मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएन क्यानाडाको एघारौ एजियम सफलबनि इतिहासमा दर्ज।

क्यानाडाका फेडरल सरकारकि रोजगार, जनशक्ति बिकाश र श्रम मन्त्रि अनरेबल पेट्रीसिया ए. हेजडू को गौरब शाली उपस्थिति र क्यानाडाका लागि नेपाली राजदुत महामहिम काली प्रसाद पोख्रेल, कंसुल जनरल डाक्टर कुञ्जर मणि शर्मा, एनआरएनए आइसीसी  रिजनल कोअर्डीनेटर गौरी जोशी, डेपुटी  रिजनलकोअर्डीनेटर नबिन शेरचन आदिको सहभागीतामा क्यानाडाको थनडरबेमा एनआरएनए क्यानाडाको  ११रौ अधिबेसन हालै सम्पन्न भयो!

ओन्टारियोको थनडरबे क्षेत्रका एनआरएन क्यानाडाका लक्ष्मी पाठकको संयोजनमा आयोजित यो अधिबेसन क्यानाडाको नेपाली संगठनको कार्यक्रमको पहिचान को संदर्ब मा ऎतिहसिक बन्यो ! कार्यक्रममा महाधिबेसन गर्न थनडरबे क्षेत्र रोजेकोमा र सहभागीलाई उत्तम अथिथ्यो प्रधान गर्न सक्रिय भएकोमा अनरेबल पेट्रीसिया ए. हेजडूले  एनआरएनए क्यानाडाका कार्यक्रम संयोजक डाक्टर लक्ष्मी पाठकको तारिफ गर्दै  नेपाली राजदुत महामहिम काली प्रसाद पोख्रेल र सम्पूर्ण एनआरएन क्यानाडाका सहभागीलाई स्वागत गरेकी थिईन !

अनरेबल हेजडूले आफु नेपालको भुकम्प र नया संबिधानबारे पूर्ण जानकार रहेको, भुकम्पमा क्यानाडातर्फ बाट आफ्नो सरकारले गरेको सहयोग पर्याप्त नभएपनि केनेदियाँन नेपाली डाएस्पोराहरु संग भावनात्मक रुपमा जोडिएका परिवारहरुको उच्च कदरका रुपमा लिन अनुरोध गर्नु भयो ! नेपालको संबिधानमा संसदमा महिलाहरुको उपस्थितिको सुनिस्चित गर्न महिला कोटानै निधारण गरिनु क्यानाडाको संबिधान भन्दापनि अग्रगामी बेवस्ता गरिएको मा आफुलाई खुसिमात्र हैन एसबाट क्यानाडा सरकारले पनि केहि सिक्न पर्छ भनि नेपालको नया संबिधानको खुलेर तारिफ गर्नु भयो !

रोजगार, जनशक्ति बिकाश र श्रम मन्त्रि अनरेबल हेजडूले थंदरबे एरिया नर्थ भएतापनि, पुर्बाधार बेवस्ता र अवसरको लागि पहुचको हिसाबमा सुगम, बेबस्तित र सान्त रहेकाले थंदरबे एरियामा इस्थाई रुपमै बसाई सरि बस्ने तर्फ समेत सोच विचारगर्न सम्पूर्ण केनेदियाँन नेपाली डाएस्पोराहरुलाई आवाहन समेत गर्नु भयो !

एनआरएन क्यानाडाको तर्फबाट अनरेबल हेजडूलाई काठमाडौँमा क्यानाडा सरकारको आफ्नै भिसा पोर्ट नभएकाले नेपाली डाएस्पोराहरुलाई आवत जावत र नेपाल क्यानाडा बेपार ब्रिधिमा अफ्ठेरो परेको जानकारी गराईएको थियो!

 

सोहि कार्यक्रममा आफ्नो कार्य कालमा इन्भिजिबल कम्मयूनीटीका रुपमा दसकौ क्यानाडा बसेको नेपाली समुदायलाई क्यानाडाका प्रधान मन्त्रि जस्टीन त्रुड़ोबाट नया बर्षको शुभकामना लिई रातारात भिजिबल बनाउन सफल क्यानाडाका लागि नेपाली राजदुत काली प्रसाद पोख्रेलले क्यानाडामा नेपाली कमुनिटीको गतिबिधि, तेसबाट दुवै देश ले लिनसक्ने फाईदा र नेपाल क्यानाडा सम्बन्धको पछिल्लो समयका नया शिरामा बिकसित दर्जनौ प्रगतिहरुको पूर्ण बिबरण प्रस्तुत गरे !

डीआरसी नबिन शेरचन र आरसी गौरी जोशीले क्यानाडाको अती बेबस्थित, शंख्यात्मत भन्दा गुणात्मक तर निकै प्रभावशाली ११ रौ महाधिबेसनबाट आफुहरु प्रभाभित मात्रहैन हाम्रा सभा सम्मेलनहरुलाई कसरि उधेस्य मुखी गर्न सकिन्छ भन्ने यो सम्मेलनले आफुलाई  सिक्ने मौका दिएको बताए !

एनआरएन जस्ता  भोलेन्टियर प्रकृतिको  प्रजातान्त्रिक सस्थामा एजिम सर्बोच्च निकाय हुन्छ ! तेस्का कार्यकारीको आफ्नो जिम्बेबारी र दहित्वो प्रति आफु उत्तरदाहि बनेको प्रमाण सस्थामा भए गरेका गतिबिधिमा आफ्ना सहमति होस् वा असहमति होश उपस्थित रहेर आफ्ना भनाइहरु राखेर दिने गरिन्छ ! तर दुर्भाग्य बस  केहि अपबादका बाहेकका संदर्बमा चुनाबताका आफुले चुनाब जिते संसारै परिवर्तन गर्ने बाचा गरि चुनाब जितेका एनआरएन क्यानाडाका कार्य समितीमै रहेका र फेशबूकका वालहरुमा ठुला ठुला क्रान्तिकारी कुरागर्ने धेरै कार्यकरीहरु यो महाधिबेसनमा देखिएनन ! एनआरएनका धेरै अगुवाहरु नभेटिए पनि एनआरएनएको ११ रौ एजिएमले केहि दुरगामी प्रकृतिका केहि निर्णय हरु लिएको छ !

बिगतको तिनबर्स केनेडीयन नेपाली ड़ाएस्पोराहरुकालागि कलंकको बर्ष बन्यो ! मानब तस्करीमा जोडी क्यानाडाबासी नेपाली ड़ाएस्पोरा भन्दै कल्पना समेत गर्न लाज लाग्नेगरि ” जनता संग सिधा कुरा” जस्ता नेपालका प्रभाबशालि कार्यक्रमहरुमा नसोचिएका खबरहरु आउँन थाल्यॊ ! जसले नेपाली बासीको नजरमा केनेडीयन नेपाली ड़ाएस्पोराहरुका जुनसुकैकार्यक्रम हुदैछ भन्ने सुन्नासाथ बस्तबीक कार्यक्रम होकी फेरी कुनै आन्तरीक मानब तस्करीको नाटकको मन्चन हुदै छ भनि प्रस्न पैदा गरिदिने परिस्थिति बिकाश गरेको छ !

त्यो संदर्बमा क्यानाडा बासी नेपाली समुदायले  यहाका नेपाली समुदायका नाममा संचालित सस्थाहरु निजि फाइदाका लागि गलत नियतले वा अनुचित लाभलाई केन्द्र बिन्दुमा राखी गरिने गतिबिधिबाट टाडा मात्र रहिदिए ठुलो राहत महसुश हुने अनुभूति लिएको कसैमा छिपेको छैन !

साएद खराब नियतबाट ग्रसित बिजनेश माफिया र मानब तस्करको पहुचमा एनआरएन क्यानाडा लेटरहेड र अन्य कागजात  पुग्नसक्ने गतिबिधिको रुटकज मै बिर्को लगाउने नियतले हुनसक्छ;  यो एजिएमबाट एनआरएन क्यानाडाको  आधिकारिक चिठी पत्रको अनिबार्य प्रतिलिपि रिकर्ड रहनेगरि आधिकारिक चिठीपत्र मात्र एम्बोस इस्टेम्प प्रयोग गरि पठाउने बेवास्ताकालागि एम्बोस इस्टेम्प समेत बनाएर प्रयोगमा लिई आउने निर्णय गरेको बुजिएको छ !

 

ऎजियममा कार्य समितीले  प्रस्तुत बजेट र कार्यक्रमहरुलाई केहि संसोधन समेत गरि पास गरेको गरेको बुजिएको छ ! जनसंख्या र भूगोलको उचित प्रतिनिधित्वो हुनेगरी १७ भन्दा बढी बोर्ड अफ डिरेक्टर नहुने, ३०० सम्म जनसंख्या भएको इस्थानमा एक र सो भन्दा बढी भएकोमा दुइ  बोर्ड अफ डिरेक्टर छान्ने, निबर्तमान एनआरऎन क्यानाडाका चेयर पुन चेयेरमा नआउदाको अवसरमा स्वोतः आइसीसी मेम्बेर हुने,  तिन भाईश चेयरहरुको लागि तिन एरिया तोकी रोटेसनमा प्रतिवर्ष भिन्दा भिन्दै भूभागले भाईश चेयर पाउने र वोंटारियोको लगभग ८०% भू-भाग वोगटने  नर्दन एरियाबाट कम्तिमा एक प्रितिनिधि हुनेगरि प्रतिनिधि समाबेश गरिने जस्ता निर्णयहरु ११ रौ एजियमले पास गरेको बुजिएको छ !

समग्रमा एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्व र डा. लक्ष्मि पाठकको संयोजन भएको एनआरएनए क्यानडाको एघारौ एजियम अत्यान्त एतिहासिक र सफल कार्यक्रमका रुपमा इतिहासमा दर्ज हुन गएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE