम्म  अमेरिकाकोकी लागि एनसीसीको अध्यक्ष को जिम्बेबारी समाले। त्यो समयमा क्यानाडाबाट प्रोफेसर तुलसी धरेल र डा हरि देउजा ले प्रतिनिधित्वो गरे।

पछि क्यानाडामा अगस्त २००८ मा छुट्टै NRN क्यानाडा, क्यानाडालागि राष्ट्रिय समन्वय परिषद रूपमा स्थापित गरियो, NAC त्यसपछि मात्र संयुक्त राज्य अमेरिका लागि मात्र एनसीसी बन्यो। २००७ विश्व NRNA सम्मेलनमा  क्यानाडाबाट नरेश कोइराला क्षेत्रीय संयोजक (RC) बने र अमेरिका लागि राजेन्द्र श्रेष्ठ उप आर सी बनैइए। त्यो ताका एक अनौपचारिक आलो-पालो अमेरिका  र क्यानाडा बीच आरसी  र डिआरसी बन्ने     स्थिति  समझधरि गरियो। जुन गत बर्ष भने कायम हुन सकेन ।

यसै बर्स पनि गैर आवासीय नेपाली संघ आयोजक र नेपाल सरकार सहआयोजक रहने गरि आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । सम्मेलनमा क्यानाडाका विज्ञहरुको शहभागीतामा चारवोटा सिम्पोसिएम संचालन हुदैछ !

क्यानाडा प्रोभेन्सियल हेल्थ सर्भिसेज अथरिटीका डा. द्रोण रसाइली कृषि तथा खाद्य सुरक्षा सेसनमा , एनआरएनए एकेडेमीका डा. प्रमोद ढकाल शिक्षा, इन्ष्टिच्युट फर एड्भान्स सस्टेनाबिलिटी स्टडिजमा; नेपाल लाइब्रेरी फाउण्डेशनका डा. नरेश कोइराला उर्जा, यातायात र उपयोगितामा ; फ्लेभरक्यान इंकका नारायण घिमिरे ऎग्रो फुड इनोभेसन सुपर क्लस्टरको विशेष कार्यपत्र प्रस्तुत र संयोजनमा जुटेका छन् ।

ई कुराबाट के प्रस्ट छ भने क्यानाडाको ड़ाएस्पोरा जसको प्रति निधित्वो क्यानाडा एनआरएनले गर्छ उसको इतिहास वास्तविक हालको एनआरएनए भन्दा पनि अग्रणी रहेछ । जुन इतिहास कनादियाँन देस्पोराहरुले गर्ब गर्न लायक छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE