मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

रैथाने सुपरफुड – कर्कलो गभाको तिहून !!

नारायण घिमिरे

कर्कलो सल्फर, एमोनिया, नाइँट्राईट, जिङ्क आदि हुने सेपिलो अरु खेति राम्रो नहुने, कृषिको लागि प्रतिकुल मानि फालिएको जग्गामा पनि फलीदिन्छ ! बदलामा यसले अत्यधिक पोषण  तत्व युक्त तरकारी मानिसलाई उपलब्ध गराउछ !! नेपाल होस् वा अमेरिका क्यानाडा यो जताततै किन्न पाईन्छ! कतिपय प्रबासी  नेपालीहरु त खोजि खोजि कर्करो किनेर गाबाको तरकारी संग भात खुर्सानी र कागती ठोसी ठोसी खाएर नेपाली खानामाको धित मार्छन!

कर्कलोमा पाईने धेरै तत्वॊमा क्याल्सियम अक्जालेट पनि एक हो ! कतिपय सैधान्तीक ज्ञान बटुल्ने मात्र अवसर पाएका प्राज्ञहरु कर्कलोमा क्याल्सियम अक्जालेट हुने भन्दै यसले मानिसको मिर्गौलाको पथ्थरी हुने हुनाले नखानु भन्दै विभिन्न कार्यक्रमहरुमा खोक्दै हिडेको भन्दै अत्यान्त धेरै पाठक बाट त्यो बारे आफ्नो धारणा राखिदिन अनुरोध आएकाले यो विचार प्रस्तुत गरिएको हो !

अक्जालेट प्राय धेरै हरियो साग सब्जीमा हुने गर्छ!  नेपालको हामीले खाने गरेको कर्कलोमा ५९०  मिलिग्राम प्रति १०० ग्राम जति अक्जालेट रहेको ल्याबको रिपोर्टले देखाएको थियो ! नेपालकै पालुंगोमा टेस्ट गर्दा  अक्जालेट ७५० मिलिग्राम प्रति १०० ग्राम देखायो !

आजको कटिंग ऎजको जमानामा परम्परागत पाराले खानाको एनलाईसीस गरि आएको  डाटाका भरमा सरिरको  स्वस्थ अवस्थामा हुने  असरबारे अनुमान गर्नु र बोलिनु लगभग ढुंगे युगमा फर्कनु मानिन्छ! न त आयुरबेद न खाध्य बिज्ञान यो तरिका कतै पूर्ण मानिदैन र हैन पनि!

मिर्गौलाको पत्थरलाई परीछण गर्दा यसमा ७० देखि ८० प्रतिशतसम्म विभिन्न प्रकारका क्याल्सियम अग्जालेट, १० देखि १५ प्रतिशतसम्म म्याग्नेसियम एमोनियम फस्फेट, ३ देखि १० प्रतिशतसम्म युरिक एसिड र ०.५ देखि १ प्रतिशतसम्म सिस्टिन भएको पाईन्छ ।

मिर्गौलामा भेटिने पत्थरलाई परीक्षणगर्दा धेरै क्याल्सियमअग्जालेट भेटियो भन्ने आधारमा प्रायजसो हरियो सागसब्जीमा अक्जालेट हुन्छ वा नपकाएको कर्कलो पिडालु जस्तो खानामा क्याल्सियम अग्जालेट भेटिदैमा त्यो सिधै मिर्गौलाको पत्थरी हुने कुरो हो नखाऊ भन्नु अबैज्ञानिक मात्र हैन बचपना र भध्धा माजाक नै हुन्छ !

यहानिर सबैले बुज्नुपर्ने कुरा केहो भने खानाका कारण मिर्गौलाको पत्थरी हुन डाईजेसन हुनुअघि खानामा कति अक्जालेट छ भन्ने कुराले  हैन की, हाम्रो अमासयको पाचन प्रक्रिया पस्चात खानाको बाईप्रडक्टमा रगतमा सोस्नको लागि उपलब्ध डाईजेसटेबल अक्जालेट कति छ  तेसले भूमिका खेल्छ!

जस्तै उदाहरणको लागि  दालचिनी र बेसारमा अग्जालेट लगभग उस्तै-उस्तै परिमाणमा हुन्छ ! तरपनि बेसारको पाचन प्रक्रिया पस्चात आउने कौमारिनले आन्द्राबाट रगतमा सोस्नको लागि डाईजेसटेबल अक्जालेट उपलब्ध गराईदीने तर दालचिनी पाचन प्रक्रिया पस्चात आउने सीनामन अल्डीहाईडले डाईजेसटेबल अक्जालेट उपलब्ध नगराऊने हुदा; मिर्गौलाको पत्थरीहुने सम्भावना बोकेका हरुलाई दिनमा १ चिया चमच भन्दा बडी  बेसार नखान भनिन्छ ! तर दालचिनीका लागि तेस्तो कुनै नियन्त्रण गरिन्न!

अनुशन्धानहरु बाट आजसम्म निक्लेको सर्ब सम्मत राय केहो भने खानपानबाट मिर्गौलाको पत्थरीहुने सम्भावना  न्यून गर्ने काईदा खानामा केल्सियम र अग्जालेट घटाउन तिर लाग्न भन्दा मासुबाट प्राप्त हुने प्रोटिन र नुनको मात्रालाई कटौती गरि प्रभाबकारी बनाउन सकिन्छ !

अनुशन्धानहरु बाट प्रमाणीत तथ्य के हो भने हाम्रो सरिरले ग्लाईसीरिंन, ग्लाईकोलेट, हाइड्रोक्सी-प्रोलिन र भिटामिन ‘सी’ आदिको मेटाबोलीजममा निस्कने र टीसू हुदै रगतमा पुग्ने अक्जालेट मिर्गौलाको पत्थरी हुनु संग बडी सम्भन्धित छ!

भिटामिन ‘सी’ मेटाबोलीजम गर्दा निस्कने अक्जालेट मिर्गौलाको पत्थरीको मुख्य कारक बनेको भेटिएता पनि खाध्य सप्लिमेन्टका रुपमा खाईने भिटामिन ‘सी’ जस्तॊ प्राकृतिक रुपमै पाईने खाना जस्तै अमला, कागती आदिमा पाईने भिटामिन ‘सी’ को मेटाबोलीजम मिर्गौलाको पत्थरीको कारक बनेको भेटिदैन!

हरियो सागपातमा केल्सियम प्रसस्त भेटिन्छ ! तेसैले केल्सियमकै लागि हरियो सागपात खाने गर्दा जुन हरियो साग-पातमा अग्जालेट धेरै हुन्छ तेस्ले केल्सियम अग्जालेट बनाउने र उक्त  केल्सियम आन्द्राबाट रगतमा सोस्नको लागि उपलब्ध नहुने हुदा  केल्सियमको लागि उक्त हरियो सागपातमा भर नपर्नु भन्ने हो !

कर्कलो र पालुंगो दुवैमा धेरै केल्सियम र अग्जालेट हुन्छ! धेरै हुदा हुदै पनि यो केल्सियम अग्जालेट बनि सरिरलाई उपलब्ध हुदैन र दिसाबाट बाहिरीन्छ! तेस्को ठिक बिपरित केल, ब्रोकाउली, सीबी, बोडी, दुध, तोफु आदिमा अग्जालेट भन्दा केल्सियम बढी हुने हुदा यीनिहरु केल्सियमको लागि भर पर्नु बेबहारिक हुन जान्छ !

अनुशन्धानले कर्कलोको पात मात्र १० मिनेट पानिमा उमल्दा अक्जालेट सेफ लेबल ७१ मिलिग्राम प्रति १०० ग्राममा झारिदिने देखाएको छ ! कर्कलोको तरकारीमा नरिबेलको दुध वा घिउ हाल्दा अक्जालेटलाई धेरै घटाउने भेटियो ! तसैले कर्कलो सुद्ध गाईको घिऊमा झानी खाने चलन चलेको हुनुपर्छ! चिज र बटर  सरिरीको लागि अम्लीय खाना हो भने सुद्ध गाईको घिऊ क्षारीय!

कर्कलोमा हुने केल्सियम अक्जालेट क्रिस्टलले गर्दा मनिस लाई कर्कलो कोक्कौने हुन्छ ! जब कर्कलो र पिडालु पाकी नकोक्कौने बन्छ तब यो सरिरिलाई हानी गर्ने अक्जालेटको सेफ लेबलमा झरिसकेको हुन्छ ! कर्कलो र पिडालुमा कागती वा निबुबाट अमिलो हाल्दा केल्सियम अक्जालेटको क्रिस्टललाई भत्काई दिन्छ !

अनुशन्धानले कागती वा निबु गाभामा ठोसी खाने गर्दा अमिलोले र बोक्रामा पाईने सुगन्ध हरुका कारण  मृगौलामा पथ्थरीहुन चाहिने अक्जालेटको उपलब्धता घटाई दिएको पुस्टि गरेको छ ! कागतीको रस र बोक्रामा हुने पोलीफिनोलहरुले हाम्रो सरिरलाई क्षारीय गुण दिन्छ !

मृगौलाको पथ्थरी एसिडिक पनि हुन्छ र बेसिक पनि हुन सक्छ ! तर प्राय एसिडिक हुन्छ ! केल्सियम अक्जालेट संग सम्बन्धित पथ्थरी भने सरिरमा हुने मेटाबोलिक एसीडोसिसका कारण एसिडीक पिसाबको कारणले हुन्छ !

प्रसस्त पोटासियम हुने एसिडीक पिसाबमा पथ्थरी बन्न मुख्य भूमिका खेल्ने केल्सियम लाइ अक्जालेटबाट हटाई पत्थरी बन्नबाट बचाउछ ! कर्कलो, पिडालु र पालुंगोमा पोटासियम धेरै हुनुका साथै सरिरमा मेटाबोलिक क्षारीयपन दिन र पिसाबलाइ कम एसिडीक बनाउन योगदान गर्छन !

बजारमा उपलब्ध पालुंगोको सागको एक परीक्षणमा अक्जालेट ५.६ ग्राम प्रति सय ग्राम भेटिदा पानीमा घुलने ६.४२ ग्राम र नघुलने १.१४  ग्राम भेटियो ! पालुंगोलाई पकाउदा पाकेको तरकारीमा अक्जालेट ८५% घटेको भेटियो ! कारण पकाउदा हालिने मसला र उक्त पालुंगोमै पाईने फ्री केल्सियम, मेगनेसीयम र आईरन संग अक्जालेट मिलि यसको सरिर लाई उपलब्ध नहुने साल्ट बनाईसकेको थियो !

अझ पालक-पनिर् बनाउदा त ९१% नै अक्जालेट सरिरलाई उपलब्ध नहुने गरि अक्जालेट साल्ट बनाएको भेटियो ! पनिर दुध बाट बन्ने र यसमा प्रसस्त केल्सियम हुने गर्छ! अलि राम्ररी पखाली १० मिनेट मात्र बढी पकाउदा अरु ३% अक्जालेट घटेको थियो !

पिरो हरियो खुर्सानी जिरो केलोरी खाना हो ! खुर्सानी खाएको ३ घण्टा सम्म सरिरको मेटाबोलिक रेट बडछ! डाएटरि फाइबर, आइरन र  पोटासियम मनग्य हुने खुर्सानीले हाम्रो सरिरमा रक्त संचार बढाउछ ! यसले सरिरमा मेटाबोलिक क्षारीयपन दिन र पिसाबलाई एसिडिक हुन नदिन सहयोग गर्छ !

कर्कलोको पात र पिडालु दुवै क्षारीय फुड हुनाले हाम्रो रगतलाई क्षारीय राख्न सहयोग गर्छ ! कर्कलोको डाठको रस आयुर्बेद र सिद्ध दुवै विधामा घाऊबाट बगिरहेको रगत रोक्ने ओखती र छालामा रक्त संचार नदेखिदा ईरिटेसन मार्फत रक्त नली खोलि रातो पार्ने उपचार प्रयोजनमा आउछ ! परम्परागत उपचारमा  पिडालुको रस भने कपालमा खोइरो लाग्दा प्रयोग गरिन्छ !

खाना खाए पछि रगतमा सुगर बढ्ने रोग ठिक गर्न पकाएको कर्कलोको गाभा खान दिईन्छ ! पिडालु आफैले रगतमा सुगर घटाउन सहयोग गर्ने, पिडालुको जुसले कपाल झर्न कम गर्ने साथै पिडालु र गाभा दुवै पिनि बनाएको जुस घाऊहुदा बगिरहेको रगत रोक्ने, घाऊ निको हुदा बस्ने कालो खत हटाउन सहयोग गर्ने र अन्तरिक रक्त हिमोरेज जस्तो अबस्तामा उपयोगमा आउछ !

हाम्रो रैथाने खाना जुन परम्परागत रुपमा खाईदै आएको छ तिनीहरु रियल लाईफ सिचुएसनमा मानिसमै  प्रयोग भई लाभ दाएक भेटीए पछि मात्र हाम्रो जन जीविकाका खाना बनेको हुन्छ ! कुनै प्रयोगशालामा कुनै परीक्षणमा सानो कुरा भेट्दैमा सम्पूर्ण यथार्थता नबुझी समाजमा दिईने अर्ध वा अल्प-सत्य खबरहरुले समाजमा आतंक मात्र छर्दैन पूर्ण नकारात्मक प्रतिफल निम्ताउछ !

जस्तै माथिको उधारणमा कर्कलो कर्कलोमा अग्जालेट भए पनि हाम्रो गाभालाई घीउमा जिरा-मेथी पड्काएर झानी, कागती र खुर्सानी ठोसी खाने रैथाने चलन अग्जालेट बाट सरिरलाई हानी हुन् बाट बचाउन सक्छम हुनालेनै हाम्रो सयौ बर्स देखि चलनमा आएको हो !

परम्परागत रुपमा कुनै कुरा किन गरियो र के त्यो भन्दा पनि उत्तम बिकल्प थिएन भन्ने चुरो नभेटी गरिएका हल्का टिप्पणी समाजको लागि अत्यन्त हानिकारक हुने छ ! तेस्तै पालकमा अग्जालेट भए पनि पालक पनीर खाने रैथाने चलन अग्जालेट बाट सरिरलाई हानी हुन बाट बचाउन सक्छम सर्ब स्वीकार्य चलन रहेछ भन्ने कारण सहित पुस्टि भएको छ !

दुखको कुरो ! एक्काइसौ सताब्धिमा पाईलो टेकीसक्दा पनि आज अल्प-बिकसित र अविकसित मुलुकमा खाध्ध र पोषण संबन्धि सल्लाह दिन सक्रिय लगभग ९०% मानिसहरु खानामा के के तत्वो पाइन्छ भन्ने आधारमा मात्रै आफ्नो अब-धारणा बनाउने गरेको भेटिएको छ ! लगभग ८% ले उक्त खाना गैर- मानब वा ऎनिमल लाई खुवाउद कस्तो असर देखियो भन्ने अध्यान सम्म आफुलाई सिमित राखी आफ्नो अब-धारणा बनाउने गरेको देखिन्छ ! यसरी समग्रमा सुरक्षित खानाबारे बजारमा मात्र २% भरपर्दो सुचनाहरु संप्रेसित हुनु निकै दयनीय र बिकराल अबस्ता हो !

खाद्य सुरक्षा सम्बन्धि अर्को पाटो बुझन  बैज्ञानिक परीक्षण र परीक्षणले दिने निचोड बारे जान्नु जरुरि हुन्छ! आज पास्चात्य मुलुकहरुले सुरक्षित भनि बजारमा पठाएका खाना र औसधि बास्तबमै कतिको सुरक्षित छन कसैलाई थाहा छैन ! ती सम्प्लीमेन्ट्स हाम्रो आयुर्बेद जस्तो हजारौ हजार बर्षको मानिसको आफैले खाएर गरेको अनुभबलाई लिपिबद्ध गरि अनुभबका आधारमा प्रमाणित खाध वा जटिबुटि वा ओखति हैनन्  ! मात्र जनावरलाई कुनै सिमित-मुद्दामा-मात्र परीक्षण गरि, सफल दर्ज भए,  सिमित-व्यक्तिलाई तोकिएको टेस्ट, तोकिएको समय भित्र गरि भबिस्यमा अन्य प्रतिकुल असर नदेखिए सम्मका लागि सुरक्षित भनिएका हुन !

हामीले मिठो मानि खाने चकलेटमा केफींन र थियोब्रोमिन नामक केमिकल हुन्छ ! कुकुरको कलेजोको यी दुई केमिकल ब्रेक गर्न सक्ने क्षमता निकै कम हुन्छ ! जसका कारण कुकुरले चकलेट खायो भने उसको रगतमा बिशाधि मात्र बडछ र अलिकति धेरै भए कुकुर मर्न पनि सक्छ !

आज कुकुरमा भएको टेस्ट पछिको चकलेट बारेको अनौपचारीक गुगल बहस आदीबाट प्रभावित भई  भ्रम पूर्ण मान्यता विकास गरेका एकाध पोषण संबन्धि सल्लाह दिन सक्रिय मानिसहरु गल्लि गल्लिमा चकलेट जस्तो स्लो-पोईजनको काम गर्ने बिष दिएर तपाईहरु आफ्नो बच्चालाई मार्दै हुनुहुन्छ भन्ने सम्मको वोहियात बहस गरेको भन्ने सुन्नमा आएको छ !

मान्छेले ज्वोरो आउदा खाने पेरा-सिटामल बिरालोलाई दियो भने बिरालोको लिभरमा मान्छेको जस्तो पेरा-सिटामल ब्रेक गर्ने इञ्जाईम हुदैन र त्यो बिष बन्छ ! मान्छे र बादरको ईमुन सेलमा निकै ठुलो पर्फर्मेन्स गेप भेटिएको छ ! बिगतमा बादरमा सफल टेस्ट भएको लुकिमियाको ड्रगले मान्छे मा काम गरेन! बास्तबमा मानिस र मानिस बीचमै फिजियोलोजीमा धेरै फरक हुन्छ !  हेपाटाईटिस ‘बि’ का लागि मुसामा सफल परीक्षण भएको फ़ियलुरुडीनले मान्छेमा कामै गरेन !

यसबाट हामीले सिक्नु पर्ने पाठ केहो भने आजको बैज्ञानीक भनिएको जनावर र मानिसमा गरिने खाध तथा औसधिको मानब सुरक्षा बारेको परीक्षण आफै कती सक्क्षम छ भन्ने दुनियामा धेरै दुबिधामा छ ! अन्य भरपर्दो तरिकाको बिकाश नहुदा सम्म बैज्ञानीकहरु धेरै कमि कमजोरीका बीच पनि यो तरिका पच्छाउन बाध्य छन! तेसैले आजको रामबाण भनेको आयुर्बेद जस्तो परम्परागत अनुभबहरुको अभिलेख राखी अनुभबका आधारमा प्रमाणित खाध र औसधिनै हुन!

हाम्रो परम्परागत आयुर्बेदले तोकेको धेरै जडीबुडी स्वोस्थ रोग लाग्नबाट बचाउने खानाको बिकल्पको भण्डार हो ! रोग लागिसके पछिका केहि निदान यसका मात्र बाइ-प्रडक्ट हुन ! आज जसरि सागुरो अध्यनको घेराको उपजको रुपमा खाध्य सम्बन्धि नकारत्मक विचारधारा समाजमा गईरहेछ, तेसरिनै बिगतमा आयुर्बेदलाई स्वोस्थ खाना नभई औसधिको बिकल्प भनि समाजलाई नै गलत मार्गनिर्देश गर्ने समाचारहरु संप्रेसित बने !

समाजले तेस्तै मान्यता बोक्यो ! नतिजामा आज हामी उत्कृस्ट आयुर्वेदिक जटिबुटी खोला  र जंगलमा कुहिन दिदै छौ ! तर कनिस्ट आयातित  खाद्य र औसधिमा हाम्रो सम्पूर्ण कमाई खनाई रहन बाध्य छौ ! यो कुराको समयमै निदानको जरुरि छ !

आज संसारमा आईस क्रिमले अलि बडीनै मोटोपन बढायो र सरिरलाई अम्लीय बनाउन थाल्यो भन्ने समस्याले गाजे पछि खाद्य विज्ञहरुले क्रिमको साट्टो दहि लिएर फ्रोजन योगर्टको (Frozen Yogurt) बिकल्प दिए ! खाना क्षारीय बन्यो तर मोटोपनलाई सगाउने शक्तिदिने तत्वो अरु कम गर्नुपर्ने जरुरि ठानियो !

बिकल्प थियो मोही ! घिउ निकाल्दा आउने र चिज बनाउदा निस्कने हओए (Whey)! हओए लाई क्रिम जस्तो लयालो बनाउन स्टार्च बिना सम्भब थिएन ! तर पिडालुले तेसको विकल्प दियो ! पिडालुको पाउडरमा लगभग   ७०-८० प्रतिसत स्टार्च हुन्छ! तरुलको पाउडरमा ४५-५५  प्रतिसत ! पिडालुको स्टार्चको राम्रो  बाक्लो माड जस्तो बनेर बस्न सक्ने गुणका कारण पिडालुको स्टार्च हाली बनाएको  फ्रोजनहोएगर्ट (Frozen Wheygurt) ठिलो पग्लने भेटियो !

यसरी पछिल्लो समयमा फ्रोजन योगर्ट र   फ्रोजन होएगर्टमा समेत पिडालुको प्रयोग बढ्दो छ ! किनकि पिडालु टोटल सोलिबल सोलिड बडाउने, नरम पन दिने र छिटो पग्लनबाट जोगाउने मात्र हैन क्षारीय बिकल्प समेत बन्यो !

आज कर्कलोको उपयोगमात्र खानामा सिमित छैन! कर्कलाको पातलाई गरम पानीमा पकाएर बनेको लेदो फलाम र कम गुणस्तरको स्टिलमा खिया नपरोस भनि पेस्ट बनाएर दल्ने वा झोलनै छर्कने गरिन्छ ! मात्र ४% कर्कलो पानीको झोलले ७३% फलामलाइ खिया लाग्नबाट बचाएको पाईन्छ ! कारण कर्कलोमा हुने पोलीफिनोल एन्टीअक्सिडेन्ट हुने हुदा यसले फलामलाई अक्सिजन संगको संसर्गमा आएर खिया लाग्ने बाताबरणलाई रोकी दिन्छ!

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE