मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनका अमेरिका, यूरोप र मध्य पूर्वका सम्मेलन उपलब्धीमुलक !!

किरण बुढाथोकी/काठमाडौं 

आगामी अक्टोवर (१२-१४) काठमाडौं हुने विज्ञ सम्मेलनको तयारीस्वस्प आयोजना गरिएका एनआरएनका तीनै क्षेत्रका विज्ञ सम्मेलन उपलब्धीजनक भएको एनआरएनले जनाएको छ । सम्मेलनको तयारीस्वस्प अमेरिकाज्, यूरोप र मध्य पूर्वका क्षेत्रीय सम्मेलन सम्पन्न गरेकोमा तीनै सम्मेलन उपलब्धीमूलक भएको जनाएको हो ।

सम्मेलन विशेष गरि विदेशी लगानीसँगै प्रविधि र पूँजी भित्र्याउनेमा बढी केन्द्रित गरिने भएकाले तयारीस्वस्प सम्मेलन आयोजना गरिएका थिए । सम्मेलनमा नेपाल सरकारको समते सहभागिता रहने छ । एनआरएन आयोजक र नेपाल सरकार सहआयोजक रहने गरि लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुनेछ ।  सो सम्मेलनको तयारीस्वस्प गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले विभिन्न क्षेत्रमा क्षेत्रीयस्तरको सम्मेलन आयोजना गरेको थियो ।

सोही तयारीस्वस्प अमेरिकाको विज्ञ सम्मेलन सम्पन्न भइसकेको छ । गत जुनमा नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्कोमा सकिएको हो । सम्मेलनमा विभिन्न देशबाट ३०० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनमा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ रु भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्रमाथि नेपालमा कसरी दक्षता, ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरुमाथि छलफल भएको थियो ।

त्यस्तै, यूरोपस्तरीय क्षेत्रीय सम्मेलन पनि सम्पन्न भएको छ । गत जुलाई २९ र ३० तारिखमा लक्जम्बर्गमा एनआरएनको यूरोपस्तरीय क्षेत्रीय सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले विभिन्न १५ बुँदे घोषणापत्र जारी गरेको थियो । बैठकमा युरोपस्थित २७ देशका गैरआवासी नेपाली सहभागि थिए ।

त्यस्तैगरि गैर आवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन पनी सम्पन्न भएको छ । गत अगस्ट २४ र २५ मा युएईमा सो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीता थियो । सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।

आगामी अक्टोवर १२, १३ र १४ मा काठमाडौंमा अन्तराष्ट्रियस्तरको सम्मेलन हुनेछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने तय भइसकेको छ । सम्मेलनले यअसघि एनआरएनले घोषणा गरेको १० अर्ब लगानी नेपालमा भित्र्याउने र विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि भित्र्याउने विषयमा गहिरो छलफल गर्नेछ ।

विज्ञ भेला सनफ्रान्सिस्को २०१८ का निष्कर्षहरु निम्नानुसार छन ;

गैरआवासीय नेपाली संघ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्धारा १६ जुन २०१८ मा संयुक्त रुपमा आयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भयो । भेलामा ३०० जना भन्दा बढीको सहभागिता थियो । नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित थियो ।

नेपालमा संक्रमणकालिन अवस्थाको अन्त्य भई नयाँ राजनीतिक संरचना र स्थिर सरकार गठन भएको सन्दर्भमा यो सम्मेलनले नेपालको आर्थिक र समाजिक विकासका योगदान दिने छ । विदेशमा कार्यरत नेपाली समुदायले आर्जन गरेको विज्ञता, सिप र दक्षतालाई नेपालको आवश्यकता अनुसार कसरी उपयोग गर्न सकिन्छ भन्ने पहिचान गरी नेपाल सरकारसंग मिलेर अर्को बृहत सम्मेलन आयोजना गर्ने पूर्व तयारीका रुपमा यो सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्र माथि नेपालमा कसरी दक्षता, ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरुमाथि छलफल भएको थियो ।

सम्मेलनमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व अर्थमन्त्री डा। प्रकाशचन्द्र लोहनी, पूर्व पर्यटनमन्त्री रेवती प्रसाद भुसाल, अमेरिकाका लागि नेपालका महामहिम राजदुत डा। अर्जुन कार्की, न्यूयोर्कका लागि महावाणिज्यदुत मधु मरासिनी तथा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महासचिव डा। बद्री केसी, प्रवक्ता भूषण घिमिरे, सल्लाहकारहरु डा। हेमराज शर्मा, हरिबोल भण्डारी लगायत एनआरएन अमेरिका क्षेत्रका एनआरएन पदाधिकारी र एनआरएनमा सक्रिय अभियन्ताहरुको सहभागिता थियो । कार्यक्रम एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीको संयोजनमा भएको थियो । एनआरएनए अमेरिकाको साधारणसभाको पुर्वसन्ध्यामा क्यालिफोर्निया शाखाको आतिथ्यतामा भेला सम्पन्न भयो ।

कार्यक्रममा अमेरिका, क्यानडा, वेलायत, जापान, मलेसिया, जमर्नी, रसिया, साइप्रस लगायतका देशहरुबाट सहभागिता थियो । एनआरएनए अमेरिकाका अध्यक्ष डा। केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले लगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । विज्ञ भेलाको कार्यपत्र र प्रस्तुतीको संयोजन डा। रुद्र अर्यालको समुहले गरेको थियो । गैरआवासीय नेपाली बौद्धिक समुदायले विदेशमा आर्जन गरेको सिप, ज्ञान र दक्षतालाई नेपालको समृद्धि र उच्च दरको आर्थिक विकासका लागि उपयोग आवश्यक छ । तसर्थ एनआरएनए विदेशमा हुनुभएका विविध क्षेत्रका विज्ञहरुसंग सवन्वय गरेर पुलको रुपमा नेपाल सरकार, नीति निमार्ता र निजी क्षेत्रसंग काम गर्न प्रतिवद्ध छ ।

नेपाल सरकारकारमा माननीय मन्त्रि रविन्द्र अधिकारीले विज्ञ सम्मेलनको निष्कर्षलाई सरकारले आत्मसात गर्ने प्रतिवद्धता गर्नुभएकाले हामीलाई थप हौसला मिलेको छ ।

गैर आवासीय नेपाली विज्ञहरुले विदेशमा आर्जन गरेको सिप, दक्षता, ज्ञान र अनुसन्धान दस्तावेज लगायतको पहिचान गर्दै देशको समृद्धिका लागि उपयोग गर्न सहयोग हुनेगरी विवरण राख्ने व्यवस्था एनआरएनएले गर्नेछ । विज्ञ भेला तथा काठमाडौंमा हुने सम्मेलनबाट आएका निष्कर्षलाई नेपालको समृद्धिमा उपयोग गर्न नेपाल सरकारसंग सहकार्य गर्दै संघले दिर्घकालिन कार्यक्रमहरुको तर्जुमा गर्नेछ । क्षेत्रिय रुपमा सम्पन्न हुने विज्ञ भेलाहरु र आगामी अक्टोबरमा काठमाडांैमा हुने सम्मेलनबाट आएका निष्कर्षहरुलाई श्वेतपत्र तयार गरी नेपाल सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० मा एनआरएनएलाई प्रमुख साझेदार बनाउने मन्त्री अधिकारीको आग्रहलाई स्विकार्दै हामी यसका लागि सकृय भई सफल बनाउन हाम्रो संजाललाई अधिकतम् उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ । संविधानमा उल्लेखित गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधानलाई सकेसम्म छिटो आवश्यक कानुन बनाएर लागु गर्न यो भेलाको सरकारलाई आग्रह छ ।

लक्जेम्बर्गमा सम्पन्न एघारौँ युरोपीय बैठकका निष्कर्षहरु निम्नानुसार छन्

. नयाँ संविधानले गैर आवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृति अघिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि कार्यान्वयनमा अझै आउन सकेको छैन । आगामी आश्विन महिना सम्म कानून बनाई प्राप्त संबैधानिक अधिकारको पूर्ण उपभोगको लागि तत्काल स्पष्ट कानुन निर्माणगरी जारी गर्न यो बैठक नेपाल सरकार समक्ष जोडदार अनुरोध गर्दछ । वैठकमा सहभागी माननीय मन्त्रीज्यू तथा संघीय संसदका माननीयज्यूहरुबाट यस विषयमा प्राप्त आश्वासन र सदासयता प्रति हार्दिक आभार प्रकट गर्दै नागरिकता सम्बन्धी प्राप्त उपलब्धीलाई संस्थागत गर्न र थप अधिकारका लागि पहल जारी राख्ने निर्णय गरिन्छ ।

नेपाल सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघले अक्टोवर १२(१४, २०१८ मा काठमाडौंमा आयोजना हुने पहिलो विश्व विज्ञ सम्मेलन ‘First NRN Global Knowledge Convention’ को पूर्वतयारी स्वरुप यस बैठकमा शिप ज्ञान र नवप्रवर्धन ‘Skill, Knowledge and Innovation’ सत्रको आयोजना गरियो ।  यसमा शिक्षा, स्वास्थ्य, कृषि, फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत भए । विश्व विज्ञ सम्मेलन सफल पार्न युरोपका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई यस बैठक आग्रह गर्दछ ।

. नेपालको बढ्दो बेरोजगारी समस्यको अन्त्य गर्न गैर आवासीय नेपाली संघको सहकार्यमा प्राबिधिक शिक्षा प्रणाली ९भोकेशनल शिक्षा० लागु गर्न प्रस्ताव गर्दै सरकारसंग यसमा आवश्यक सहकार्य गर्ने यो बैठक निर्णय गर्दछ ।

. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यको प्रसंशा गर्दै महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने र महिलाहरुलाई लगानीका क्षेत्रमा अघि बढाउनुपर्ने निर्णय गरिन्छ । गैर आवासीय नेपाली संघ महिला फोरमको सक्रियतामा नेपालमा गत वर्षबाट शुरु भएको सिप विकास तालिमलाई निरन्तरता दिने निर्णय गरिएको छ । गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्ने निर्णय गरिन्छ ।

. नेपाल सरकारले हालसम्म नर्वे, थाइल्यान्ड, श्रीलंका, मौरिसस, अष्ट्रिया, पाकिस्तान, चीन, कोरिया, कतार र भारतसंग दोहोरो करमुक्ति सम्झौता सम्पन्न गरेको छ । लगानीकर्ताको लगानीको सुरक्षाका निम्ति अनिवार्य शर्तको रुपमा रहने करमुक्ति सम्झौता डिटिएए नभएका मुलुकबाट ठूलो लगानी आउन नसकेको निष्कर्ष सहित अन्य देशहरुमा समेत सम्झौता प्रक्रिया अघि बढाउन सरकारसंग अनुरोध गर्ने निर्णय गरिन्छ । यसले गैर आवासीय नेपाली र विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बैठकको ठहर छ ।

. गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती, कार्यालय भवन, शंखमूल पार्क, जानकी मन्दीर परिसरमा लाईटिङ जडान, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरु आगामी अक्टुवरभित्र सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्दछ । यसै वर्ष बेलायतमा औपचारिक रुपमा घोषणा गरिएको नेपालमा १० अर्ब लगानी सुनिश्चित गर्ने कार्यक्रम तत्काल अघि बढाउन यो बैठक पुन प्रतिबद्धता जाहेर गर्दछ ।

. नेपालमा बार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित नेपाल सरकारले हालै घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यवध्दता जनाउँदै सो अभियानलाई सफल बनाउन अत्याधिक पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसंग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषदहरुलाई अनुरोध गर्दछ । यो अभियानलाई सफल बनाउन नेपाल बायुसेवा निगमको हवाइ सेवा युरोप क्षेत्रमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिन्छ ।

. युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न गैर आवासीय नेपाली संघ सरकारसंग सहकार्य गरेर अघि बढ्ने निर्णय गर्दछ । त्यसका लागि आवश्यकता अनुसार कानुनी व्यवस्थाका लागि सरकारसंग आग्रह गर्ने निर्णय गर्दछ ।

गैरआवासीय नेपालीहरुको उपस्थिति र समस्याहरु बढ्दै गइरहेको पोर्चुगल, इटाली लगायतका देशहरुमा नेपाली दुतावास राख्नु पर्ने महशुश बैठकले गरेको छ र नेपाल सरकारलाई यस तर्फ यथाशीघ्र आवश्यक कदम चाल्न अनुरोध गर्दछ ।

१०. युरोप क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई गैर आवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्दै नेपालको सर्वाङ्गीण विकासमा हातेमालो गर्न सरोकारवाला व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गरिन्छ । साथै युरोप क्षेत्रका गैर आवासीय नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।

११. गैर आवासीय नेपाली संघको आगामी अक्टुवरमा हुने संघको विधान अधिवेशनमा प्रस्तुत हुने विधान संशोधनको प्रस्ताव माथि छलफल भयो । प्रस्तावित संशोधनमा अगस्त ३० तारिख भित्र सुझाव तथा सल्लाह पेश गर्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध गरिन्छ ।

१२.नेपालको बिद्यमान निर्बाहमुखी कृषी प्रणालीलाई ब्यबसायिकीकरण तथा औद्योगीकरण गरी ‘सम्बृद्धीको आधार कृषि कृषि अभियानमा गैरआवासीय नेपाली भन्ने भावका आधारमा विदेशमा सिकेका प्रविधि सिप र अनुभव सहित गैरआवासीय नेपालीहरुको कृषि क्षेत्रको समग्र विकासमा सहभागिता बढाउँदै जाने प्रतिवद्धतता प्रकट गर्दछ ।

१३. यस बैठकमा युरोप क्षेत्रमा कृयाशिल २८ राष्ट्रिय समन्वय परिषदहरुको कृयाकलापबारे शुष्म छलफल गरियो । आगामी दिनमा अझै गैर आवासीय नेपालीहरुको हकहितको लागि सामाजिक तथा आर्थिक कृयाकलापलाई बढावा दिदै सम्बन्धित देशका स्थानीय निकाय र सरकारसँग सहकार्य गरी नेपाल र नेपालीका हितमा कार्यहरु गर्न पहल गर्ने निर्णय गर्दछ ।

१४. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने नेपाल सरकार, लग्जम्बर्ग सरकार बेनेलक्सका लागि बेल्जियम स्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु, आयोजक राष्ट्र लक्जेम्बर्ग, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

मध्य पूर्वको छैठौ बैठकका निष्कर्षहरु निम्नानुसार छन्

. नेपाल सरकारले लागु गरेको शुन्य लागतमा कामदारलाई बैदेशीक रोजगारमा पठाउने नीतिलाई प्रभावकारी रुपमा कार्यन्वयनका लागि सम्बन्धित मुलुकसंग यथाशिघ्र श्रम सम्झौता गर्न आग्रह गर्ने । साथै, नेपाली कामदारलाई दक्ष बनाई र गन्तब्य देशबारे आबश्यक अभिमुखीकरण तालिम दिएर मात्रै पठाउने ब्यबस्था मिलाउन अनुरोध गर्ने ।

. वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीबाट जोगाउनका लागि नेपाली दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्नुपर्छ भन्ने एनआरएनको मागलाई सरकारले सम्बोधन गरेकोमा स्वागत गर्दै यसलाई प्रभाबकारी र छिटो कार्यसम्पादन गर्नका लागि आधुनिक प्रविधि प्रयोग गरी कागजात विहिन प्रणालीद्धारा कार्यन्वयन गर्न आग्रह गर्ने ।

. नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने ब्यबस्था यथासिघ्र कार्यान्वयनमा ल्याउनको लागि पराराष्ट र श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।

४ं. विदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारलाई विशेष गरी महिला कामदार सोही रोजगारदाताकोमा काम गर्न चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन सरकारसंग आग्रह गर्ने । बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई देशमै पुर्नस्थापनाको लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने । एक हजारभन्दा बढी महिलाहरु कार्यरत देशमा आवश्यकता अनुसार संंरक्षण गृह बनाउन नेपाल सरकारलाई आग्रह गर्ने ।

. गैरआवासीय नेपाली संघले बिगतदेखि उठाउँदै आएको हजारे अभियान अर्थात् बैदेशिक रोजगारमा जाने नेपाली कामदारकोसामाजिक सुरक्षाको ग्यारेन्टीको लागि आवश्यक ब्यबस्था गर्न नेपाल सरकारसग जोडदार माग गर्दछ ।
६.नेपाली भाषा,कला,साहित्य र संस्कृतिको संरक्षण,संम्बर्धन एवं प्रर्वधनका लागी हरेक देशमा एनआरएनले सञ्चालन गर्ने गरी नेपाली दूतावासको संरक्षकत्वमा रहने नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न सरकारलाई पनः आग्रह गर्ने ।

. एनआरएनको राष्ट्रिय समन्वय परिषदलाई विधिवत रुपमा सम्बन्धीत राष्टमा दर्ता गराउन परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आबश्यक सिफारीस प्रदान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई आग्रह गर्ने ।

. वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न परराष्ट, श्रम र गृह मन्त्रालयवीच समन्वय प्रभावकारी वनाउन एकीकृत विद्युतीय सुचना प्रणाली लागु गर्न अनुरोध गर्ने । वैदेशिक रोजगारीबाट फर्केका कामदारको दक्षता सहितको अभिलेख राख्न अनुरोध गर्ने ।

.वैदेशिक रोजगारीको नाममा वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसा र कथित आजाद भिसाको नाममा कारोवार गर्ने र कामदारलाई अलपत्र बनाउने संलग्न कम्पनी वा ब्यक्तिलाई सम्बन्धीत कानुन बमोजिम कारबाही गर्न आग्रह गर्ने ।

१०. बिदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने ।

११. युएईको दुवई, लेवनान र इराकमा महाबाणिज्य दूतको कार्यालय तथा कानुनत पाँच हजार नेपाली कामदार रहेको देशमा श्रम सहचारी स्थापनाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।

१२. नेपाली दुतावासमा कानुनी सेवा प्रदान गर्ने गरी आवश्यक्ता अनुसारको वकिलको यथाशिघ्र व्यवस्था गर्नु पर्ने । जेलमा रहेका कामदारको यथासिघ्र कानुनी प्रतिरक्षा गर्नुको साथै कोमामा रहेका नेपाली कामदारलाई स्वदेशमा ल्याई उचित स्वास्थ्य उपचारकोे प्रबन्ध मिलाउन अनुरोध गर्ने ।

१३. वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारको सीप र दक्षता परिक्षण गरी १० लाख रुपैयाँ ऋण दिने सरकारको नीतिलाई प्रभाबकारी कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने । नेपाली कामदारलाई परिवारसग एकिकरण गर्न स्वदेशमै उद्यमशीलता गर्न एनआरएनले प्रोत्साहन गर्ने ।

१४. गैरआवासीय नेपालीको परिभाषा भित्र पर्नको लागि दुई बर्ष विदेशमा बस्नुपर्ने वर्तमान प्राबधानलाई सुधार गरी अन्तर्राष्टिय प्रचलन अनुसार एक आर्थिक बर्षमा १८२ दिन भन्दा बढी विदेशमा बसेको हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने । साथै, गैरआवासीय नेपाली अभियानमा सक्रियरुपमा संलग्न भई नेपाल फर्केका इच्छुक अभियन्ताहरुलाई गैरआवासीय नेपाली संघको क्रियाकलापमा संलग्न गराउन अन्तर्राष्टिय समन्वय परिषदलाई आग्रह गर्ने ।

१५. मध्यपूर्वका पर्यटकको लागि नेपाललाई आकर्षण गन्तव्य बनाउन एनआरएनले पर्यटन मन्त्रालयसग सहकार्य गर्ने ।

१६. गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय बैठकहरुले उठाउँदै आएका, घोषणा गरेका मुद्दालाई कार्यान्वयन गर्नको लागि क्षेत्रीय संयोजकको संयोजक प्रत्येक राष्ट्रिय समन्वय परिषदका अध्यक्ष प्रतिनिधित्व रहने एक समिति गठन गर्ने ।

 

September 2, 2018 मा Janata Times मा  प्रकाशित

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE