मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जैविक मल II जैविक किटनाशक II औषधि बनाउने बिधि II

 

प्रस्तुत कार्यक्रम जरो किलो महाअभियान अन्तर्गतको विशिष्टीकृत संस्था जरो किलो प्रतिष्ठान नेपालको निम्ति रैथाने कृषि तथा उद्धमशीलताको विकासको निम्ति तयार गरिएको हो । केहि समय अगाडी सम्म पनि नेपालले दक्षिण कोरिया जस्तो राष्ट्रलाई अन्न सहयोग गरेको थियो तर आज दाल चामल समेत विदेशी संस्थाहरूको सहयोगमा प्राप्त हुने गरेको छ । मानिसले परापुर्वकाल देखि खेति गर्दै आएको हो । अझ नेपाल जस्तो लामो इतिहास भएको राष्ट्रमा यस सम्बन्धि प्रशस्त रैथाने सिप र क्षमता रहेको छ । प्रकृतिको चर्को दोहन गर्ने कम्युनिस्ट तथा पुँजीवादको पछि लागेर नेपालमा पनि आयातित मल तथा किटनाशक औषधि प्रयोग गर्ने गरेका छौं ! जुन हाम्रो सभ्यतागत मान्यता अनुरुप छैन न त नेपालको अर्थतन्त्र सुहाउँदो छ न त मानव स्वास्थ्यलाई राम्रो गर्छ ! यसर्थ अबका युवा पुस्ताले दुई अक्षर पढ्दैमा माटो छुन घिनाउने प्रवृति त्याग्दै नेपालको मौलिक रैथाने शैली कृषि तथा उद्धमशीलतालाई अघि नबढाई सुखै छैन !

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE