मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सियाटलमा एनआरएन अमेरिकाको क्षेत्रीय विज्ञ भेला सम्पन्न !

जनवरी १९ तारिख शनिवार वासिङ्टन राज्यको सियाटलको माइक्रोसफ्टको हेडअफिसमा एनआरएन अमेरिका डब्लुए च्याप्टरको बिज्ञान प्रबिधि र इनोभेसन कमिटिको  आयोजनामा क्षेत्रीय विज्ञ भेलामा आयोजना गरियो ! डा तारा सिग्देल, इ पशुपति पाण्डे, डा नबिन खनाल, डा द्रोण रसाली र डा मनोज कार्कीको संयोजकत्वमा निर्धारित कार्यक्रम अनुसार भेला भएका  विज्ञहरूबाट २० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

भेलामा सहभागीका अनुसार यो भेला अमेरिकामा रहेका नेपाली हरुले अमेरिकामा आर्जन गरेको सिप र ज्ञानलाई नेपाल र नेपालीको हितमा कसरि जोड्ने भन्ने एनआरएनको प्रयासको निरन्तरता नै थियो। अमेरिकाको क्षेत्रीय विज्ञ भेलाभनिएता पनि मुख्यत सियाटल र सियाटल  वरपरका जस्तै पोर्ट्ल्याण्ड, पूर्व वाशिंगटन, र भ्यानकोवर (क्यानाडा) का नेपालीहरूको बाक्लो सहभागिता देखिने यो कार्यक्रममा विभिन्न वक्ता हरुले टेक्नोलोजी, सूचना प्रविधि, योङ्ग इन्टरपिनरशिप, कृषि, महिला सशक्तिकरण, मानशिक स्वास्थ्य, समय सापक्ष्य सिक्षा, कला तथा संगीत, नेपाली भाषाको जगेर्ना, वाताबरण, भुकम्प को बारेमा चर्चा गर्नुभएको खबर छ।

एक खबरका अनुसार अमेरिकाको क्यालिफोर्निया, डिसी मेट्रो, सियाटल, टेक्सास  र बोष्टन आदि स्थानमा नेपाली मूलका विज्ञहरू उलेखनीय सङ्ख्यामा रहेकाले  स्थानीय च्याप्टरहरूको सहकार्यमा सियाटलमा योजना गरिएजस्तै  विज्ञहरूको भेला गरिने भनिएको छ।

यसै संधर्ब मा कुरागर्न आज हामीले कार्यक्रम आयोजक समितिको सदस्य र सहभागी यूनिभर्सिटी अफ केलीफोर्निया, संन्फ्रान्सिस्कोका सहायक प्राध्यापक डाक्टर तारा सिग्देल संग ऊहाकै निबासमा सम्पर्क गरेका छौ । जुन तल दिईएको छ।

 

सियाटल क्षेत्रीय विज्ञ भेला किन जरुरि महसुश गरियो ?

हामीले महसुस गर्यौँ कि नेपाल र आम नेपालीलाई लाभ पुर्याउने प्रकृतिको एजेन्डामा छलफल गरि निचोडमा पुग्ने संस्कृतिको बिकाशको लागि उपयुक्त सञ्जालको जरुरि छ। हामीलाई लाग्यो, यो र येस्तै प्रकृतिका कार्यक्रमहरु आयोजन गरेर ति कुराहरु  हासिलगर्न सकिने छ । हामीले सोचे अनुरुप यो कार्यक्रममा 125 भन्दा बढी सहभागीहरूको उपस्तिथीले यो बास्तबमै हाम्रो समुदायले रुचाएको बिषयको कार्यक्रम रहेछ । अन्य ठाउँहरूमा पनि आउँदै गरेको वर्षमा निरन्तरता दिनु जरुरि छ, भन्ने हामीलाई लागेको छ ।

सियाटल भेलाको ५ वोटा मुख्य निचोड बुदागत रुपमा बताई दिनुस न ?

पहिलो, यो भेलाको प्राथमिक उद्देश्य एक अर्कासंग / बाट ” परिचित बनौ, सिकौ र प्रगति गरौ” भन्ने थियो। बैठकले विभिन्न क्षेत्र, उमेर, लिङ्ग र बिज्ञतालाई    भएका मानिसहरूलाई एकैठाउमा  ल्याएर यसको उद्देश्य र महत्वोबारे जानकारी गराउन सकेको थियो।

दोस्रो, यसले केही क्षेत्रहरू जुन एनआरएनए र नेपालका  संस्थाहरुले नेपालको लाभमा खातिर नेपाली डायस्पोराहरुको उपयोग गर्न सक्छ भनि सुचीबद्ध गर्न सफल बनेको छ।

तेस्रो, भेलाबाट इन्कीत गरिएका शारीरिक असक्षमता र समाजको दावित्व, मानसिक स्वास्थ्य र महिला सशक्तिकरणका संदर्बहरु दुवै  एनआरएनए र नेपाल सरकारका लागि उपग्योगी हुनेमा म बिस्वोस्त छु ।

चौथो, भेलामा गहन छलफल गरिएका भाषा, संस्कृति र तिनको बिकाशमा जरुरि समग्रनीति, विषय र मुद्दाहरू प्रबास र नेपालमा समेत अत्यन्त विचारणीय बिषय बनेको छ।

पाचौ, यस्ता प्रकृतिका सभाहरू अन्य शहरहरूमा पनि गर्न जरुरि महसुश गरिनु अमेरिका भरछरिएर बसेका, नेपाल र नेपाली समुदायको उत्थानमा सदुपयोग गर्न सकिने र महत्त्वपूर्ण बिज्ञता हासिल गरेका तर नेपाली समाज र मुलकले चिन्न नसकेका हजारौ नया अनुहारलाई उनीहरुले अमेरिकामा आर्जन गरेको सिप र ज्ञानलाई नेपाल र नेपालीको हितमा जोड्ने मिसनसंग जोड्ने अवसर दिलाउने छ।

सियाटल क्षेत्रीय विज्ञ भेलाको निचोड कर्यान्योयनबारे  एनआरएन अमेरिकाले के गर्न जरुरि देख्नु हुन्छ?

एनआरएन एनसीसी क्षेत्रीय विशेषज्ञहरू र एनआरएनए आईसीसीसँग काम गर्दछ । ज्ञान साझेदारीमा यो अर्थमा एनसीसीनै  डेटाबेस निर्माण गर्न र आबस्यक कामकालागि तत्काल काम गर्न जिम्बेबार रहने छ। एनसीसीले सबैको सहयोगमा निचोड कर्यान्योयनमा जानेछ भनि बिस्वाश गर्दा हुन्छ जस्तो लाग्छ।

एनआरएन अमेरिकालेके उसले बताए अनुसार अमेरिकामा आर्जन गरेको सिप र ज्ञानलाई नेपाल र नेपालीको हितमा जोड्न चाहेर हैन कि आगामी चुनाबमा आफ्नो उमेदवारी दराउने खेल कोरूपमा यस्ता प्रोग्राम / कार्यक्रम दिएको भन्ने पनि भेटियो ! तपाईले के पाउनु भयो बताउन मिल्छ ?

चुनाब पनि आउदै गरेको अबस्थामा कसैलाई यस्तो लाग्यो कि ! यो तर्क राख्न सबैलाई छुट छ। मलाइ भने तेस्तो लागेंन। कागताली परे जस्तॊ भयो कि। यो कार्यक्रम बास्तबमै नितान्त जरुरि र अत्यन्त राम्रो कार्यक्रम हो। प्रतिफल दिन केहि समय लाग्ने यस्तो प्रकृतिको मिसनलाई आलोचना हैन सराहनाको आवश्यकता छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यस्ता कार्यक्रमहरु कुनै पनि कारणले रोकिनु हुँदैन। अन्य शहरहरु र राज्यहरुमा दोहोर्याउनु पर्छ। चुनाबका कारण यसको गति बढ्छ भने के नराम्रो भयो र ।

सियाटल क्षेत्रीय विज्ञ भेलाको निचोड बारे सम्पूर्ण एनआरएनए र नेपाल सरकार लाई पनि कै भन्न चाहनु हुन्छ ?

आज हामीलाई उपलब्ध ज्ञान, प्रबिधि र सहजता केहीवर्ष पहिले हामीलाई उपलब्ध थिएन। आज समय हाम्रो पक्षमा परिवर्तन भएको छ। तेसैले हामीलाई उपलब्ध विशाल स्रोत र साधनको सम्भावना, नेपाल र नेपालीको लाभका लागि प्रयोगगर्न एनआरएनएले जति छिटो प्रयास गर्यो तेतिनै   प्रभावकारी हुने देखिएकोले एनआरएनएको अलि बढीनै एसतर्फ ध्यान जावोस भन्न चाहन्छु।

अन्त्यमा उलेखनीय सङ्ख्यामा रहेका अमेरिका निबासी नेपाली मूलका विज्ञहरू लाई केहि भन्न चाहनु हुन्छ ? 

हामी आम प्रबासी नेपाली जुन कारण र उदेश्यले  विदेशमा बसिरहेका छौं त्यो उदेश्य पुरा नहुदा सम्म बिदेशमै रहेपनि हामीले हाम्रो मातृभूमिको सेवागर्नबाट चुक्न जरुरि छैन । हामी हप्तामा केही घण्टा मातृभूमिको उथ्थानका लागि समर्पित गर्न सक्छौं र गरि पनि रहेछौ । हाम्रो जन्मभुमिलाई   हामी जहाँ छौ तेहीबाट सकेको सेवा गरौ। हुनत नमागिएको सल्लाह अलि सस्तो मानिएला।तैपनि एकजुट बनि लागेमा नेपालको शिक्षा, पर्यावरण, स्वास्थ्य, कृषि, अर्थव्यवस्था, लिङ्ग-भेद आदि जस्ता समस्या समाधानमा हामी प्रबासी नेपालीले निकै प्रभाबकारी सहयोग सरकारलाई पुराउन सक्ने छौ। हामी तेसैमा लागौ। मातृभूमिको सेवागर्न स्वो-स्फ़ुर्त रुपमा लाग्न कहिँ कतैबाट सहयोगको याचना पर्खनु सेवाभाव होईन। धन्यबाद।

हाल सम्म मृगौलाको रोगले अन्तिम अबस्थामा पुगेको मृगौलालाई उपचारको यौटा मात्रै उपलब्ध राम्रो विकल्प भनेको मृगौला प्रत्यारोपण रहेको छI बर्तमान उपचार पद्दतिमा  प्रत्यारोपित अंगको अवस्था बुज्न मृगौलालाई छेडेर यौटा टुक्रा निकाल्ने र निक्लिएको सानोटुक्राको परिक्षन गर्दा देखिएको अबस्तालाई  मृगौलाको समग्र अबस्था ठानी उपचार पद्दति बारे निचोडमा पुग्नु रहेको छ I उक्त प्रक्रिया अलिक  जटिल र त्यति  भरपर्दो मानिदैन Iप्रत्यारोपित मृगौलालाई  लामो अबधि सम्म बचाइराख्न मृगौला प्रत्यारोपण गरिसके पछि पिसाब अथवा रगतको जांच गरि प्रत्यारोपित अंगको अवस्था बुझ्न सकिने भरपर्दो  प्रबिधि र उपायको विकास गर्न खोजमुलक अनुसन्धानमा केन्द्रित छन् (हाल) डाक्टर तारा सिग्देल I

सियाटल क्षेत्रीय विज्ञ भेलामा उपलब्ध गराईएका कार्यपत्रहरु तल प्रस्तुत छ !!

Download (PDF, 1.28MB)

WRITE COMMENTS FOR THIS ARTICLE