मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयो उच्च शिक्षामा नेपाली डायस्पोराको भूमिका सम्मेलनको रिपोर्ट !

हालै जुलाई ८, २०१८ को नेपालमा उच्च शिक्षामा नेपाली डायस्पोराको भूमिका नामक अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका सभापति डाक्टर अम्बिका अधिकारीले आयोजक समितिको तर्फबाट सम्मेलनको पूर्ण रिपोर्ट सार्बजनिक गरेका छन् ! कन्फरेंश समरी रिपोर्ट भनि नामकरण गरिएको ९९ पेजको हामीलाई प्राप्त पूर्ण रिपोर्टमा तल उल्लेखित बुदाहरुलाई टोरंटो घोषणाका संक्षिप्त बुदाहरु भनि उल्लेख गरिएको छ !

१) सर्ब साधारणको क्रयशक्तिले धान्ने गरि समान सहभागिता र पहुँचको गुणस्तरका शिक्षा कार्यक्रमहरू उपलब्ध गराउने सिद्धान्तहरूद्वारा शिक्षा कार्यक्रमहरू संचालन गरिनुपर्छ।

२) नेपालमा अनुसन्धान विश्वविद्यालयहरू, शिक्षण विश्वविद्यालयहरू र सामुदायिक कलेजहरूको विकल्पहरू उपलब्ध हुनेगरि उच्च शिक्षा कार्यक्रमहरूको उपलब्धता जरुरि छ ।

३) उच्च शिक्षाले नियमितरूपमा प्राज्ञिक निकायको पाठ्यक्रमहरु अद्यावधिक गरि उपलब्ध गर्नु जरुरि छ।

४) शिक्षण सस्था र  बेबशाहिक उद्योग कलकारखाना बीचको अन्योन्याश्रित सम्बन्ध बिकाश गर्नु महत्त्वपूर्ण हुनेछ।

५) नेपालले निजि र सार्वजनिक प्रकृतिका गैर- नाफामुलक मिश्रीत विश्वविद्यालय मोडेल वा प्रणाली बाट उच्चलाभ लिनसक्ने देखिन्छ ।

Download (PDF, 3.05MB)

६) डायस्पोरा शिक्षाकर्मी तथा बिज्ञहरु र  नेपाली शिक्षाकर्मी बीच उपलब्ध ज्ञानको आदान प्रदानलाई  नीतिगत रुपमै प्रोत्शाहन गर्न परम्पराको विकास गरिनु जरुरि भैसकेको छ।

७) डायस्पोरा प्राज्ञ र बिज्ञ संलग्न संगठित संजाल मार्फत नेपाली शैक्षिक संस्थानहरुलाई  उपलब्ध शैक्षिक सहयोगको अवसर दिलाउन तर्फ कार्यहरु संचालन गर्नु जरुरि बनेको छ।

८ ) प्राज्ञिक निकायको उच्च शिक्षामा पहुचका लागि सेतुको कामगर्ने ई-पुस्तक र ई-पत्रिका आदिमा नेपाली शैक्षिक संस्थानहरूको पहुच अभिब्रिध्धिका लागि डायस्पोरा प्राज्ञ र नेपाली प्राज्ञहरू बीच सहकार्य हुनु सान्धर्भिक बनिसकेको छ ।

९) नेपाली डायस्पोरा र नेपाली विद्वानहरूले एकअर्काबाट सिक्ने परिपाटीको पनि विकास गरिनु जरुरि देखिन्छ ।

जुलाई ८, २०१८ मा केनडाको टोरन्टोमा आयोजित नेपालमा उच्च शिक्षामा नेपाली डायस्पोराको भूमिका नामक अन्तर्राष्ट्रिय सम्मेलनमा संसारमै बिज्ञतामा र प्राज्ञतामा आफुलाई अब्बल दर्ज गराउन सफल औलामा गन्न लायक नेपाली  डायस्पोराहरु जित जोशी, बाशु शर्मा, अम्बिका प्रसाद अधिकारी,आलोक बोहोरा, रुद्र अर्याल लगायतकाको गौरब पूर्ण शहभागिता थियो। नेपालका   सरकारका शिक्षा मंत्री गिरिराज मणि पोख्रेलको शुभकामना सहित नेपाली राजदुत महामहिम कालीप्रसाद  पोख्रेल अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी बने।

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE