मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अध्यात्म र खाध्य बिज्ञानको सम्बन्ध अन्योन्याश्रीत

स्वस्थ मानिसमा रगतको पीएच ७.३५ देखि ७.४५ सम्म हुन्छ । त्यो हल्का क्षारीय (अल्कालाइन) हो । हाम्रो शरीर पानीको फोकाजस्तै लाग्ने लगभग ३७.२ खर्ब कोषबाट बनेको हुन्छ । ती कोषलाई स्वस्थ राख्ने हो भने त्यस्तो खाना खानु आवश्यक हुन्छ, जसले पाचनक्रियापश्चात् आन्द्रामा रहने घोल हल्का अल्कालाइन रहिरहोस् । त्यही घोललाई आयुर्वेदले ‘क्षारीय भष्म’भनेको छ भने विज्ञानले ‘अल्कालाइन एस’।

हाम्रो आहार सन्तुलित हुनु त जरुरी छँदै छ, त्यसभन्दा बढी आमाशयमा बन्ने घोल निश्चित रुपमा क्षारीय रहनु अत्यावश्यक छ । खाना पाचनक्रियाको समय क्रमशः अम्लीय १.५ पीएचदेखि क्षारीय ८.५ पीएचसम्मको वातावरणको संसर्गमा आउँछ । फलतः यसका पोषक तत्व मसिनो भई टुक्रिएर घोल बन्छ । त्यो अवशोषणका लागि न्युट्रल ७.० पीएचदेखि क्षारीय ८.५ पीएचमा सानो आन्द्रातर्फ जान्छ, त्यसपछि ठूलो आन्द्रामा । आमाशयले पाचनक्रियाका लागि अम्लीय र क्षारीय वातावरण बनाए पनि हाम्रो खानामा अम्लीयभन्दा क्षारीय भाग ज्यादा छैन भने पाचनक्रिया पूरा भएपछि बन्ने घोल अम्लीय हुन सक्ने जोखिम रहन्छ ।

हाम्रो शरीरमा लगभग ३७.२ खर्ब कोषिका हुने भए तापनि लगभग १ सय खर्ब बाहिरी माइक्रोबियल कोषिकालाई समेत बोकिरहेको हुन्छ । हाम्रो पाचन नली (आमाशय, आन्द्रा र गुदद्वार) मा लगभग ३ पौन्ड ब्याक्टेरियाको घर हो । तिनीहरु हाम्रो पाचन नलीमा बस्ने मात्र हैन, हाम्रो प्रतिरक्षा प्रणालीलाई के गर्ने के नगर्ने भनी सल्लाह दिइरहेका हुन्छन् ।

हाम्रा शरीरका सूक्ष्म जीवहरुले आवश्यकता अनुसार प्रतिरक्षा प्रतिक्रिया बढाउन वा घटाउन सेतो रगतको सेल (टि–सेल) हरुलाई परिचालन गर्छन् । यसरी हाम्रो प्रतिरक्षा प्रणालीले फाइदा हुने ब्याक्टेरियाको सहयोगमा आफूलाई उत्पादनमूलक वातावरण बनाउँछ ।

फ्री र्याडिकल केमिस्ट्रीबारे हालसालैको नयाँ तथ्य र ज्ञानका कारण आज खाद्य वैज्ञानिकहरुलाई स्वास्थ्य र रोग व्यवस्थापनमा समेत पूर्ण ध्यान पुर्याएर स्वस्थ र पोषणयुक्त खानपान प्रस्ताव गर्न सम्भव बनाएको छ । मानिस जीवित रहनका लागि नभई नहुने अक्सिजनले मेटाबोलिक प्रोसेसबाट शक्ति पैदा गर्छ । कतिपय अवस्थामा मेटाबोलिक प्रोसेसबाट र धेरैजसो हाम्रो शरीर एक्सरे, चुरोट गाँजाको धुवाँ, प्रदूषित हावा, औद्योगिक केमिकल लगायतका प्रतिकूल वातावरणको लगातार संसर्गमा आउँदा इन्जाएमेटिक र नन्इन्जाएमेटिक गतिविधिमा हुने अक्सिजन र प्रोटिनमा हुने नाइट्रोजनको अर्बिटको इलेक्ट्रोनलाई र्याडिकलाइज गरी रियाक्टिभ बनाइदिन्छ ।

र्याडिकलाइज आयोनलाई तुरुन्तै नियन्त्रण नहुँदा यसले फ्याट, न्युक्लिक एसिड, प्रोटिन आदिलाई लक्ष्य गरी सेललाई बिगारिदिन्छ । यसलाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ । शरीरमा क्यान्सर लगायतका रोग तिनै अक्सिडेटिभ स्ट्रेसका कारण भित्रिन्छ । लगातारको रेडिएसन, प्रदूषण, चिन्ता र कुपोषण आदिका कारण हुने अक्सिडेटिभ स्ट्रेसबाट नै मानिसमा बुढ्यौली, छाला रोग, मधुमेह, हृदयघात, क्यान्सर लगायत अन्य जटिल रोग पैदा हुन्छ ।

शरीरमा फ्री र्याडिकल पैदा हुँदाका बखत त्यसलाई आक्रमण गरी तुरुन्तै न्युट्रालाइज गर्न सक्ने क्षमता विकास गर्न सहयोगी हुने तत्व मानिसले प्रायः खानाबाट पूर्ति गर्नु जरुरी हुन्छ । जसलाई एन्टी–अक्सिडेन्ट भनिन्छ । अक्सिडेटिभ स्ट्रेस धेरै हुँदा मानिस छिट्टै बूढो समेत देखिने हुँदा एन्टी–अक्सिडेन्टयुक्त खानालाई एन्टी–एजिङ खाना र पेयलाई एन्टी–एजिङ पेय अथवा अमृत भनिएको हो।

परम्परागत रुपमा खाँदै आइएको हाम्रो रैथाने खाना रियल लाइफ सिचुएसनमा मानिसमै प्रयोग भई लाभदायक भेटिएपछि मात्र हाम्रो जनजीविकाको खाना बनेको हो। कुनै प्रयोगशालामा कुनै परीक्षणमा सानो कुरा भेट्दैमा सम्पूर्ण यथार्थ नबुझी समाजमा दिइने अर्ध वा अल्पसत्य खबरहरुले समाजमा आतंक मात्र छर्दैन, पूर्ण नकारात्मक प्रतिफल निम्ताउँछ । परम्परागत रुपमा कुनै कुरा किन गरियो र के त्यो भन्दा पनि उत्तम विकल्प थिएन भन्ने चुरो नभेटी गरिएका हल्का टिप्पणी समाजका लागि अत्यन्त हानिकारक हुन्छन् ।

दुःखको कुरो, एक्काइसौं शताब्दीमा पाइला टेकिसक्दा पनि आज अल्पविकसित र अविकसित मुलुकमा खाद्य र पोषण सम्बन्धी सल्लाह दिन सक्रिय लगभग ९० प्रतिशत मानिसले खानामा के के तत्व पाइन्छन् भन्ने आधारमा मात्रै अवधारणा बनाउने गरेको भेटिएको छ । लगभग ५ प्रशितशतले उक्त खाना गैर मानव वा जनावरलाई खुवाउँदा कस्तो असर देखियो भन्ने अध्ययनमा सीमित राखी आफ्नो अवधारणा बनाउने गरेको देखिन्छ । यसरी समग्रमा सुरक्षित खानाबारे बजारमा मात्र ५ प्रशितशत भरपर्दा सूचना सम्प्रेषित हुनु निकै दयनीय र विकराल अवस्था हो ।`

खाद्य सुरक्षा सम्बन्धी हालको चलन चल्तीको वैज्ञानिक पाटो बुझ्न वैज्ञानिक परीक्षणले दिने निचोडका तरिकाबारे जान्नु जरुरी हुन्छ । आज पाश्चात्य मुलुकले बजारमा पठाएका खाना र औषधि वास्तवमै कतिको सुरक्षित छन् ? कसैलाई थाहा छैन । ती सप्लिमेन्ट्स हाम्रो आयुर्वेदजस्तो हजारौं हजार वर्षको मानिसको आफैले खाएर गरेको अनुभवलाई लिपिबद्ध गरिएका प्रमाणित खाद्य वा जडीबुटी वा ओखती हैनन् । मात्र जनावरलाई कुनै सीमित मुद्दामा मात्र परीक्षण गरी सफल दर्ज भए, सीमित व्यक्तिलाई तोकिएको परीक्षण, तोकिएको समयभित्र गरी भविष्यमा अन्य प्रतिकूल असर नदेखिएसम्मका लागि मात्र सुरक्षित भनिएका हुन् ।

हामीले मीठो मानी खाने चकलेटमा क्याफिन र थियोब्रोमिन नामक केमिकल हुन्छ । कुकुरको कलेजोमा यी दुई केमिकल ब्रेक गर्न सक्ने क्षमता निकै कम हुन्छ । त्यसका कारण कुकुरले चकलेट खायो भने उसको रगतमा विषादी मात्र बढ्छ र अलिकति धेरै भए कुकुर मर्न पनि सक्छ ।

मानिसले ज्वरो आउँदा खाने पारासिटामल बिरालोलाई दियो भने बिरालोको कलेजोमा मान्छेको जस्तो पारासिटामल ब्रेक गर्ने इन्जाइम हुँदैन र त्यो विष बन्छ । मानिस र बाँदरको इम्युन सेलमा निकै ठूलो पर्फर्मेन्स ग्याप भेटिएको छ । विगतमा बाँदरमा सफल परीक्षण भएको ल्युकेमियाको ड्रगले मानिसमा काम गरेन । वास्तवमा मानिस र मानिसबीचकै फिजियोलोजीमा धेरै फरक हुन्छ । हेपाटाइटिस ‘बी’ का लागि मुसामा सफल परीक्षण भएको फियलुरुडिनले मानिसमा कामै गरेन ।

पार्टिकल फिजिक्सले सुजाय अनुसार हाम्रो सरिरका सेलहरु एटमले बनेका हुन्छ ! जुन इलेक्ट्रोन, प्रोटोन र निउट्रोंनले बनेको भनिएता पनि ईलेकट्रोंनको लोकेसनले देखिएको एटम भनेको यसको १ लाखगुना सानो प्रोटोन र निउट्रोंन हुने निउक्लियस हो ! जुन ग्लुवोंनको तागतले अठाएर राखेको ३ वोटा क़्वार्कबाट बनेको प्रोटोन र निउट्रोंन बाट बनेको हुन्छ ! यसरी बास्तबमा हाम्रो सरिरमा ९९.९९९९९९९९९९९९% खाली भाग हुन्छ !

सरिरका लगभग ९९% एटमहरु हाईट्रोजन, कर्बोंन, नाईट्रोजन र अक्सिजनका एटमले बनेका हुन्छन ! हामीले खाने खाना, पेय पदार्थ र स्वाशमा समेत पोटासियम-४० र कार्बन-१४ जस्ता रेडियोनिउक्लाईडस हुन्छ ! जुन सरिरका मलिकुलसंग मिल्छ र बिखन्डनभई रेडिएसन निकाल्दछ !! जस्तै पोटासियम-४० बिखन्डन हुदा यसले ईलेक्ट्रोनको एन्टीमेटर्स ‘पोजिट्रोंन’ बनाउछ र एटमको ईलेक्ट्रोनसंग जबर्जस्त ठोक्किनगई गामा रे को फर्ममा रेडिएसन निकाल्दछ ! यसरि हाम्रो सरिरले अन्तरिक रुपमा रेडिएसन निकाल्दछ !

सामान्य रेडिएसन हामी बस्ने घर, हामीले खाने खाना र पृथ्बीले साथै हाम्रो सरिरले पनि निकाल्ने गर्छ! बाहिरी संसारबाट प्राप्त हुने कस्मिक रे हाम्रो सरिरसम्म लगातारपुगि एटमको निउक्लियससंग ठोक्किन गई मेसन्स बनाउछ! जुन धेरैजसो खण्डित भएर मुवोंन र निउट्रीनोज बन्दछ र अन्तत पृथ्बी तिर पुग्छ ! कहिले कहिँ यिनीहरुले मीइउटेसन पनि गराउछन ! सुर्यबाट प्राप्त हुने फोटोंन आदिले हामीलाई हाम्रो वोरिपरी देख्न सहयोग गर्छ! यसमा हुने निउट्रीनोज हाम्रो सरिर हुदै पृथ्वीमै पुग्छ !सरिरमा यति धेरै रेडिएसनहरु लगातार पुगिरहेको अबस्तामापनि हामीलाई जोखिम युक्तरुपमा खासै असर नहुनुमा हाम्रो सरिरको धेरै भन्दा धेरै भाग खाली “डार्क स्पेश” भएर नै हो !!

इनर्जीबारे थर्मोडिनामिक्सको पहिलो नियमले सुजाए अनुशार इनर्जी न त पैदा गर्न नै सकिन्छ न त ध्वोस्त पार्न नै ! सकिन्छ त केवल एक रुप बाट आर्को रुपमा परीवर्तन गर्न ! हाम्रो परम्पराले ८४ लाख जुनी भनेर किन भन्यो त्यो बुज्न यहानिर केहि घोत्लिनु जरुरि छ! पार्टिकल फिजिक्सको निष्कर्षमा प्रतेक जीव-जन्तुको मुर्त सरिर इनर्जीको सिस्टमेटीक संयोजनबाट बनेको कुनै फिजिकल अबजेक्ट मात्र हो ! जसलाई संचालनगर्न सुष्म इनर्जीको जरुरत हुन्छ! जसलाई हाम्रो परम्पराले आत्मा भने गर्छ ! कुनै पनि इनर्जीलाई इन्फिनिटी पटकसम्म एकरुपबाट आर्को रुपमा लान सक्ने यथार्थलाई हाम्रो परम्पराले ८४ लाख भनि इंकित गरेको बुज्न तेती कठिन भएन !

जब खानाको कुरा आउछ, हामी “दिमाग समेतको” हाम्रो मुर्त सरिर स्वस्थ राख्ने बिधि बारे कुरा गर्छौ ।हाम्रो मुर्त सरिरलाई संन्चालन गर्ने ‘दिमागको संचालकको’ स्वस्थको कुरामा भने अध्यात्मको संदर्ब जोडीन्छ ! आयुर्वेदमा सरिरमा ओखति र पोषणको कामगर्ने खानाका अलाबा अद्यात्मिक सन्तुलनको लागि योग, ध्यान र तेस्रो नेत्रको सन्तुलनको उपायको समेत स्वीकार गरि मानब जिबिकाको पध्दतीको लागि उपाय सुजाईएको छ !

हाम्रो परम्परागत आयुर्वेदले तोकेका धेरै जडीबुटी रोग लाग्नबाट बचाउने खानाको वैकल्पिक भण्डार हुन् । रोग लागिसकेपछिका केही निदान यसका मात्र बाईप्रडक्ट हुन् । साँघुरो अध्ययनको घेराको उपजका रुपमा खाद्यसम्बन्धी नकारात्मक विचारधारा समाजमा प्रवाह भइरहेका छन् । आयुर्वेदलाई स्वस्थ खाना नभई औषधिको विकल्प भनी गलत मार्गनिर्देश गरिनु विडम्बना हो । यस्तै अफवाहका कारण समाजले पनि त्यस्तै मान्यता बोक्यो । नतिजामा आज हामी उत्कृष्ट आयुर्वेदिक जडीबुटी खोला र जंगलमै कुहिन दिँदैछांै तर कनिष्ठ आयातीत खाद्य र औषधिमा हाम्रो सम्पूर्ण कमाई खन्याइरहन बाध्य छौं । यो कुराको समयमै निदान जरुरी छ ।

यसबाट हामीले सिक्नुपर्ने पाठ के हो भने मुलत जनवारमा र नगन्य रुपमा मानिसमा गरिने खाद्य तथा औषधिको सुरक्षाको परीक्षणका भरमा मानसीक स्वस्थ र आध्यात्मीक पाटोको सन्तुलनलाई पुरै बेवास्ता गरि मात्र मुर्त मानव सरिरको स्वस्थमा ध्यान पुराई विकास गरिएको आजको “वैज्ञानिक पोषण युक्त खाना” भनि दाबी गरिने खाना आफैमा कति सक्षम छ भन्ने दुनियाँमा धेरै दुबिधा छ । आयुर्वेदका कतिपय सन्दर्भहरु बारे हालसम्म वैज्ञानिक यथार्थ बुजी नसकिएको अवस्थामा समेत उपलब्ध उपाय मध्धे प्रभाबकारी र रिसर्चबाट प्राप्त नया सूचनाहरुले आयुर्बेदका पध्दतीहरु एक पछि आर्को सहि प्रमाणित गरिरहेको सन्दर्भमा अन्य भरपर्दो तरिकाको विकास नहुँदासम्म भन्दै वैज्ञानिकहरु मान्न बाध्य बनिरहेका छन् । त्यसैले आजको रामबाण भनेको आयुर्वेदजस्तो परम्परागत ज्ञानहरुको अभिलेख राखी अनुभवका आधारमा प्रमाणित खाद्य र औषधि नै हुन् । समग्रमा समयको विकास संगै घटना क्रमले अध्यात्म र खाध्य बिज्ञान एकअर्काको अन्योन्याश्रीत सम्बन्ध रहेको तर्फ इंकित गरिरहेको झनक दिन्छ !

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE